लागू औषधसहित एक युवक पक्राउ

नवलपरासी । पश्चिम नवलपरासी प्रहरीले लागू औषधसहित एक यूवालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा न. ११ बस्ने ३० वर्षीय भुवन केसी रहेका हुन ।

 

जिल्ला प्रहरी कार्यालय परासीबाट खटिएको प्रहरी टोलीले आइतबार विहान ११ बजेको समयमा रामग्राम नगरपालिका वडा न.१ निलोगेट नजिकैबाट विभिन्न परिमाणका लागू-औषधसहित केसीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

 

पक्राउ परेका केसीको साथबाट नुफिन १२० एम्पुल, फेनारगन १२३ एम्पुल, डाईजेपाम १२१ एम्पुल र नाईट्राभेट-१० नामक ११७ ट्याब्लेट लागूऔषध बरामद गरेको हो ।

 

परासीबाट सुनवलतर्फ शंकास्पद अवस्थामा हिँडिरहेका केसीलाई निलोगेटमा सोधपुछ गर्ने क्रममा दाहिने हातमा बोकेको प्लाष्टिकको बोराको झोला भित्र सेतो फाईबरको थैलोमा खैरो काटुन टेपले बेरि लुकाई छिपाई राखेको अवस्थामा उक्त परिणामको लागूऔषध फेला परेको हो । थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहोराले जानकारी दिनुभयो ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?