Baigyanik Media

Advertisement

Skip Ad

सेनाको भरतपुरको ७० मध्ये १९ बिघा जग्गा बिमानस्थललाई दिइनेछः कार्यबहाक प्रधानमन्त्री

भरतपुर  ।   कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको नयाँ सबुज गणको निरीक्षण गरेका छन । सो अवसरमा मध्य पृतना हेडक्वार्टर नं ७ वाहिनी अड्डा अन्तर्गत रही तैनाथ यस गणले भरतपुर विमानस्थल सुरक्षाका साथै जल उद्धार, सडक दुर्घटना, विपद्जन्य परिस्थितिबाट सिर्जित सडक अवरोध हटाउने कार्यमा खेलेको भूमिका सराहनीय भएको उनले बताए ।‘भरतपुर विमानस्थल विस्तारका लागि सेनाको स्वामित्वमा रहेको ७० बिगाहा आठ कठ्ठा चार धुर जग्गामध्ये करिब १९ बिगाहा चार कठ्ठा चार धुर जग्गा विमानस्थलको धावनमार्ग विस्तार र वैकल्पिक सडक निर्माणका लागि उपलब्ध गराउनुपर्ने देखिन्छ,’, उनले भने, ‘नेपाली सेनाबाट निर्मित केही भौतिक संरचनाहरु समेत स्थानान्तरण गर्नु पर्ने हुँदा यस सम्बन्धमा विभिन्न सरोकारवाला निकायहरूबीच आवश्यक समन्वय र सहकार्य गर्दै अघि बढ्न आवश्यक रहेको छ ।’यस प्रक्रियामा रक्षा मन्त्रालय र नेपाली सेनाको तर्फबाट सम्बन्धित सरोकारवाला निकायहरूसँग छलफल र परामर्श भइरहेको र सबैको सहयोगले यो विषय चाँडै निष्कर्षमा पुग्ने उनको भनाइ थियो । राष्ट्रिय सुरक्षाको प्रमुख पहरेदारका रूपमा रहेको नेपाली सेनाले देशभित्र मात्र नभई विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रहरूमा समेत संयुक्त राष्ट्र सङ्घको झण्डा मुनि रहेर शान्ति स्थापनामा विशेष योगदान गर्दै आएको रक्षामन्त्री खड्काले बताए ।

नेपाली सेनाको यस योगदानले नेपाल र नेपालीको शिर उँचो बनाएको भन्दै उनले सेनाको व्यावसायिक क्षमतालाई उच्च राख्न नेपाली सेनामा तालिम, प्रशिक्षण, भौतिक संरचनाको निर्माण तथा आधुनिक सैन्य उपकरणहरूको व्यवस्था गर्न राज्यले निरन्तर जोड दिँदै आएको उल्लेख गरेका छन ।‘नेपाली सेनामा रही काम गर्ने सबै राष्ट्र सेवकहरूको मनोबल र उत्प्रेरणालाई उच्च राख्न सरकारले प्राथमकिता दिएको छ, आगामी दिनमा राज्यको क्षमता र साधन स्रोतले भ्याएसम्म नेपाली सेनाको थप सुदृढीकरणका लागि विभिन्न व्यवस्थाहरू गर्दै लगिनेछ,’ उनले भने ।

 

नेपाली सेनाले सीमित स्रोत, साधन र सुविधाको बाबजुद हिमाल, पहाड र तराई सबैतिर खटिएर अहोरात्र राष्ट्रको सुरक्षामा खटिएको भन्दै कार्य सम्पादनका क्रममा सेनाले भोगेका समस्या र अप्ठ्यारालाई सरकारले महसुस गरेको उनले जनाएका छन । ती समस्या तथा अप्ठ्याराहरूलाई आगामी दिनमा सरकारको क्षमताले भ्याएसम्म क्रमशः सम्बोधन गर्दै जाने दिशामा नेपाल सरकार प्रतिबद्ध रहेको उनको भनाई छ । ‘मेरो नेपाल मेरो स्वर्ग’ भन्ने आदर्श वाक्य बोकेको श्री नयाँ सबुज गणमा खासगरी तराई÷मधेसमा बसोबास गर्ने नागरिकहरूको प्रतिनिधित्व हुने गरी नेपाली सेनाका विभिन्न विभाग, कार्यालय, महानिर्देशनालय, निर्देशनालय, पृतना, वाहिनी युनिटरसब युनिटलगायत ११७ स्थानबाट विभिन्न दर्जाका सैनिक व्यक्तिहरु सम्मिलित गराई यो नयाँ गण २०६३ साल असार २८ मा महोत्तरीको पकौलीमा स्थापना भएको हो ।

 

यो गण ओखलढुङ्गा, हेटौँडा, सुर्खेत लगायतका जिल्लाहरू हुँदै गत वैशाख १५ गतेदेखि चितवनको भरतपुर व्यारेकमा तैनाथ छ। तराई र मधेसमा बसोबास गर्ने समुदायको विशेष प्रतिनिधित्व र बाहुल्य भएको यस गणमा करिव ८० प्रतिशत तराई र मधेस मूलका विभिन्न दर्जाका सैनिकहरू कार्यरत रहेको भन्ने थाहा पाउँदा आफूलाई खुसी लागेको कार्यबहाक प्रधानमन्त्री खडकाले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

