को हुन् नेपाल प्रहरीको नयाँ आइजिपीमा दीपक थापा?

काठमाडौं – नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) पदमा दीपक थापा नियुक्त भएका छन्।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) रहेका थापालाई आइजिपी नियुक्त गरेको हो। यसअघिका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको कार्यकाल सोमबार राति सकिँदै थियो। कुँवरको कार्यकाल सकिनुअघि सरकारले थापालाई नयाँ नेतृत्वका रूपमा चयन गरेको हो।थापाका प्रतिस्पर्धीको रूपमा एआइजीद्वय टेकबहादुर तामाङ र सुदीप गिरी थिए। दुई प्रतिस्पर्धीभन्दा वरिष्ठतामा अगाडि रहेकाले थापालाई सरकारले प्रहरी महानिरीक्षक बनाएको हो।

 

 

थापा २०२८ मंसिर ८ गते, सूर्यवनायक नगरपालिका-८ सिपाडोल, भक्तपुरमा जन्मदिएका थिए। उनी २औ५२ साल भदौ १९ गते प्रहरी निरीक्षक बनेका थिए।उनी २०६३ साल भदौ ८ गते प्रहरी नायब उपरीक्षक बनेका थिए। २०७२ साउन ८ गते प्रहरी उपरीक्षक बनेका थापा २०७५ चैत ६ गते प्रहरी वरिष्ठ उपरीक्षक भए।२०७९ असार १७ गते प्रहरी नायब महानिरीक्षक बनेका थापा त्यही वर्ष चैत ६ गते प्रहरी अतिरिक महानिरीक्षक भएका थिए।नेपाल प्रहरीको विभिन्न निकायमा काम गरिसकेका थापा अहिले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रमुख छन्।

 

 

उनले कानुनमा एलएलबी, राजनीति शास्त्रमा एमए र जनप्रशासनमा एमपिए गरेका छन्। उनी नेपाल प्रहरी प्रधान कार्यालय प्रबन्ध निर्देशनालय, प्रशासन विभाग र काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुखसमेत भइसकेका छन्।साथै, उनले बागमती प्रदेश प्रहरी कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय,  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, तथा विभिन्न जिल्ला प्रहरी कार्यालयहरूमा काम गरेका छन्।थापाले संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत सुडान र लाइबेरियामा पनि सेवा गरिसकेका छन्।

 

 

थापा प्रहरी संगठनको विद्यमान ३० वर्षे सेवा अवधि अनुसार ६ महिना प्रहरी महानिरीक्षकको कुर्सीमा हुनेछन्। तर, गृह मन्त्रालयले प्रहरी सम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता गरेको छ। उक्त विधेयक कार्यान्वयनमा आएको खण्डमा थापाको कार्यकाल छ महिना थपिने छ।  थापा राजनीतिक सन्तुलन मिलाएर कार्यसम्पादन गर्ने छवि बनाएका अधिकृत भनेर चिनिन्छन्। उनी आक्रामक प्रहरी अधिकृत पनि हुन्। थापालाई मंगलबार गृह मन्त्रालयमा दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्ने कार्यक्रम छ। सो कार्यक्रम सकिएपछि थापा प्रहरी प्रधान कार्यालयमा पुगेर कार्यभार सम्हाल्ने छन्।

 

 

कुँवरले दुई वर्ष लामो कार्यकालमा धेरै काम गरे पनि सरुवा-बढुवाजस्ता महत्वपूर्ण कार्यहरूमा राजनीतिक शक्तिकेन्द्रसँग नतमस्तक भएको आरोप खेपेका थिए। छ महिनाको छोटो कार्यकालमा थापाले प्रहरी संगठनलाई कुन बाटोमा डोर्‍याउँछन् हेर्न बाँकी छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ५८ अर्ब नाघ्यो

काठमाडौँ,  तिर्न बाँकी सरकारी ऋण साढे २८ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको गत माघ मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुुसार चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण रु २६ खर्ब ७४ अर्ब चार करोड रहेकामा माघ मसान्तसम्ममा रु एक खर्ब ८४...

