नेपालमा पहिरोजन्य प्रकोपलाई कसरी न्यूनीकरण गर्ने?

नेपाल सक्रिय टेक्टोनिक गतिविधिको क्षेत्रमा परेको कारण बारम्बारको भूकम्पको धक्काबाट जमिनको सतहको चट्टानहरू खुकुलो हुँदै जाने र विशेष गरी मनसुनको समयमा ती खुकुलो भएका सतहका पदार्थहरू सहजै बगेर जान सक्ने हुनाले नेपालमा पहिरो जाने सम्भावना बढी हुन्छ।

 

– प्रकाश रेग्मी

पृष्ठभूमि

नेपालमा मनसुन मौसम सामान्यतया जुन महिनाको मध्यतिर सुरू हुन्छ र सेप्टेम्बरसम्म जारी रहन्छ। सबैभन्दा धेरै वर्षा सामान्यतया जुलाई र अगस्टमा हुन्छ। नेपाली मिति अनुसार असार, साउन र भदौ महिनालाई वर्षायाम भनेर मानिन्छ। गत वर्ष असार महिनाको सुरूमै नारायणघाट-मुग्लिङ सडक खण्डको धेरै ठाउँमा पहिरो जाँदा धेरै यात्रुहरूले समस्या भोग्नु परेको थियो। असार २८ गते शुक्रबार  नारायणघाट-मुग्लिङ सडक खण्डको सिमलतालमा रातिको ३:३० बजे गएको पहिरोमा परी दुई यात्रुबाहक बस पहिरोले बगाएर त्रिशूली नदीमा खस्दा कम्तीमा ६० जना बेपत्ता भएका थिए। त्यस कहालीलाग्दो घटनाको वार्षिकी हुँदै गर्दा मेरो ध्यान त्यस काहाली लाग्दो घटनाले आकर्षण गर्‍यो।

 

 

पहिरो एक पृथ्वीको सतहमा हुने भौगर्भिक प्राकृतिक घटना हो। यसमा पृथ्वीमा विध्यमान चुम्बकीय शक्तिको कारण धरातलीय ढलानबाट पृथ्वीको सतहमा रहेका पदार्थहरू माथिबाट तलतिर सर्दछन्। यसले गर्दा वर्तमानमा रहिआएको धरातलीय सन्तुलनमा परिवर्तन हुन्छ। उक्त धरातलमा आएको अकस्मातको परिवर्तनलाई स्थानीय बासिन्दाले सहजै व्यवस्थापन गर्न सक्छन् भने त्यो पहिरो एक भौगोलिक घटनाको रूपमा मात्र व्याख्या गरिन्छ। तर त्यो पहिरोको व्यवस्थापन गर्न बाहिरी सहयोगको आवश्यकता पर्छ भने त्यो पहिरोलाई पहिरो प्रकोपको रूपमा व्याख्या गरिन्छ। यसरी नेपालमा पहिरो प्रकोपका घटना प्रसस्तै हुने गरेका छन्, जसलाई मनसुनको समयमा हुने वर्षाको ढाँचाले प्रमुख भूमिका खेल्दछ।

यस वर्ष २०८२ मा नेपालमा वर्षातको सुरूवात औसत आगमन समयअगावै आउन सक्ने र यस वर्ष वार्षिक औसत वर्षाभन्दा बढी वर्षा हुने प्रक्षेपण पनि नेपाल र भारतका मौसम विज्ञान विभागहरूले गरेका छन्।

नेपालको धरातलीय स्वरुप र पहिरोका कारणहरू

नेपाल सक्रिय टेक्टोनिक गतिविधिको क्षेत्रमा परेको कारण बारम्बारको भूकम्पको धक्काबाट जमिनको सतहको चट्टानहरू खुकुलो हुँदै जाने र विशेष गरी मनसुनको समयमा ती खुकुलो भएका सतहका पदार्थहरू सहजै बगेर जान सक्ने हुनाले नेपालमा पहिरो जाने सम्भावना बढी हुन्छ। यसले गर्दा मनसुनको समयमा नेपालमा प्रशस्त मात्रामा हुने पहिरोका घटनाबाट उल्लेखनीय रूपमा मानव ज्यान र मानव निर्मित पूर्वाधारमा क्षति पुर्‍याउने गर्दछ।

 