‘सबै स्थानीय तहमा युवापरिषद् गठन आवश्यक’

भक्तपुर।   युवा तथा खेलकुद मन्त्रालयका सचिव डा हरिप्रसाद लम्सालले ७५३ वटै स्थानीय तहमा युवापरिषद् गठन गर्ने अभियान सुरु गर्नुपर्ने बताउनुभएको छ । आज राष्ट्रिय युवापरिषद् सानोठिमीले युएनएफपिएको साझेदारीमा यहाँ आयोजना गरेको ‘नीतिनिर्माण तहदेखि कार्यान्वयन तहसम्म युवा सहभागिता संवाद’ कार्यक्रममा उहाँले उक्त अभियान जरुरी...

पार्टीमा युवा सहभागिता बढाउन ‘डिजी युथ कांग्रेस गठन’ गर्न नेता पौडेलको प्रस्ताव

काठमाडौँ ।   नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्वाचनअघि नै कांग्रेसमा पुस्तान्तरण तथा रुपान्तरण हुनुपर्ने माग गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा आज उहाँले रुपान्तरण र पुस्तान्तरण भएमात्रै निर्वाचनमा बहुमत ल्याउन सकिने धारणा राख्नुभयो ।   उहाँले मुलुकमा भएको जेनजी आन्दोलनलाई...

हुलास र अशोक स्टिलले तिर्न थाले डेडिकेटेड तथा ट्रङ्कलाइनको विद्युत् महसुल बक्यौता

काठमाडौँ।  डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेको बाराको सिमरामा सञ्चालित हुलास स्टिल इण्डष्ट्रिजले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई तिर्न सुरु गरेको छ । उद्योगले २०७२ साल माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्कलाइन प्रयोगबापतको प्रिमियम महसुलको कूल रु १४ करोड १२ लाख...

बिहीबार विश्व खाद्य दिवस मनाइने

काठमाडौँ, सरकारले विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्त्वबारे जनचेतना जगाउन यही आज ४५औँ विश्व खाद्य दिवस मनाउँदै छ । कृषि विभागले संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ), खाद्यका लागि कृषि अभियानलगायत सङ्घसंस्थाको समन्वयमा दिवस मनाउन लागेको हो । यसवर्ष ‘स्वच्छ खाना...

प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्छ: गृहमन्त्री अर्याल

काठमाडौँ ।    गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्ने बताउनुभएको छ । आज यहाँ आयोजित ७०औँ प्रहरी दिवस एवम् अमर प्रहरीप्रति श्रद्धाञ्जली कार्यक्रममा उहाँले प्रविधिको बढ्दो प्रभावसँगै अपराध अनुसन्धानमा समेत चुनौती थपिँदै गएकाले प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्ने बताउनुभएको हो ।...

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

काठमाडौँ, सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच...

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

मकवानपुर,  प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश समितिले प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो ।   ज्ञापनपत्रमा...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

कैलालीमा डर लाग्दो हत्या: केशर बुढाको टाउको लिएर प्रहरीमा पुगे दुई युवक!

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–८ जरहीमा गए राति रक्सीपाटी पछिको विवादका क्रममा एकजनाको घाँटी रेटी हत्या गरिएको छ। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश दत्त अवस्थीका अनुसार सोही वडाका केशर बहादुर बुढाको घाँटी रेटेर हत्या गरिएको हो। घटना गए राति करिब...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

पूर्वविद्यार्थीद्वारा विद्यालयलाई शैक्षिक उपकरण सहयोग

म्याग्दी, मालिका गाउँपालिका–५ मगरदाङ्गमा रहेको गौबोमबस्त माविलाई विदेशमा बसोबास गर्ने पूर्वविद्यार्थीहरुले रु आठ लाख ५० हजार मूल्य बराबरको शैक्षिक उपकरण सहयोग गरेका छन् । प्रवासी दङ्गाले मञ्चले पितृ स्मृति सेवा कोषमार्फत आइतबार १३ थान कम्प्युटर, चार थान ब्याट्री, दुई थान सिसिटिभी क्यामेरा र दुई...

एक सय जनामा क्षयरोग सङ्क्रमण

ओखलढुङ्गा,  ओखलढुङ्गामा एक सय जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ देखि चालु आव २०८२/८३ को हालसम्ममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । कार्यालयका सूचना अधिकारी विवेक पोखरेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ६५ पुरुष र ३०...

नेपालगन्जमा ‘नेशनल स्विमिङ च्याम्पिनसीप’ हुँदै

नेपालगञ्ज।आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पिनसीप-२०२५ आयोजना गरिने भएको छ । नेपालगन्ज स्वीमिङ क्लब बाँकेको आयोजनामा नेपालगन्जस्थित रङ्गशाला परिसरको पौडी पोखरीमा प्रतियोगिता हुनेछ । क्लबलका अध्यक्ष केशवराज न्यौपानेले प्रतियोगितामा देशभरबाट दुई सयभन्दा बढी खेलाडीको सहभागिता रहने जानकारी दिनुभयो ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९