बागदेव दुग्ध उत्पादक सहकारी संस्थाले स्थापना गर्‍यो बिक्री केन्द्र

बारा । बाराको निजगढ नगरपालिका वडा नम्बर ६ स्थित बागदेव दुग्ध उत्पादक सहकारी संस्थाले २८ औँ वार्षिकोत्सवको अवसरमा संस्थाले निजगढ नगरपालिका ८ स्थित शहिद चोकमा बिक्री केन्द्रको स्थापना गरेको छ । सोमबार प्रधानमन्त्री कृषि आघुनिकीकरण परियोजना बाराका प्रमुख प्रदीप ठाकुर बरहीले बिक्री केन्द्रको उद्घाटन गरेका हुन् ।बरहीले बागदेव दुग्ध उत्पादकले तयार गरेका दुग्ध जन्य पदार्थको निजगढ चोकमा बिक्री केन्द्र बनाउनु उपयुक्त रहेको बताए । उनले बागदेवको बिक्री केन्द्र बढ्दै जाँदा उपभोक्तालाई सहजता आउने देखिएको बताउँदै निजगढमा बिक्री केन्द्र हुँदा बागदेव दुग्धको उत्पादन प्रयोगमा सहज हुने विश्वास लिएको सुनाए ।त्यस्तै बागदेव दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष थानेश्वर सापकोटाले संस्थाले धेरै जनसङ्ख्या भएको क्षेत्रमा क्रमश बिक्री केन्द्रहरूलाई अभियानकै रूपमा अगाडि बढाउने बताए । उनले उपभोक्ताहरुको सहजताको लागि बिक्री केन्द्र निजगढ चोकमा स्थापना गरिएको बताए । लामो समयदेखि निजगढको चोकमा बिक्री केन्द्रको स्थापना गर्न खोजेको र केही छलफलपछि पूरा भएको बताए । कार्यक्रममा बिभिन्न संघ संस्थाका अध्यक्ष, जनप्रतिनिधि लगाएतको उपस्तिथि रहेको थियो ।  यसैबिच, वार्षिकोत्सवको अवसरमा बागदेव दुग्ध उत्पादक सहकारी संस्था र कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्रबिच दुई वर्षका निम्ती भएको सम्झौतामा उद्यमशिलता तालिम संचालन गरि कृषकको नेतृत्व तथा सीप बिकाश गर्न दुई पक्षीय सम्झौता भएको छ । सम्झौता अनुसार दुग्धको बिभिन्न बस्तु विविधिकरण संगै गोठ सुधार, ग्रामिण पशु स्वास्थ्य, त्रेडिट लिंकेज तथा पशु विमा अमिमुखिकरणलगाएतका कार्यक्रम गर्ने दुई पक्षबिच सहमति भएको कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्रका कार्यकारी निर्देशक सरोज कोइरालाले जानकारी दिए ।

 

 

यस्तै, वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्र्तगत बागदेव दुग्ध उत्पादक सहकारी संस्थाले निजगढ ५ स्थित श्री जनजागृति अधिरभुत विद्यालयलाई दुई थान सिलिङ पंखा सहयोग समेत गरेको छ । कार्यक्रममा निजगढ नगरपालिका ५ का वडा अध्यक्ष सुर्य बहादुर थापा मगर, बारा जिल्ला दुग्ध उत्पादक सहकारी संघका जिल्ला अध्यक्ष पुरुषोत्तम भट्टराई, संस्थाका व्यवस्थापक सौरभ अधिकारीलगाएतको उपस्तिथि रहेको थियो भने कार्यक्रमको सहजिकरण संस्थाका सचिब प्रकाश प्रसाद सापकोटाले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कोराला नाका सञ्चालनले व्यवसायी उत्साही

म्याग्दी, मुस्ताङको कोरला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु भएपछि गण्डकी र लुम्बिनी प्रदेशमा व्यवसायको नयाँ अवसर सिर्जना भएको व्यवसायीले बताएका छन् । तातोपानी र रसुवा नाका अवरूद्ध भएपछि नेपाली व्यापारीहरुले कोराला नाकाबाट मुस्ताङ, म्याग्दी हुँदै राजधानी काठमाडौँमा चिनियाँ सामग्री आयात, निर्यात गर्न...

मुख्यमन्त्री शाहद्वारा क्षतिग्रस्त संरचनाको अनुगमन

गोदावरी (कैलाली)।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ‘जेनजी’ आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएका भौतिक संरचनाको अनुगमन गर्नुभएको छ । उहाँले आज धनगढीस्थित प्रदेश मन्त्रालय तथा विभिन्न सरकारी कार्यालयमा पुगेर क्षतिको अवस्थाबारे अस्थलगत अवलोकन गर्नुभएको हो । त्यस क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ५९ पैसा र बिक्रीदर १४१ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ९४ पैसा...

कोराला नाका सञ्चालनले व्यवसायी उत्साही

म्याग्दी, मुस्ताङको कोरला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु भएपछि गण्डकी र लुम्बिनी प्रदेशमा व्यवसायको नयाँ अवसर सिर्जना भएको व्यवसायीले बताएका छन् । तातोपानी र रसुवा नाका अवरूद्ध भएपछि नेपाली व्यापारीहरुले कोराला नाकाबाट मुस्ताङ, म्याग्दी हुँदै राजधानी काठमाडौँमा चिनियाँ सामग्री आयात, निर्यात गर्न...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९