वर्तमानमा भइरहेको बढ्दो बायुमण्डलीय तापक्रमको कारण हिमाली क्षेत्रको हिउँ पग्लने क्रम पनि तीब्र छ। पानी जमेर कडा बरफ़ बन्दा १० प्रतिशतसम्म यसको आयतन बढ्न जान्छ र पग्लदा १० प्रतिशतसम्म आयतन घट्दछ। यसैकारण हिमालय क्षेत्रमा बाराम्बारका हिउँ जम्ने र पग्लिने क्रमको तीब्रताले सतहको चट्टानहरूलाई खुकुलो बनाउन मद्दत पुर्‍याउँछ र वर्षा नहुँदा पनि सुख्खा पहिरोका घटनाहरू हुने गर्दछन्। त्यसैले, मनसुनको समयमा थोरै वर्षा हुँदा पनि धेरै पहिरोका घटनाहरू हुने गरेका छन्।

 

 

हिमाली भागभन्दा तलतिर रहेको पहाडी भागमा बढ्दै गएको भूमि उपयोगको चापले गर्दा अव्यवस्थित भू-उपयोगका अभ्यासहरू हुने गरेका छन्। वन सम्पदामा बढ्दो चाप, बढी ढलानका क्षेत्रहरूमा पनि मानवीय क्रियाकलाप, नदी किनारी क्षेत्रहरूमा थप मानविय क्रियाकलापले गर्दा अतिरिक्त पहिरोका घटनाहरू हुने गरेका छन्।

 

 

२०५१ सालमा नेपालमा ‘आफ्नो गाउँ आफैं बनाऊँ’ भन्ने नारा आयो। त्यसपछि मात्र स्थानीय तहमा व्यापक रुपमा बाटो खन्ने काममा तीब्रता आएको हो। स्थानीय तहमा रहेको न्यून प्राविधिक क्षमता, स्थानीय बासिन्दाहरूको स्वार्थ र जनप्रतिनिधिको दूरदर्शीताको कमीको कारण जथाभावी बाटो खन्ने काम आज पनि कायम छ। खुकुलो र भिरालो धरातलमा जथाभावी बाटो खन्ने कामका कारणले पनि नेपालमा पहिरोको जोखिमलाई बढाएको छ।

 

 

नेपालमा पहिरोबाट भएका क्षतिहरू

नेपालको भूगोल, हावापानी र कमजोर किसिमले निर्माण गरिएका पूर्वाधारहरूका कारण तथा पहिरो प्रवण क्षेत्रमा पनि मानवीय संरचना बनाउने परिपाटीका कारण नेपालमा अन्य देशहरूको तुलनामा धेरै पहिरोका घटनाबाट आर्थिक तथा मानवीय क्षति हुने गरेको छ। हिमाली र पहाडी भेगमा मनसुनको समयमा भारी वर्षा हुने हुनाले पहिरोको जोखिम बढी हुने गरेको छ।   पहिरोका कारण नेपालमा वर्षेनी धेरै मानिस हरुको ज्यान जाने गरेको छ। गएको वर्ष २०२४ को सेप्टेम्बर महिनामा मात्र २२४ जनाको ज्यान गएको थियो भने १२०० घरहरू नष्ट भएका थिए।

 

 

यस लेख तयार पार्ने क्रममा तथ्याङ्कको लागि संयुक्त राष्ट्र संघको प्रकोप सम्बन्धी तथ्याङ्क संकलन र भण्डारण गर्ने निकाय ‘डेसिनभेन्टर’ र नेपाल सरकारको विपद् जोखिम न्यूनीकरण पोर्टलका तथ्याङ्कलाई आधार बनाइएको छ। विगत ४८ वर्ष (सन् १९७१ देखि सन् २०१९ सम्म) अवधीको पहिरो प्रकोपको छोटो विवेचना गरिएको छ।

 

 

उत्तरपट्टी रहेको नेपालको मध्य भागमा पर्ने हिमालय क्षेत्र र पूर्वी भागको हिमाली क्षेत्रहरूमा बढी मात्रामा पहिरोका घटनाहरू रेकर्ड भएको देखिन्छ। यी क्षेत्रहरू पश्चिमी हिमाली क्षेत्रहरू भन्दा बढी मानव बसोबास भएका क्षेत्रहरू हुन। पश्चिमी हिमाली क्षेत्र हरुमा तुलनात्मक रुपमा कम पहिरोका घटनाहरू देखिन्छन्। मध्य पहाडी क्षेत्रमा अत्यधिक पहिरोका घटनाहरू रेकर्ड भएका छन्।

