
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्य निरूपण तथा मेलमिलाप सबन्धी कार्य तत्कालै अघि बढने बताएका छन ।असंलग्न राष्ट्रहरूको सम्मेलनमा सहभागी भएर युगान्डावाट स्वदेश फर्के लगत्तै प्रधानमन्त्री प्रचण्डले संसद् अधिवेशन आह्वान हुने बित्तिकै टीआरसी विधेयक लगायत अघि बढने बताएका हुन ।संसदको हिउँदे अधिवेसनवाट नै शान्ति प्रक्रियाका बाँकी काम टुङ्गोमा पुर्याउने प्रधानमन्त्री प्रचण्डले बताएका हुन । आइतबार बिहान स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै टीआरसी विधेयक सदन खुल्ने बित्तिकै टुङ्ग्याइने जनाएका हुन