देशको अर्थतन्त्रमा सुधार, घोषणा गर्ने तयारीमा छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्रमा सुधार आएको दाबी गरेका छन् ।बिहीबार आयोजित ‘रेस्पोन्सेवल विजनेश समिट’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको अर्थतन्त्रमा सुधार आएको र थप सुधारका  लागि नयाँ घोषणा गर्ने तयारी भइरहेको जानकारी दिए ।

समिटलाई प्रधानमन्त्री प्रचण्डले गरेको सम्बोधनको पूर्णपाठ :
कार्यक्रमका सभापति एवं राष्ट्रिय व्यवसायिक पहलका अध्यक्ष कुशकुमार जोशी ज्यू,
विभिन्न संघसंस्थाबाट पाल्नुभएका अतिथिज्यूहरू,
मिडियाकर्मी मित्रहरू,
उपस्थित सम्पूर्ण महानुभावहरु।

 

राष्ट्रिय व्यवसायिक पहलले निरन्तर रुपमा गर्दै आएको जिम्मेवार व्यवसाय सम्मेलन Responsible Business Summit को चौंथो संस्करणमा सहभागी हुने अवसर दिनुभएकोमा धन्यवाद व्यक्त गर्दछु। साथै यस कार्यक्रमको भव्यतम् सफलताको शुभकामना व्यक्त गर्दछु।

 

Adapting to Emerging Business Realities भन्ने नाराका साथ आयोजित चौंथो सम्मेलन मुलुकको अर्थतन्त्रसामु देखिएको दवाव सम्बोधन गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता र लक्ष्य प्राप्तिमा सहायकसिद्ध हुने मैले विश्वास लिएको छु।

 

NBI ले अत्यन्त समयसामयिक कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममार्फत समाज, वातावरण र अर्थतन्त्र जस्ता जल्दोबल्दो विषयमा विश्वमा भईरहेका नविनतम सुधार र प्रयासमा हुने वृहत छलफल र अन्तरक्रियाबाट मुलुकले अवलम्वन गर्नुपर्ने आगामी कार्यदिशा तय गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दछु।

 

सामाजिक उत्तरदायित्व क्षेत्रको विकासको क्षेत्रमा NBI ले निर्वाह गर्दै आइरहेको भूमिका सराहनीय छ। व्यवसायिक आचारसंहिताको पालना र जिम्मेवार व्यवसाय भन्ने मूल नाराका साथ अभियान सञ्चालन गरिरहेको NBI ले आगामी दिनमा समग्र

 

निजी क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु।  व्यवसायिक आचारसंहिताको पालना र जिम्मेवार व्यवसाय भन्ने मूल नाराका साथ अभियान सञ्चालन गरिरहेको NBI ले आगामी दिनमा समग्र निजी क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु।

 

उद्यमी व्यवसायी समेत सम्मिलित हालै युएईमा आयोजित सम्मेलनमा मैले नेपाललाई लगानीको गन्तव्य बनाउन आग्रह गरेको छु। सरकारले यसका लागि आवश्यक कानुनी तथा नीतिगत आधार तयार गर्न प्रतिबद्ध छ। सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न आर्थिक कार्यक्रमहरु अगाडि सारेको छ। तर यसका लागि व्यवसाय र समाज सबै सरोकारवालाहरु जिम्मेवार बन्नुपर्दछ।

 

जिम्मेवार व्यवसायिक अभ्यासहरू नैतिक सामाजिक दृष्टिकोणबाट मात्र नभई व्यावसायिक रणनीतिका हिसाबले पनि फाइदाजनक छन्। जिम्मेवार अभ्यासहरुमार्फत् व्यवसायहरूले दिगो विकासमा योगदान दिन र समाजमा सकारात्मक प्रभाव सिर्जना गर्न सक्छन्।

मुलुकको प्रमुख साझेदार निजी क्षेत्रमात्र होइन, सरकार र राज्यका सबै निकाय उत्तिकै जिम्मेवार रुपमा प्रस्तुत हुन आवश्यक छ। सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकारले चालेको कदममा सबैको साथ र सहयोगको लागि आग्रह गर्दछु।यहाँहरु सबैलाई अवगत नै छ– अर्थतन्त्रको क्षेत्रमा विद्यमान दवावलाई चिर्न र देशभित्र लगानीको वातावरणसहित आशाको रक्तसञ्चार गर्न मैले

 

लगातार प्रयास गर्दै आएको छु। केही दिन पहिला मात्र मैले सरकार, निजी क्षेत्र र आर्थिक क्षेत्रका विज्ञहरु सम्मिलित बैठकको आयोजना गरेर अर्थतन्त्रमा सुधार ल्याउन बृहत अन्तरक्रिया गरेको छु। अन्तरक्रियापछि केही महत्वपूर्ण घोषणाहरुसमेत गरिएको छ। मेरो विश्वास छ– उक्त अन्तरक्रिया र घोषणाले अर्थतन्त्रमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्नेछ।

 

तथ्यांक हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति हुँदै गएको देखिन्छ। तर, व्यवहारमा आम जनतामा आशाको रक्तसञ्चार सिर्जना गर्न अझै मेहेनत गर्नुपर्ने परिस्थिति हाम्रासामु छ। त्यसैले मैले अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ बृहत बैठक र केही नयाँ घोषणसमेत गर्ने तयारी गरिरहेको छु। यसमा समेत यहाँहरुको सक्रिय सहभागिता, महत्वपूर्ण सुझाव र कार्यान्यवनमा जिम्मेवारीवोध एवं तत्परता रहनेछ भन्ने मैले विश्वास लिएको छु।