 

 

नेपालको हिमाली र पहाडी क्षेत्र पहिरो प्रकोपको पर्यायवाचीजस्तै बनेका छन्। प्रत्येक वर्ष ती क्षेत्रहरूमा ठूलो मात्रामा धनजनको क्षति हुने गरेको छ। यसरी विगत ४८ वर्षको अवधिमा जम्मा ४५१९ पहिरोका घटना रेकर्ड भएका छन्। ती घटनाहरू मध्य पहाडी भागका जिल्लाहरूमा  अत्यधिक छन्। मध्य पहाडी भागमा पर्ने धादिङ जिल्लामा सबैभन्दा बढी (१८९ घटना) पहिरो प्रकोपको घटना रेकर्ड गरिएका छन्। त्यसपछि क्रमश: सिन्धुपाल्चोक (१५६ घटना), मकवानपुर (१४३ घटना), काभ्रेपलान्चोक (१४२ घटना) र बागलुङ (१३८ घटना) रहेका छन्। पहिरो प्रकोपको कारण सोही अवधिमा जम्मा ३८२९ जनाको ज्यान गुमेको रेकर्ड छ। बढी मानव क्षति हुने जिल्लाहरू क्रमश: मकवानपुर (२९५ जना), सिन्धुपाल्चोक (२७१ जना), धादिङ (२०१ जना), कास्की (१८९ जना) र ताप्लेजुङ (१८६ जना) रहेका छन्।

 

 

सिन्धुपाल्चोक जिल्लाको जुरे गाउँमा सन् २०१४ अगस्ट २ मा गएको  पहिरोलाई आजसम्मको सबै भन्दा ठूलो पहिरो मानिएको छ। त्यस पहिरोबाट सुनकोशी नदी अवरूद्ध भई कृत्रिम ताल समेत बनेको थियो। यस पहिरोमा परी १५६ जनाको ज्यान गएको थियो।

 

 

नेपालमा पहिरोको प्रकोप न्यूनीकरणका उपायहरू

पहिरोबाट सिर्जित प्रकोपहरूबाट हुने क्षति न्यूनीकरण गर्न दुई किसिमले सकिन्छ। (१) पहिरोका संख्या घटाउने कार्य र (२) पहिरो प्रवण क्षेत्रमा रहेका संरचनाहरूलाई स्थान्तरण गर्ने।

१. (क) पहिरोका संख्या कम गर्न जमिनको सतहको ढलानको ज्यामिती परिमार्जन गर्ने अर्थात् विद्यमानमा रहेको जमिनको भिरालोपनको मात्रालाई कम भिरालो बनाउने

(ख) ती नयाँ निर्मित सतहमा दुबोजस्ता माटोलाई बिरुवाको जराले बेस्सरी समात्ने खालका झारहरू लगाउने

(ग) चट्टानका जोर्नीहरू र दरारहरू ग्राउट गर्ने अर्थात चट्टानको छिद्रहरूमा विशेष रूपमा तयार पारिएको सिमेन्टमा आधारित मिश्रणहरू जमिनमा इन्जेक्सन गर्ने

(घ) जमिनको सतह र सतहमुनिको पानीको निकासलाई मार्गबद्ध गर्ने

(ङ) रिटेनिङ भित्ताहरूको निर्माण गर्ने

(च) वैज्ञानिक अनुसन्धान बिना जताभावी भिरालो जमिनमा संरचनाहरू जस्तै: घर, गोठ, बाटो, नहर तथा कुलो निर्माणमा रोक लगाउने।

२. यसअगाडि नै बनिसकेका संरचनाका हकमा भने कसरी पहिरोको प्रकोपबाट क्षति कम गर्ने भन्ने आफ्नो निजी विचार यस प्रकार छ।

