सगरमाथा संबादका लागि भारतले दियो नेपाललाई १५ बिधुतीय सवारी साधान

काठमाडौं । भारतले नेपाललाई १५ वटा बिधुतीय सवारी साधान प्रदान गरेको छ।मित्रता र सद्भावनाको संकेतस्वरूप नेपालका लागि भारतीय राजदूत श्री नवीन श्रीवास्तवले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई १५ वटा विद्युतीय सवारी साधन हस्तान्तरण गरेका हुन ।उपहारस्वरूप प्राप्त यी सवारी साधनहरूले सरकारले जेठ २–४ गतेसम्म काठमाडौँमा आयोजना गर्न लागेको नेपालमा ‘सगरमाथा संवाद’को पहिलो संस्करण सफलतापूर्वक आयोजना गर्न सहयोग गर्ने भारतीय दुतावासले विश्वास ब्यक्त गरेको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१