नेदरल्याण्डसले नेपाललाई दियो १२१ रनको लक्ष्य

काठमाडौँ । नेदरल्याण्डसले नेपाललाई १२१ रनको लक्ष्य दिएको छ ।जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले १९.३ ओभरमा अल आउट हुदै १२० रन बनाएको हो ।

 

नेदरल्याण्डसका लागि म्याक्स ओ दाउदले सर्बाधिक ३१ रन बनाए भने टिम भान डेर मार्वेले २४ रन बनाएका थिए । त्यस्तै रोएलोफ भान डेर मार्वेले २३ तथा कप्तान स्कट एडवार्डसले १८ रन बनाएका थिए ।

 

त्यसैगरी नेपाली बलर प्रतिस जिसीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएका थिए । प्रतिसले ४ ओब्र्मा १३ रन दिएर ३ विकेट लिएका हुन । त्यसैगरी करण केसी र कुशल मल्लले २-२ विकेट  लिए भने दिपेन्द्र सिंह ऐरीले एक विकेट लिएका थिए ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१