करेन्ट लागेर एक जनाको मृत्यु

नवलपरासी । नवलपरासीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ७ उजैनी बस्ने ३५ वर्षीय जय प्रकाश यादवको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको हो ।

 

आफ्नै घर अगाडि रहेका विद्युतको पोलमा बत्ती निभाउने क्रममा करेन्ट लागेर असक्त भएका यादवलाई उपचारको लागि पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले बताउनुभयो ।

करेन्ट लागेर मृत्यु भएका यादव सिदार्थ बैंक परासी शाखामा गार्डको काम गर्दै आएका थिए ।

 

स्थानियका अनुसार उक्त विद्युत खम्बामा स्मार्ट लिङ्क वाईफाईको तार लत्रियार हाई टेन्सनको तारमा छोईन गएर उक्त घटना भएको छ ।

पोलमा लुत्रिएको अवस्थामा रहेको स्मार्ट लिङ्क वाईफाईको हई टेन्सन उक्त तारमा छोईएकाले पोलको बत्ती निभाउने क्रममा छुईन पुग्दा यादवको मृत्यु भएको स्थानीयले बताएका छन ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?