चीनबाट प्राप्त सहयोगप्रति प्रधानमन्त्रीद्वारा कृतज्ञता व्यक्त

काठमाडौँ, प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा उहाँहरूबीच नेपाल–चीन सम्बन्धका विविध पक्षबारे विचारविमर्श भएको थियो ।   प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री कार्कीले राजदूत चाङलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो । साथै...

पेट्रोलियम पदार्थको बिक्रीमा रोक

मान्म (कालीकोट),  प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जथाभावी पेट्रोलियम पदार्थ बिक्रीमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालयले पेट्रोलियम पदार्थको खुला बिक्रीवितरणमा रोक लगाएको हो ।   निर्वाचन अवधिभर पेट्रोल, डिजेल र मट्टितेललगायत पेट्रोलियम पदार्थ बोतल, जर्किन वा अन्य खुला...

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी (अमेरिका),  अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको कानुन र विधिसम्मत गतिविधि गर्न यहाँस्थित राजदूतावासले अपिल गरेको छ । बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिका सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेका...

सवारी दुर्घटनामा दुई जनाको मृत्यु, विभिन्न स्थानमा चार जना मृत भेटिए

काठमाडौँ,  गोरखा र सुनसरीमा आज भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने काठमाडौँ, दाङ, मोरङ र काभ्रेमा चार जना मृत फेला परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीको इटहरी नगरपालिका–१० मा आज अपराह्न टिपरले मोटरसाइकललाई ठक्कर दिँदा सो स्थानका अजयकुमार...

निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू गरेमा कारबाही गर्न आयोगको अनुरोध

काठमाडौँ,  निर्वाचन आयोगले निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू हुन नदिने र कहीँ कतै भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गरी आयोगमा जानकारी गराउन गृह मन्त्रालायलाई अनुरोध गरेको छ ।   आयोगले विज्ञप्ति जारी गरी यही फागुन १८ गते राति १२ः०० बजेदेखि लागू हुने निर्वाचन प्रचारप्रसार...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

शान्ति माध्यमिक विद्यालयको ३६ औँ अभिभावक दिवस तथा प्रथम वार्षिकोत्सव समारोह सम्पन्न

कैलाली। कैलाली जिल्ला स्थित शान्ति माध्यमिक विद्यालय मोहन्याल गाउँपालिका वडा नं ३ फलेबिसौनाको ३६ औँ अभिभावक दिवस तथा प्रथम वार्षिक उत्सव समारोह सम्पन्न भएको छ ।   विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर गिरीको सभापतित्वमा सुरु भएको कार्यक्रममा मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय ‘हिमशिखर’ प्रमुख अतिथि रहनुभएको...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शान्ति माध्यमिक विद्यालयको ३६ औँ अभिभावक दिवस तथा प्रथम वार्षिकोत्सव समारोह सम्पन्न

कैलाली। कैलाली जिल्ला स्थित शान्ति माध्यमिक विद्यालय मोहन्याल गाउँपालिका वडा नं ३ फलेबिसौनाको ३६ औँ अभिभावक दिवस तथा प्रथम वार्षिक उत्सव समारोह सम्पन्न भएको छ ।   विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर गिरीको सभापतित्वमा सुरु भएको कार्यक्रममा मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय ‘हिमशिखर’ प्रमुख अतिथि रहनुभएको...

सुदूरपश्चिममा डेङ्गुबाट तीन वर्षमा सात हजारभन्दा बढी प्रभावित

कञ्चनपुर,  सुदूरपश्चिम प्रदेशमा डेङ्गु सङ्क्रमणको जोखिम अझै चुनौतीपूर्ण देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्क अनुसार विगत तीन आर्थिक वर्षमा प्रदेशभर डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या सात हजार ६८३ रहेको छ ।   स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग अधिकृत हेमराज जोशीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिममा तीन...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९