जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

संखुवासभा। जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् ।खाँदबारी नगरपालिका–१ रेडक्रस मार्ग बस्ने ५३ वर्षीय राजेन्द्र कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा कार्की समेत ५ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८१ हजार ५ सय ७० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?