
न्युयोर्क। हमास– इजरायलका बिच जारी युद्ध रोक्नका लागि अन्तर्राष्ट्रिय दबाब बढेको छ । संयुक्त राष्ट्र संघमा भएको मतदानमा बहुमत राष्ट्रले तत्काल युद्धबिराम गर्न र गाजामा मानवीय सहायता उपलब्ध गराउन आब्हान गरेलगत्तै क्रमशः अन्तर्राष्ट्रिय दबाब बढेको हो । यसैबिचमा, इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) ले पनि हमास–इजरायली द्वन्द्वमा युद्धविरामका लागि आह्वान गरेको छ । संयुक्त राष्ट्र एजेन्सी आईओएमले सामाजिक सञ्जालमार्फत भनेको छ, ‘नागरिकहरू सुरक्षित हुनुपर्छ। युद्धमा कुनै पनि विजेता हुँदैन। सबैभन्दा कमजोरले सबैभन्दा भारी टोल तिर्छन्।’