काठमाडौं । काठमाडौंको ठमेलमा सुतिरहेकै अवस्थामा एक चिनियाँ पर्यटकको शव फेला परेको छ। शनिबार साँझ चिनियाँ नागरिक ४७ वर्षका बाओ ग्वाङ रहेको शव फेला परेको जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए।ग्वाङ यही माघ १० गतेदेखि ठमेलको नेपालय होम होस्टेलमा बस्दै आएका थिए।
उनलाई कोठमा सुतिरहेको अवस्थामा मृत फेला परिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो।शवपरीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइको ढुङ्गेलले जानकारी दिए। घटनास्थलमा कुनै प्रमाण फेला नपरेकाले मृत्युको कारण नखुलेको र अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।





























































































































































