बर्दगोरिया धाममा माघी मेला २०८१ हुने

कैलाली । कैलालीको बर्दगोरियामा यसवर्ष पनि माघी मेला लाग्ने भएको छ । हरेक वर्षमा लाग्ने माघी मेलालाई यसवर्ष पनि निरन्तरता दिइएको हो । धार्मिक तथा पर्यटकीय क्षेत्र बर्दगोरिया धाममा मेला आयोजना गरिने बर्दगोरिया धार्मिक संरक्षण मञ्चले जनाएको छ ।

 

गाउँपालिकाको वडा नं.२ स्थित बर्दगोरिया धाममा आयोजना हुने मेलाका लागि बुधबार सरोकारवाला पक्षबीच छलफल गरिएको छ । माघी पर्वका असवरमा यहि पुष २७ गतेदेखि माघ २ गतेसम्म मेला सञ्चालन हुने भएको हो । यहाँ विगतका वर्षदेखि लाग्दै आएको माघी मेलामा यस पटक स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहनुका साथै धार्मिक महायज्ञ पुस २९ गतेदेखि माघ ६ गतेसम्म लगाइने भएको छ।

 

त्यस्तै, भारतको चर्चित नौटंकी नाच यस वर्ष नलगाइने मेला आयोजकले जानकारी दिएको छ । माघी मेलाको माध्यमबाट बर्दगोरिया धार्मिक क्षेत्रको विकास, प्रचारप्रसार र पहिचानको संरक्षणका साथै आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न माघी मेलाको आयोजना गरिएको मेला आयोजक मुल समितिका संयोजक तथा बर्दगोरिया धार्मिक संरक्षण मञ्चका अध्यक्ष जगराम चौधरीले बताए ।

 

बर्दगोरिया धाममा माघीमा परापूर्वकाल देखि नै ठूलो मेला लाग्ने गरेको छ । उनले भने , ‘विशेष त थारु जातिले नयाँ वर्षका रुपमा लिँदै आएको माघ महिनामा मेला कैलालीका विभिन्न क्षेत्र र बर्दियाका साथै भारतका तिकुनिया, शिंघाईबाट भक्तजनहरु मेला भर्न आउने गर्छन् । त्यस्तै, स्थानीय पर्यटकले मेला अवोलकन गर्न आउने गरेका छन् ।’

 

माघ १ गते थारु समुदायले माघी लहानका रुपमा बर्दगोरिया धार्मिक क्षेत्रमा रहेको ताल, पोखरीमा नुहाउने गर्छन् । ‘बर्दगोरिया धार्मिक क्षेत्रकै नामबाट बर्दगोरिया गाउँपालिकाको नामाङ्कन गरिएको हो ।’ बर्दगोरिया गाउँपालिका भित्रका पर्यटकीय क्षेत्र बर्दगोरिया धाम, पुरैना ताल, पिरुवा पिकनिक स्थलको मेलाको माध्यमबाट प्रचारप्रसारमा टेवा प्रचारप्रसार संयोजक लीलाराज शाहीले बताए ।

 

उनले परापूर्वकाल देखिको पौराणिक महत्व बोकेको कन्याराजाको दरबार, साईबाबा मन्दिर, शिव मन्दिर, कुवा, तथा पिरुवा, पुरैना ताल, रामजानकी मन्दिर, झरझरिया, ठाकुरद्वारा पिकनिक स्थलको पनि मेलामा प्रचारप्रसार गरिने उनले जानकारी दिए ।

 

मेलामा थारु समुदायका परिकार र कला संस्कृति र मौखिकता झल्काउने भेषभुषा र पंचे बाजासहितको, झाँकीहरु प्रदर्शन गरिने जनाइएको छ । बर्दगोरियामा हरेक वर्ष माघीका अवसरमा विभिन्न ठाउँबाट मेला भर्न तथा स्नान गर्न भक्तजन आउने गर्दछन् ।

 

यो दिन बर्दगोरियामा नुहाएर पूजा गर्नाले वर्षभरीको पाप काटिन्छ भन्ने जनविश्वास रही आएको छ । माघी मेलालाई सफल बनाउनका लागि आफुले सबै सहयोग गर्ने बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवर र वडा नं.२ का वडाध्यक्ष गोविन्द विकले बताए । बर्दगोरियामा माघमा लाग्ने माघी मेलाबाहेक कार्तिक, मंसिरमा लवाङ्गी पूजा, केदार पूजा, दसैँमा गङ्गा दशहरा, दीपावलीमा लक्ष्मी पूजा र भदौमा बोलबम कलश यात्रा हुने गरेको छ ।

 

करिब १८ हेक्टर क्षेत्रफल ओगटेको बर्दबाबा, कन्या राजा, रामजानकी मन्दिर, हनुमान गढी, ग्वालिन ठाकुर, मनिहारी नामका मुख्य मन्दिरका साथै दुई वटा शिवालय अग्नीकुण्ड तथा भक्तजनहरूलाई नुहाउनका लागि दुई वटा पोखरी रहेका छन् र अहिले फेरि बने तयारीमा रहेका छन् ।

 

