 
                        काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । आइतबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री प्रचण्डसँग महासचिव गुटेरेसले भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा महासचिव एन्टोनियो गुटेरेस चारदिने औपचारिक भ्रमणका लागि राति १ बजे काठमाडौँ आएका हुन् ।
 
  
  
  
  
  
  
  
 
 
         
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                































 
                     
                     
                     
                     
                    

























































































































