नेपाल कराते महासंघको प्रथम बार्षिक धरणसभा बराको निजगढमा

रौतहट । नेपाल कराते महासंघको प्रथम बार्षिक साधारणसभा सुरु भएको छ ।बाराको निजगढमा आजबाट सुरु भएको साधारणसभाको उद्वघाटन गर्दे राष्ट्रिय खेलकुद परिषादका सदस्य सचिव टंकलाल घिसिङले खेलकुदको विकासका माध्यमबाटनै देशको विकास सम्भव हुने बताएका छन् ।

 

 

 

नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाको अध्यक्षतामा भएको उद्वघाटन समारोहमा बोल्दै घिसिङले राष्ट्रिय खेलकुद परिषदमा दर्ता रहेका खेल संघ मध्य कराते महासंघले एक बर्षको अवधिमा धेरै काम गरेको भन्दै कराते महासंघको कामको प्रशंसा गरेका थिए । अन्तर्राष्ट्रिय प्रतियोगितामा अवका दिनका धेरै पदक ल्याउनका लागि खेलको स्तर हेरेर राष्ट्रिय खेलकुद परिषदले लगानी गर्ने बताएका छन ।

 

 

सातै प्रदेशका करिव एक सय प्रतिनिधिको सहभागीता रेको साधारणसभामा बागमती प्रदेश खेलकुद परिषदका सदस्य सचिव सुर्यलाल भण्डारीले शुभकामना मन्तव्य राख्दै खेलकुद विकासका लागि बागमती प्रदेश खेलकुद परिषदले सक्दो सहयोग गर्ने प्रतवद्वता जाहेर गरेका थिए ।

 

नेपाल कराते महासंघका महासचिव दावा गुरुङले एकवद्व करातेले अवका दिनमा आउने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा देशका लागि धेरै भन्दा धेरै पदक ल्पाउने विस्वास व्यात्त गरेका थिए । साधारणसभा दुईदिन सम्म चल्ने छ ।

 

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१