बर्दगोरिया परिसरभित्र देवीदेउताले पानी पिउन प्रयोग गर्ने कुवा समेत रहेको विश्वास गरिन्छ । यो ठाउँमा पुरानो राजाको दरबार रहेको समेत अनुमान गरिएको छ । पुरानो राजाको दरबार रहेको र पछि राजाले सो दरबार छोडेर गएपछि दरबार भत्कीएर रहेका ईटाहरूबाट अहिलेका मन्दिरहरू निर्माण गरिएको हुन सक्ने अनुमान गरिए तापनि यो एकिन हुन नसकेको अधिकांश भक्तजनहरु बताउँछन् । छलफल कार्यक्रममा विभिन्न समाजसेवी,बुद्धिजीवी,सुरक्षाकर्मी, पत्रकार, भलभान्सा, भक्तजनहरूको बाक्लो उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पदीय मर्यादाअनुरूप काम नगर्नेलाई कारबाही

धनुषा,  मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई÷दुई  जनाको सम्मिलित आठ वटा टोली बनाएर मङ्गलबार र बुधबार छड्के अनुगमन गरिएको हो ।   अनुगमनका क्रममा मङ्गलबार ४८ र बुधबार २४ जना गरी ७२ जना कर्मचारी कारबाहीमा परेका...

पदीय मर्यादाअनुरूप काम नगर्नेलाई कारबाही

धनुषा,  मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई÷दुई  जनाको सम्मिलित आठ वटा टोली बनाएर मङ्गलबार र बुधबार छड्के अनुगमन गरिएको हो ।   अनुगमनका क्रममा मङ्गलबार ४८ र बुधबार २४ जना गरी ७२ जना कर्मचारी कारबाहीमा परेका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १४४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १६९...

ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध

वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार सिरियासहित थप सात देशका नागरिक र प्यालेस्टिनी प्राधिकरणका पासपोर्ट वाहकहरूलाई संयुक्त राज्य अमेरिका प्रवेशमा पूर्ण यात्रा प्रतिबन्ध लगाउने निर्णय गर्नुभएको छ । यस कदमसँगै राष्ट्रियताको आधारमा मात्र अमेरिका प्रवेशमा रोक लगाइएका देशहरूको सङ्ख्या करिब ४० पुगेको छ ।...

पदीय मर्यादाअनुरूप काम नगर्नेलाई कारबाही

धनुषा,  मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई÷दुई  जनाको सम्मिलित आठ वटा टोली बनाएर मङ्गलबार र बुधबार छड्के अनुगमन गरिएको हो ।   अनुगमनका क्रममा मङ्गलबार ४८ र बुधबार २४ जना गरी ७२ जना कर्मचारी कारबाहीमा परेका...

‘मतदाता नामावलीमा ९९३ जनाको नाम दोहोरिएको पाइयो’

नेपालगञ्ज,  बाँकेमा ९९३ जनाको फोटोसहितको मतदाता नामावलीमा दोहोरो नाम फेला परेको छ । जिल्लाका नेपालगञ्ज उपमहानगरपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा मतदाता नामावलीमा दोहोरो नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय, बाँकेका प्रमुख टेकबहादुर शाहीले जानकारी दिनुभयो । उहाँले त्यसमध्ये सबैभन्दा बढी नेपालगञ्जको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–१ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।   संस्थाकी अध्यक्ष कल्पना थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मोहन्याल गाउँपालिका–१ का वडा अध्यक्ष पिरम बुढा (प्रेम) रहनुभएको थियो। विशिष्ट अतिथिमा सव–डिभिजन वन कार्यालय फलेबीसौंनाका वन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण

महेन्द्रनगर (धनुषा),  जापान सरकारको आर्थिक सहयोगमा धनुषामा दुई वटा सामुदायिक विद्यालयको भूकम्प प्रतिरोधात्मक एवं सुविधासम्पन्न भवन निर्माण भएकोे छ । प्लान इन्टनेसनल नेपाल तथा आसमान नेपालको सहकार्यमा सञ्चालित शिक्षा परियोजनाअन्तर्गत सो विद्यालयको भवन निर्माण गरिएको हो ।   विदेह नगरपालिका–५ स्थित आधारभूत विद्यालय मुडिवामा रु ९४...

महोत्तरीमा पुस ४ देखि एक महिने निःशुल्क बृहत् स्वास्थ्य शिविर आयोजना हुँदै

जलेश्वर (महोत्तरी),  महोत्तरीमा यही पुस ४ गतेदेखि एक महिने  परिवार व्यवस्थापन स्वास्थ्य शिविर ( स्थायी बन्ध्याकरण शिविर)  सुरुआत हुने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयद्वारा सुनौलो परिवार नेपालको आर्थिक एवं प्राविधिक सहयोगमा सञ्चालन हुने सो निःशुल्क शिविरमा जिल्लाका १५ वटै पालिकाका विभिन्न ११ स्थानमा...

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई जितका लागि १२५ रनको लक्ष्य दिएको छ । दुबईमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १२४ रनमा अलआउट भयो ।   नेपालका लागि दिलसाद अलीले सर्वाधिक...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९