नेपाल आगलागी जोखिमको हिसाबले विश्वको तेस्रो, लुम्बिनीमा भयो कृत्रिम आगलागीको अभ्यास

भैरहवा । नेपाल आगलागी जोखिमको हिसाले उच्च जोखिममा छ । विश्वव्यापी जलवायु जोखिम सूचकांक २०२३का अनुसार नेपाल आगलगी जोखिमको हिसाबले विश्वको तेस्रो, भुकम्पीय जोखिमको हिसाबले ११ औँ, बाढि पाहिरोको हिसाबले ३० औँ स्थानमा छ । वर्षेनी हुने शितलहर, आगलागी, अतिबृष्टि, अनावृष्टि, हिमपातलगायतको कारणले सयौँको ज्यान जाने गरेको छ । रुपन्देहीमा अहिलेको समयमा दैनिक जसो विभिन्न स्थानमा आगलागीको घटना भइरहेका छन । जोखिमलाई न्यूनिकरण गर्न र सम्पूर्णमा जनचेतना जगाउन सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण् हे. क्वा रुपन्देही विपद सम्बद्ध सरोकारवाला निकायहरुको संयुक्त सहभागितामा आगलागी सम्बन्धी कृत्रिम घटना गरी सुरक्षाको उपायबारे अभ्यास गरिएको छ ।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा न. ३ पडरिया नजिकै लुम्बिनी बिकास कोषको खेल मैदानमा २ वटा फुसको छाना भएको घरमा कृत्रिम आगो लगाई आगलागी सम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको हो । गर्मीयामको समयमा हुन सक्ने आगलागीमा उद्दार, राहत तथा व्यवस्थापन कार्य सम्बन्धि सचेतनाका लागि  कृत्रिम घटना अभ्यास गरिएको हो ।

बदलिदो मौसमको कारण हुन सक्ने आगलागीको घटनालाई मध्येनजर गरी बिपद् पूर्व तयारी अनुरुप सरोकार वाला निकायहरुको समन्वयमा सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा. रुपन्देही द्वारा यो अध्यास गरिएको सशस्त्र प्रहरी उपरिक्षक आनन्द थापाले जानकारी दिए । उनले सशस्त्र प्रहरी बलले सिमा सुरक्षा, आन्तरिक सुरक्षा राजश्व चुहावट साथसाथै आफुलाई विपद उद्वारमा समर्पित निकायको रुपमा विकास गर्दै आएको बताए । अभ्यासमा आगलागीको अवस्थामा घरहरुबाट घाईतेहरुको उद्धार गर्ने अभ्यास, अग्नि नियन्त्रण यन्त्र द्धारा अगलागी नियन्त्रण अभ्यास, ग्यास सिलिण्डर बाट हुने आगलागी तथा जोखिम नियन्त्रणको डेमोस्ट्रेशन तथा हुन सक्ने क्षति र त्यसको त्रासबाट मुक्त गराउनको लागि सुरक्षात्मक उपायहरु अपनाउने तरिकाको नमुना अभ्यास गरिएको हो ।

‘विपद व्यवस्थापनको क्षेत्रमा विशिष्टीकृत जनशक्तिको विकासका साथै सशस्त्र प्रहरी कार्मचारीहरुलाई उद्वार क्षमता विकासका लागि विपद सम्बन्धी आधारभूत तालिम प्रदान गर्दै आएको छ । भुकम्प, बाढी पहिरो, आगलागी जस्ता विपदमा सिमित स्रोत साधानका वावजुद पनि पिडितको उद्वार, राहत तथा अस्थायी आवास निर्माण काममा भुमिका निभाउदै आएको र आगामी दिनमा पनि विपद पिडितहरुको उद्वार विपद जोखिम न्यूनिकरणका लागि तयारी अवस्थामा सधै राखेको छ’ एसपी थापाले भने ।
कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिका प्रमुख सजरुद्दीन मुसलमान, उप–प्रमुख कल्पना हरिजन, रुपन्देही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी द्वय चिरन्जिवी राना र रामचन्द्र अर्याल, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रन्जित सिंह राठौर, नेपाली सेना तथा तीनैवटा सुरक्षा निकायका कर्मचारी,  जनप्रतिनिधी, स्थानीय, पत्रकार लगायतको उपस्थितीमा जनचेतनामुलक अभ्यास गरिएको हो । कार्यक्रममा सशस्त्र प्रहरीका तालिम प्राप्त कर्मचारीहरुले सिलिन्डर ग्यासमा आगलागी भए त्यसको नियन्त्रणका उपायहरुबारे पनि अवगत गराएका थिए । नगरप्रमुख मुसलमानले सशस्त्र प्रहरीको अगुवाईमा भएको यो कार्यक्रम सराहनिय रहेको बताउदै बेला बेलामा संचालन हुने यस्ता किसिमका जनचेतनामुलक कार्यक्रमहरुले भबिष्यमा हुन सक्ने आगलागी सम्बन्धी दुर्घटनाहरुबाट बच्न,बचाउन गाउँ समाजमा सकारात्मक पाठ सिकाउने बताए । हिजो मात्रै यस क्षेत्रमा ठूलो आगलागी भयो र यसलाई नियन्त्रणमा लिनका लागि धमकल, सुरक्षा निकाय र सशस्त्रको ठूलो भुमिका रहेको बताए । आगलागी जन्य बिपतबाट कसरी सुरक्षित रहन सकिन्छ ग्यासमा आगलागी भएको अवस्थामा के गर्नुपर्छ भन्ने बारेमा आम नागरिकलाई जानकारी यो अभ्यासले ठूलो महत्व राखेको बताए । सहायक प्रमुख जिल्ला अधिकारी रानाले विपदको सामना गर्न केन्द्रिय देखि स्थानीय स्तरमा आपतकालिन टिमहरु रहेपनि प्रभावकारी बनाउन तीनै तह लाग्नु पर्ने बताए ।
सहभागीहरुले गर्मीयाममा हुने आगलागीजन्य घटना तथा विभिन्न स्थानमा सिलिन्डर ग्यासमा आगलागी हुने घटना भइरहेकाले यसबाट सुरक्षित रहने उपायहरूको बारेमा जानकारी हुन आवश्यक रहेको बताए । कृतिम घटना अभ्यासमा आगलागी कसरी हुन्छ र आगलागी भएपछिको अवस्थामा गर्नुपर्ने सम्पूर्ण प्रक्रियाको बारेमा अभ्यास गरिएको थियो । अभ्यासमा देखाईएका विभिन्न चरणहरू हेर्दा साँच्चीकै आगलागी भए पछि तथा सिलिन्डर ग्यासमा आगोलागे निभाउने तरिकाबारे सिकेको स्थानियले भने ।
अभ्यासमा सशस्त्र प्रहरी बलले घरायसी भान्सामा प्रयोग हुने ग्याँस सिलिन्डर चुहावटबाट हुन सक्ने आगलागी र सोको नियन्त्रणका उपाय, हुनसक्ने आगलागीका कारणबाट हुने क्षति र मानवीय क्षति लगायत धनजनको क्षतिलाई कम गर्न र आगलागी नियन्त्रण, आगलागीमा घाईतेको उद्दार, घाइतेको प्राथमिक उपचार लगायत विविध विषयमा अभ्यास गरिएको थियो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६८ रुपैयाँ...

सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ,  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुशासन कार्यान्वयन गर्न धेरै खर्च नगरी सानै पहलमा पनि सुरुआत गर्न सकिने बताउनुभएको छ ।उहाँले जेनजीको मुख्यमाग भनेकै सुशासन र भ्रष्टाचारविरुद्ध रहेको बताउँदै सबैले हरेक तहबाट राम्रो कामका थालनी गर्नुपर्ने बताउनुभयो । जिल्ला प्रशासन कार्यालय काठमाडौँमा आज...

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौँ,  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ९० अङ्कले बढेर दुई हजार ६३९ दशमलव ९१ को बिन्दुमा कायम भएको छ ।आज ३४९ कम्पनीको एक करोड ३६ लाख २४ हजार ८२४ कित्ता सेयर ७७ हजार...

राष्ट्रसङ्घका निकायबाट बाहिरिने अमेरिकी निर्णयप्रति राष्ट्रसङ्घ चिन्तित

न्युयोर्क, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणा माथि खेद जनाउदै चिन्ता व्यक्त गर्नु भएको छ । विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले महासभाले स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्तिरक्षा बजेटमा...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६८ रुपैयाँ...

झापामा इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउनुपर्ने

भद्रपुर (झापा),  जिल्ला प्रशासन कार्यालय झापाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन सार्वजनिक सूचना जारी गरेको छ ।   सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंका अनुसार जिल्लाभित्र इजाजत लिएर...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

गण्डकीमा मातृ स्वास्थ्यमा सुधार

गण्डकी,  नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षणको पछिल्लो प्रतिवेदनअनुसार गण्डकी प्रदेशमा संस्थागत प्रसूतिदर ८९ प्रतिशत छ । जुन राष्ट्रिय औसत ७९ प्रतिशतभन्दा बढी हो । सरकारले सन् २०३० सम्ममा संस्थागत प्रसूतिको दर ९० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । यसअनुसार गण्डकी प्रदेश उक्त लक्ष्यको नजिक रहेको...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

शिवशक्ति ग्रामीण विद्युत् सहकारीको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेपछि स्थगित

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डा तथा खैरेनी क्षेत्रमा अवस्थित शिवशक्ति ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेका कारण स्थगित गरिएको छ।   संस्थाले २०८२ साल नौ महिना २९ गतेका लागि वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गर्दै कुल...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

९८ वर्षीय उजिरद्वारा विद्यालयमा खानेपानीको धारा निर्माण

टक्सार (भोजपुर),  भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित एक विद्यालयमा खानेपानीको धारा निर्माण गर्नुभएको छ । भोजपुर–८ पोखरेका प्रधानले श्रीमती रुपछिमीको स्मृतिमा रु दुई लाख खर्च गरेर स्थानीय सरस्वती आधारभूत विद्यालयमा पाँचवटा खानेपानीको धारा निर्माण गर्नुका साथै पाँच हजार लिटर क्षमताको...

आलेखः सावधान ! चुरोटभन्दा हानिकारक हुक्का

काठमाडौँ,  तपाईँ कतै हुक्काको नियमित सेवन त गरिरहनुभएको छैन वा हुक्का सुर्तीजन्य पदार्थबाट बनेको होइन, पानीको वाफको धुवाँ भनेर त तपाईँले खाइरहनुभएको त छैन । यदि त्यो हो भने तपाईँले पानीको वाफ भनेर सेवन गर्ने हुक्का चुरोटभन्दा हानिकारक हुन्छ । र सुर्तीजन्य पदार्थलाई पानी...

प्रधानमन्त्री कप क्रिकेटको जिल्लास्तरीय छनोट सञ्चालन गर्न निर्देशन

बैतडी,  प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटको सुदूरपश्चिम प्रदेशको जिल्लास्तरीय छनोट प्रतियोगिता सञ्चालन गर्न निर्देशन दिइएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टका अनुसार जिल्ला छनोट प्रतियोगिता आज देखि आगामी माघ ११ गतेसम्म सम्पन्न गर्न सबै जिल्लाहरूलाई निर्देशन दिइएको हो । जिल्ला छनोट...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९