 

हिजो मात्रै शासकीय सुधारको विषयमा केन्द्रित रहेर नेपाल सरकारका बहालवाला र भूतपूर्व राष्ट्रसेवक कर्मचारीहरुको बृहत गोष्ठीको आयोजना गरिएको छ। त्यसबाट समेत केही महत्वपूर्ण सुझाव र दिशानिर्देश प्राप्त भएको छ। शासकीय सुधारका क्षेत्रमा केही नयाँ गर्न सकियो भने त्यसको प्रत्यक्ष प्रभाव अर्थतन्त्रमा देखिनेछ भन्ने हामीले विश्वास लिएका छौं।

 

 

कार्यक्रममा विज्ञज्यूहरुवाट प्रस्तुत कार्यपत्र तथा छलफलबाट उद्यमी व्यवसायी, सरोकारवाला सहभागी सवै लाभान्वित हुनुका साथै यसबाट प्राप्त सुझाव तथा छलफलले निति निर्माणमा सहयोग पुग्ने अपेक्षा व्यक्त गर्दछु। दुई दिनसम्म सञ्चालन हुने यस महत्वपूर्ण कार्यक्रममा यहाँहरु अभिरुचिपूर्वक सहभागी हुनुहुने विश्वास व्यक्त गर्दछु।

 

 

अन्त्यमा, कार्यक्रमले सरकार, निजी क्षेत्र र समानका अग्रणी निकायलाई एकै मञ्चमा ल्याएर जिम्मेवार बन्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न सफल हुनेछ भन्ने विश्वास व्यक्त गर्दछु। सरकार राष्ट्रिय व्यवसायिक पहललाई आवश्यक सहयोग र साझेदारीका लागि प्रतिबद्ध रहेको विश्वास दिलाउँछु। धन्यवाद।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो

काठमाडौँ, गोकर्णेश्वर उत्तर गया क्षेत्रमा पौषकृष्ण औँसीका अवसरमा श्राद्ध गर्ने भक्तजनको बिहानैदेखि घुइँचो छ । गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्न आउने भक्तजनको घुइँचोका कारण जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकमा बिहानैदेखि जाम भएको छ । सो मार्गमा दुई घण्टा सवारी जाममा पर्दा समस्या भएको यात्रुको गुनासो छ । विभिन्न...

राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट

काठमाडौँ,  नेपालस्थित चिनियाँ राजदूत छन् सोङले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग बिदाइ भेट गर्नुभएको छ । कार्यकाल पूरा गरेर फर्किन लाग्नुभएका राजदूत सोङले आज सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा बिदाइ भेट गर्नुभएको हो ।भेटमा अध्यक्ष दाहालले नेपाल बसाइका क्रममा दुई देशबीचको सम्बन्ध सुदृढ गर्न खेल्नुभएको भूमिकाको...

सुनचाँदीको मूल्यमा उतारचढाव, सुन दुई लाख ६० हजार नजिक

काठमाडौँ, पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव आएको छ । गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ६० हजार ४०० सय पुगेको थियो भने आज त्यति नै परिमाणको सुन रु दुई लाख ५८ हजार ३०० मा...

सिरिया–इराक क्षेत्रमा अमेरिकी कारबाही तीव्र,७० भन्दा बढी लक्ष्यमा आक्रमण

वासिङ्टन, अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक राज्य समूहका लक्ष्यमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपतिले यसलाई ‘धेरै गम्भीर प्रतिशोध’ भएको बताउनुभयो । गत सप्ताहअन्तमा भएको आक्रमणमा तीन अमेरिकीको मृत्यु भएको थियो ।वासिङ्टनका अनुसार, पाम्यारा शहरमा भएको आक्रमण एकल आक्रमणकारीले गरेको थियो...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी

दोधारा चाँदनी (कञ्चनपुर), शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले देशभर बाघ गणना सुरु गरेसँगै शुक्लाफाँटा निकुञ्जले पनि गरको हो ।  बाघ गणनाका लागि पाँच वटा राष्ट्रिय निकुञ्ज र निकुञ्ज बाहिरका क्षेत्रलाईसमेत समेटेर तीन वटा ‘कम्प्लेक्स’...

खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट

दमौली (तनहुँ),  जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका युवाहरू एकजुट भएका छन् । खेलमैदानमा विभिन्न बहानामा पटकपटक महोत्सव गर्न दिँदा खेलमैदान बिग्रिँदै गएपछि यहाँका युवा संरक्षणका लागि एकजुट भएका हुन् ।   खेलमैदान नहुँदा दमौलीमा खेलकुदका गतिविधि सञ्चालन गर्न कठिनाइ भइरहेको भन्दै खेलमैदानमा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर : ३८४ जनाको परीक्षण गर्दा ७५ मा मोतियाबिन्दुको समस्या

कैलाली, घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको मध्यवर्ती घोडाघोडी नगरपालिकामा आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा ३८४ जनाको परीक्षण गर्दा ७५ जनामा मोतियाबिन्दुको समस्या देखिएको हो ।   नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित गेटा आँखा अस्पतालद्वारा घोडाघोडी–१ सुख्खडमा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो...

प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै

त्रिवेणी (नवलपरासी), ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित प्रथम कावासोती गोल्डकप फुटबल प्रतियोगिता–२०८२, आजदेखि सुरु हुँदैछ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१६, डण्डामा सुरु हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी पुलिस क्लब र आयोजक टिम कावासोती ‘ए’ बीच प्रतिस्पर्धा हुने आयोजक...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९