यस लेख लेख्ने क्रममा सेटलाइटबाट प्राप्त हुन सक्ने सूचनाको आधारमा सानो शोध कार्य गरिएको छ। यो शोध कार्य ८ वटा सूचकहरू (भूमि उपयोग, माटोको प्रकार, जमिनको ढलान, भूविज्ञान, सतहको नरमपन सूचकांक, वर्षा, नदीको घनत्व र नदी दुरी) को प्रयोग गरेर गरिएको हो। यसका लागि अमेरिकी वातावरणीय प्रणाली अनुसन्धान संस्थानले विकास गरेको सफ्टवेयर (जिआइएस) प्रयोग गरेर गरिएको छ।

चितवन जिल्लामा पर्ने ऋद्धि खोला (काली खोला) को जलाधार क्षेत्रभित्र पर्ने १४० वर्ग किलोमिटरको क्षेत्रभित्र जम्मा ०.५७  वर्ग किलोमिटर भूमि पहिरोको हिसाबले अति उच्च जोखिममा रहेको पाइयो। ६.५४ वर्ग किलोमिटर मध्यम जोखिम र ६.३८ वर्ग किलोमिटर कम जोखिममा रहेको पाइयो।

 

 

यसै क्षेत्र अन्तर्गत पर्ने नारायणघाट-मुग्लिन राजमार्गमा १८ वटा अति जोखिमका क्षेत्र पहिचान भएका छन्। ती ठाउँ नारायणघाटको पुल्चोकबाट क्रमश: १२.८, १८.६, १८.८, १९.०, १९.४, २०.६, २१.७, २२.२, २५.१, २७.३, २९.५, ३३.२, ३४.२, ३४.७, ३५.५, ३६.०, ३६.२ र ३६.८ किलोमिटरको दुरीमा रहेका छन्। यस जलाधार क्षेत्रभित्र २२४ वटा मानव संरचना (घर, गोठ, झुप्रा) पहिरोको सम्भावना क्षेत्रमा रहेको पाइयो।यसरी पहिरो पहिचान भइसकेका क्षेत्रहरूमा राजमार्गको हकमा पहिरो जोखिममा रहेका स्थानका बीच-बिचमा एक्साभेटरको तैनाथी गरी आवश्यक पर्दाको बखतमा प्रयोग गरी छिटो छरितो किसिमले पहिरो पन्छाउने र सवारी साधनको सहज आवागमन गराउने गर्न सकिन्छ।इच्छाकामना पालिकाका वडा नम्बर ५ र ६ , भरतपुर भरतपुर महानगरपालिकाका वडा नम्बर २९ का पहिरो प्रवर्ण क्षेत्रमा परेका जम्मा २२४ मानव निर्मित संरचना (घर, गोठ र झुप्रा )हरूको हकमा सम्बन्धित पालिकाहरूले पहिरो प्रवण क्षेत्रका संरचनाहरूलाई सुरक्षित स्थानमा स्थनान्तरण गर्न, बिज पुँजीको व्यवस्था गरी सम्बन्धित घरहरूलाई सुरक्षित स्थानमा स्थनान्तरण गर्न, सार्वजनिक निजी साझेदारीको धारणा बमोजिम लागत साझेदारी गरी सहज र कम खर्चमा गर्न सकिने कुरा राख्न चाहन्छु। 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर

नेपालगन्ज (बाँके),  निर्वाचन आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले लोकतन्त्रको आत्मा भनेकै स्वच्छ, स्वतन्त्र, निष्पक्ष, समावेशी, विश्वशनीय निर्वाचन भएको बताउनुभएको छ । मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश, जिल्ला निर्वाचन अधिकारीका लागि निर्वाचन व्यवस्थापनसम्बन्धी दुईदिने अभिमुखीकरणको आज यहाँ समापन गर्दै उहाँले संविधानले सुनिश्चित गरेको सार्वभौमसत्ता...

सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ,  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुशासन कार्यान्वयन गर्न धेरै खर्च नगरी सानै पहलमा पनि सुरुआत गर्न सकिने बताउनुभएको छ ।उहाँले जेनजीको मुख्यमाग भनेकै सुशासन र भ्रष्टाचारविरुद्ध रहेको बताउँदै सबैले हरेक तहबाट राम्रो कामका थालनी गर्नुपर्ने बताउनुभयो । जिल्ला प्रशासन कार्यालय काठमाडौँमा आज...

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौँ,  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ९० अङ्कले बढेर दुई हजार ६३९ दशमलव ९१ को बिन्दुमा कायम भएको छ ।आज ३४९ कम्पनीको एक करोड ३६ लाख २४ हजार ८२४ कित्ता सेयर ७७ हजार...

