काठमाडौं । ह्याविट्याट पावर कम्पनी लिमिटेडले फागुन १० गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, हांडिगाउँ, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।सभामा यस कम्पनीले सर्वसाधारणलाई आइपीओ निष्कासन गर्ने प्रस्ताव सहित पनि पेश गर्ने छ ।आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ । त्यसैगरी, सभाले सञ्चालक समितिको निर्वाचन पनि गर्नेछ ।
देवदह (रुपन्देही), जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दुई दिनमा झण्डै २३ लाख बराबरको अवैध सामान बरामद गरेको छ ।यही कात्तिक २१ र २२ गते जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली, चोरी पैठारी गरिएको अन्दाजी रु २२ लाख ८८ हजार २२८ बराबरको सामान...



























































































































































