ट्रम्पलाई आन्तरिक निर्वचान लडन मेईन राज्यमा पनि प्रतिबन्ध

वासिङटन डिसी । अमेरिकामा हुन गईरहेको आम निर्वाचनमा भाग लिने पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनामा थप धक्का लागेको छ । सन २०२४ मा हुने राष्ट्रपति चुनावको दौडमा रहेका डोनाल्ड ट्रम्पलाई थप एक राज्यले प्राइमरी चुनावमा भाग लिन प्रतिबन्ध लगाए पछि उनी थप अप्ठयारोमा परेका छन् ।

 

अमेरिकामा पार्टीहरूले आन्तरिक निर्वाचनमार्फत उम्मेदवार चयनका लागि हाल चुनावी दौडमा लागिरहेका ट्रम्पलाई कोलोराडो पछि अब मेइन प्रान्तमा पनि पार्टीको आन्तरिक चुनावमा सहभागी हुन रोक लगाइएको छ । केही दिन अघि मात्र कोलोराडोको एक अदालतले राष्ट्रपतिको उम्मेदवारका लागि ट्रम्प अयोग्य बताउँदै उनलाई आन्तरिक निर्वाचनबाट बाहिरिन आदेश गरेको थियो।

 

कोलोराडोको अदालतको आदेश लगत्तै मेइन राज्यका निर्वाचन अधिकारीहरूले पनि ट्रम्पलाई त्यहाँ आन्तरिक निर्वाचनमा सहभागी हुन प्रतिबन्ध लगाएकाे अन्तराष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन् । अमेरिकामा राष्ट्रपतिको निर्वाचनको उम्मेद्वार हुनका लागि पार्टीको आन्तरिक प्रतिस्पर्धामा भाग लिनु पर्छ। उक्त प्रतिस्पर्धाको बलियो उम्मेदवारले मात्रै राष्ट्रपतिको उम्मेद्वार हुन पाउने परम्परा रहेेको छ। विभिन्न सर्वेक्षणमा बर्तमान राष्ट्रपति जो वाईडेन भन्दा लोकप्रिय देखिएका ट्रम्पलाई अदालतका पछिल्ला निर्णयले ठुलै धक्का दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

 

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१