काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजेका लागि बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोग र मुस्लिम आयोगको छैटौं बार्षिक प्रतिबेदन, २०८०÷८१ पेश गर्नेछन् । सस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्रिप्रसाद पाण्डेले ‘नेपाल हवाइ सेवा प्राधिकरण बिधेयक, २०८१ तथा ‘नेपाल नागरिक उडडयन प्राधिकरण बिधेयक, २०८१’ माथी बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।उता, उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलले ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संसोधन) बिधेयक, २०८० माथी राष्ट्रियसभावाट भएको संसोधन माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन भने शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री बिधा भट्टराईले ‘शिक्षा स्वास्थ्य तथा सुचना प्रबिधि समितिको प्रतिबेदनसहित दशरथ चन्द स्वास्थ्य बिज्ञान विश्वबिधालय, २०८० माथी छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नु हुने तथा सो बिधेयक पारित गराउने प्रस्ताव गर्नेछन् । र, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले ‘पुर्वाधार विकास समितिको प्रतिबेदनसहितको जलस्रोत बिधेयक, २०८१ माथी छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र सो बिधेयकलाइ पारित गराउने प्रस्ताव गर्नेछन् । 





























































































































































