‘लैंगिक समानता नीति बनाउनुपर्नेमा जोड’

धनगढी । लैंगिक समानता प्रदेश नीति बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएकाछन् । सामाजिक विकास मन्त्रालयको आयोजनामा बिहिबार धनगढीमा भएको प्रदेश स्तरीय लैंगिक समानता, महिला सशक्तिकरण, लैंगिक हिंसा रोकथाम तथा सम्बोधन नीति सम्बन्धी भएको कार्यशाला गोष्ठीका सरोकारवालाले सुदूरपश्चिम प्रदेशमा लैंगिक समानता प्रदेश नीति बनाउनुपर्नेमा जोड दिएकाहुन् ।

 

लैंगिक हिंसाको समस्या बढ्दै गएकोबेला लैंगिक हिंसा न्यूनीकरण गर्न नीतिको आवश्यक्ता जरुरी देखिन्छ । जबसम्म स्पष्ट नीति बन्दैन तबसम्म लैंगिक हिंसालाई सम्बोध गर्न नसकिने गोष्ठीका सहभागीहरुले बताएका थिए । लैंगिक हिंसालाई सम्बोधन गर्न तत्काल प्रदेश सरकारले लैंगिक समानता नीति बनाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।

 

सामाजिक विकास मन्त्रालयका सहसचिव गणेशबहादुर सिंहको अध्यक्षतामा भएको कार्यशाला गोष्ठीको सुदूरपश्चिम प्रदेश उपसभामुख कोइलीदेवी चौधरी प्रमुख अतिथि रहेकी थिईन । गोष्ठीलाई सम्बोधन गर्दैै चौधरीले छाउपडी देउताले नमान्ने होइन मान्छेले नमान्ने हो भन्दै लैंगिक हिंसाको बाधकतत्व छाउपडीका विरुद्ध सबैले बोल्नुपर्ने बताइन् ।

 

 

सुदूरपश्चिम प्रदेशसभा सदस्य एवम् विशिष्ट अतिथि लक्ष्मी बिकले महिला भएकै कारण यो समाजले महिलामाथि लैंगिक हिंसा गर्दै आएको बताइन् । सुदूरपश्चिम क्याबिनेटमा एकजना महिलापनि मन्त्री नहुनु दुखत भएको बताउदै सोच चिन्तनर र मानसिकतामा परिवर्तन नआएसम्म समाज परिवर्तन नहुने बिकले बताइन् । बालविवाह, लैंगिक तथा घरेलुहिंसा र जातीय छुवाछुतका कारण सुदूरपश्चिम पछाडी परेको उनले बताइन् ।

 

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष युएनएफपिएका काठमाडौं प्रतिनिधि कमला बिष्टले अनुगमन र मूल्यांकनको आधारमा लैंगिक हिंसा सम्बन्धी प्रभावकारी कार्यक्रम संतालन गर्न सकिने बताईन् । महिलाहरको आर्थिक सशक्तिकरण नभएसम्म लैंगिक हिंसाको अन्त्य नहुने बताउदै आर्थिक सशक्तिकरणमा जोडदिने कार्यक्रम संचालन गर्न लागेको उनले बताइन् । भिएसओका कार्यक्रम प्रमुख शीखा श्रेष्ठले लक्षित समुदायलाई नै जोडदिएर लैंगिक हिंसा रोकथामको लागि लैंगिक रुपान्तरण सम्बन्धी कार्यक्रम संचालन गर्दै आएको बताइन् ।

 

गोष्ठीका सहभागी समता मिडियाका अध्यक्ष मिलन परियारले विचार र कार्यक्रम परानै बोकेर समाज बदल्न नसकिने बताए । पुरानै मोडेलको कार्यक्रमले व्यक्तिको जीवन र समाज परिवर्तन नहुने भएकोले नयाँ सोचका साथ कार्यक्रम संचालन गर्नुपर्ने परियारले बताए । पीसविन नेपालका लालबहादुर ओलीले प्रदेश सरकारले लैंगिक समानता सम्बन्धी निती ल्याएर गौरवको योजनना कार्यक्रम संचालन गर्नुपर्ने बताए । राजनीतिक दबाबले लैंगिक हिंसा पीडितले न्याय नपाएकोले अनाआवश्यक राजनीतिक दबाब रोक्नुपर्ने उनले बताए । प्रदेश किशोरी संजाल संयोजक लक्ष्मी जोशीले लैंगिक व्यवहार परिवर्तन गर्न लैंगिक समानता प्रदेश नीति बनाएर कामगर्नु पर्ने बताईन् ।

 

गोष्ठीमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्र्तगत लैंगिक हिंसा निवारण शाखा प्रमुख ममता बिष्टले लैंगिक हिंसा अन्त्यका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतिवद्धताहरु, नीति तथा कानुनी व्यवस्थाको बारेमा प्रस्तुती मार्फत सहजीकरण गरेकी थिईन् । सदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका जयन्ती गिरीले लैंगिक हिंसा र प्रतिकारको सम्बन्धमा सहजीकरण गरेकी थिइन् । बालविवाह अन्त्यको लागि कार्यनीति बनाई काम गर्नुपर्ने, दृर्घकालीन पर्नस्थापना केन्द्र निमार्ण र संचालन गर्नुपर्ने भन्दै बनेका कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने गिरीले बताएकी थिईन् ।

