नामिबियाविरुद्ध नेपालको खराब शुरुवात, शिर्ष चार ब्याट्सम्यान आउट

काठमाडौँ। नेपालले नामिबियाविरुद्ध खराब शुरुवात गरेको छ । आइसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको पहिलो खेलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले चौथो विकेट गुमाएको छ ।नेपालका कप्तान रोहित पौडेल १ रन बनाएर आउट भएका छन् । यसअघि आसिफ सेख ४, अनिल शाह ८ र कुशल भुर्तेल रोयल डकमा आउट भएका थिए । यो समाचार तयार गरुजेल नेपालले ९.४ ओभरमा ४ विकेट गुमाएर २५ रन बनाएको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१