राष्ट्रसङ्घका निकायबाट बाहिरिने अमेरिकी निर्णयप्रति राष्ट्रसङ्घ चिन्तित

न्युयोर्क, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणा माथि खेद जनाउदै चिन्ता व्यक्त गर्नु भएको छ । विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले महासभाले स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्तिरक्षा बजेटमा...

दशौँ राष्ट्रिय खेलकुदको पूर्वतयारी छिटो गर्न मुख्यमन्त्रीको आग्रह

काँक्रेविहार (सुर्खेत), कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सङ्घीय सरकारले आफ्नो पूर्वतयारी छिटो गर्न आग्रह गर्नुभएको छ ।युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, वन तथा वातावरण, भौतिक पूर्वाधारमन्त्री माधवप्रसाद चौलागाईँसहितको प्रतिनिधिमण्डलसँग आज सुर्खेतमा भएको छलफलमा मुख्यमन्त्री कँडेलले प्रतियोगिताको मितिमात्र तोकेर नहुने,...

डिभिजन वन कार्यालयद्वारा सालका काठ बरामद

कैलाली,  डिभिजन वन कार्यालयले जिल्लाका विभिन्न स्थानबाट ५३१.४८ क्युफिट सालका चिरान काठ बरामद गरेको छ । वरिष्ठ डिभिजन वन अधिकृत रामविचारी ठाकुरका अनसार कार्यालय तथा मातहतका निकायबाट वन गस्ती गर्ने क्रममा एक महिनामा अवैध तवरले काटिएका ती सालका चिरान काठ बरामद गरेको हो ।...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

गण्डकीमा मातृ स्वास्थ्यमा सुधार

गण्डकी,  नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षणको पछिल्लो प्रतिवेदनअनुसार गण्डकी प्रदेशमा संस्थागत प्रसूतिदर ८९ प्रतिशत छ । जुन राष्ट्रिय औसत ७९ प्रतिशतभन्दा बढी हो । सरकारले सन् २०३० सम्ममा संस्थागत प्रसूतिको दर ९० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । यसअनुसार गण्डकी प्रदेश उक्त लक्ष्यको नजिक रहेको...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

शिवशक्ति ग्रामीण विद्युत् सहकारीको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेपछि स्थगित

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डा तथा खैरेनी क्षेत्रमा अवस्थित शिवशक्ति ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेका कारण स्थगित गरिएको छ।   संस्थाले २०८२ साल नौ महिना २९ गतेका लागि वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गर्दै कुल...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

९८ वर्षीय उजिरद्वारा विद्यालयमा खानेपानीको धारा निर्माण

टक्सार (भोजपुर),  भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित एक विद्यालयमा खानेपानीको धारा निर्माण गर्नुभएको छ । भोजपुर–८ पोखरेका प्रधानले श्रीमती रुपछिमीको स्मृतिमा रु दुई लाख खर्च गरेर स्थानीय सरस्वती आधारभूत विद्यालयमा पाँचवटा खानेपानीको धारा निर्माण गर्नुका साथै पाँच हजार लिटर क्षमताको...

आलेखः सावधान ! चुरोटभन्दा हानिकारक हुक्का

काठमाडौँ,  तपाईँ कतै हुक्काको नियमित सेवन त गरिरहनुभएको छैन वा हुक्का सुर्तीजन्य पदार्थबाट बनेको होइन, पानीको वाफको धुवाँ भनेर त तपाईँले खाइरहनुभएको त छैन । यदि त्यो हो भने तपाईँले पानीको वाफ भनेर सेवन गर्ने हुक्का चुरोटभन्दा हानिकारक हुन्छ । र सुर्तीजन्य पदार्थलाई पानी...

प्रधानमन्त्री कप क्रिकेटको जिल्लास्तरीय छनोट सञ्चालन गर्न निर्देशन

बैतडी,  प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटको सुदूरपश्चिम प्रदेशको जिल्लास्तरीय छनोट प्रतियोगिता सञ्चालन गर्न निर्देशन दिइएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टका अनुसार जिल्ला छनोट प्रतियोगिता आज देखि आगामी माघ ११ गतेसम्म सम्पन्न गर्न सबै जिल्लाहरूलाई निर्देशन दिइएको हो । जिल्ला छनोट...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९