 

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष युएनएफपिएका सुदूरपश्मि प्रदेश पमुख कृष्ण भट्टराईले लैंगिक हिंसाको प्रादेशिक अवस्था तथा लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाको कामको बारेमा जानकारी गराएका थिए भने रोकथामतर्फ भएको कामको बारेमा भिएसओका रचना श्रेष्ठले जानकारी गरेकी थिइन् ।

 

मूख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका कानुन सचिव गंगाबहादुर खरेलले लैंगिक समानता र महिला सशक्तिकरण, लैंगिक हिंसा रोकथाम तथा सम्बोधन सबन्धमा नीतिगत तथा कानुनी अवस्था र आगामी कार्यदिशाको बारेमा सहजीकरण गरेका थिए । प्रादेशिक संरचनालाई लैंगिकमैत्री तथा समावेशी र लैंगिक तथा सामाजिक समावेशीकरण नीतिलाई अवलम्बन गरी काम गर्नुपर्ने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो

काठमाडौँ, गोकर्णेश्वर उत्तर गया क्षेत्रमा पौषकृष्ण औँसीका अवसरमा श्राद्ध गर्ने भक्तजनको बिहानैदेखि घुइँचो छ । गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्न आउने भक्तजनको घुइँचोका कारण जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकमा बिहानैदेखि जाम भएको छ । सो मार्गमा दुई घण्टा सवारी जाममा पर्दा समस्या भएको यात्रुको गुनासो छ । विभिन्न...

राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट

काठमाडौँ,  नेपालस्थित चिनियाँ राजदूत छन् सोङले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग बिदाइ भेट गर्नुभएको छ । कार्यकाल पूरा गरेर फर्किन लाग्नुभएका राजदूत सोङले आज सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा बिदाइ भेट गर्नुभएको हो ।भेटमा अध्यक्ष दाहालले नेपाल बसाइका क्रममा दुई देशबीचको सम्बन्ध सुदृढ गर्न खेल्नुभएको भूमिकाको...

सुनचाँदीको मूल्यमा उतारचढाव, सुन दुई लाख ६० हजार नजिक

काठमाडौँ, पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव आएको छ । गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ६० हजार ४०० सय पुगेको थियो भने आज त्यति नै परिमाणको सुन रु दुई लाख ५८ हजार ३०० मा...

सिरिया–इराक क्षेत्रमा अमेरिकी कारबाही तीव्र,७० भन्दा बढी लक्ष्यमा आक्रमण

वासिङ्टन, अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक राज्य समूहका लक्ष्यमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपतिले यसलाई ‘धेरै गम्भीर प्रतिशोध’ भएको बताउनुभयो । गत सप्ताहअन्तमा भएको आक्रमणमा तीन अमेरिकीको मृत्यु भएको थियो ।वासिङ्टनका अनुसार, पाम्यारा शहरमा भएको आक्रमण एकल आक्रमणकारीले गरेको थियो...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी

दोधारा चाँदनी (कञ्चनपुर), शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले देशभर बाघ गणना सुरु गरेसँगै शुक्लाफाँटा निकुञ्जले पनि गरको हो ।  बाघ गणनाका लागि पाँच वटा राष्ट्रिय निकुञ्ज र निकुञ्ज बाहिरका क्षेत्रलाईसमेत समेटेर तीन वटा ‘कम्प्लेक्स’...

खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट

दमौली (तनहुँ),  जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका युवाहरू एकजुट भएका छन् । खेलमैदानमा विभिन्न बहानामा पटकपटक महोत्सव गर्न दिँदा खेलमैदान बिग्रिँदै गएपछि यहाँका युवा संरक्षणका लागि एकजुट भएका हुन् ।   खेलमैदान नहुँदा दमौलीमा खेलकुदका गतिविधि सञ्चालन गर्न कठिनाइ भइरहेको भन्दै खेलमैदानमा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर : ३८४ जनाको परीक्षण गर्दा ७५ मा मोतियाबिन्दुको समस्या

कैलाली, घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको मध्यवर्ती घोडाघोडी नगरपालिकामा आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा ३८४ जनाको परीक्षण गर्दा ७५ जनामा मोतियाबिन्दुको समस्या देखिएको हो ।   नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित गेटा आँखा अस्पतालद्वारा घोडाघोडी–१ सुख्खडमा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो...

प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै

त्रिवेणी (नवलपरासी), ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित प्रथम कावासोती गोल्डकप फुटबल प्रतियोगिता–२०८२, आजदेखि सुरु हुँदैछ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१६, डण्डामा सुरु हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी पुलिस क्लब र आयोजक टिम कावासोती ‘ए’ बीच प्रतिस्पर्धा हुने आयोजक...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९