
कैलाली । हेमा श्री फाउन्डेसन नेपाल द्वारा आफ्नो प्रथम स्थापना दिवस मनाउँदै छाता बितरण गरेको छ।
स्थापना दिवसको अवसरमा फाउन्डेसनले अशक्त, जेष्ठ नागरिक ५० जनालाई छाता प्रदान गरिएको थियो।
संस्थाका कार्यबाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे) को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि गौरीगंगा नगरपालिका नगर उप प्रमुख भोज बहादुर बम बिशिस्ट अतिथी वडा नं-६, वडा अध्यक्ष टेक बहादुर कुँवर रहनु भएको थियो। सो कार्यक्रममा बोल्दै नगर उप प्रमुख बमले असक्त, एकल घर परिवारका सदस्य तथा जेष्ठ नागरिकहरुलाई छाता हस्तान्तरण गर्दै फाउन्डेसनले दिन दुखीहरुको सारथीको रुपमा काम गर्दै धैरै ठाउँमा समेत गएर फाउन्डेसन बाट सामाजिक सेवाको कार्य हुनु सुखद भएको र झन् जेष्ठ नागरिकहरुलाई छाता उपलब्ध गराईनु प्रंशसनिय काम गरेको बताउनु भयो।
फाउन्डेसनले पिडामा रहेका नेपालीहरु लाई सहयोग गर्दै आएको छ। फाउन्डेसनले पढ्न नपाएका असहाय बालबालिका, उपचार नपाएका ब्यक्तीहरु, मृगौला पिडितहरु लाई सहयोग गर्दै आएको फाउन्डेसनका कार्यबाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे) ले जानकारी दिनु भएको छ।
सो कार्यक्रममा अमर मा.बि अध्यक्ष दान बहादुर कुँवर, भैरव प्रा.बि.शिक्षिका भगवती बडैला, दृस्टी ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष वीर बहादुर शाह, न्यु त्रिपूरा ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष करन खडका, कैलाली भिजन स्कुल ध्वज बोगटी, फाउन्डेसनका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो।
नि:शुल्क छाता पाएपछी जेष्ठ नागरिकहरु खुशी हुँदै फाउन्डेसन लाई धन्यवाद ब्यक्त गरेका छन। फाउन्डेसनका कोषाध्यक्ष लक्ष्मी बोगटी कुँवरको स्वागत मन्तव्य ब्यक्त गर्नु भएको कार्यक्रमको संचालन फाउन्डेसनका सचिब चक्रजित रावलले गर्नु भएको थियो।