Baigyanik Media

Advertisement

Skip Ad

मेयरका श्रीमानको कारण फतुवा विजयपुरको नगर सभा अन्योलमा

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकामा राजनीतिक नेतृत्वको कमजोरी र व्यक्तिगत स्वार्थका कारण नगरसभा अन्यौलमा परेको छ।स्थानीय सरकार सञ्चालन ऐनअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र नगर सभा सम्पन्न गर्नुपर्ने प्रावधान रहे पनि चालू आर्थिक वर्ष २०८२र८३ को नगर सभा अझै हुन सकेको छैन,। समयमा नगरसभा नहुनुले नगरको समग्र प्रशासनिक र विकासात्मक कार्य प्रभावित पारेको छ।

 

 

पटक–पटक मिति तय गर्दा पनि नगर सभा हुन नसक्नुको प्रमुख कारण राजनीतिक विवाद र बजेटको बाँडफाँटमा असहमति देखिएको हो। वडास्तरीय योजना तथा प्राथमिकता अनुसार विषयगत समितिमा योजना पुग्न नसक्दा बजेट निर्माण प्रक्रिया थला परेको छ। वार्षिक योजना भन्दा बाहिरका केही योजनाहरूलाई व्यक्तिको हितअनुसार पुनः बजेटमा समावेश गर्ने प्रयास भएपछि विवाद गहिरिँदै गएको हो।

 

प्रमुख प्रशासकीय अधिकृत भरतप्रसाद यादवका अनुसार वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरू नगरसभा गर्न तयार भए तापनि कार्यवाहक मेयर अम्बेया खातुनका श्रीमान् मोहम्मद सेराजको हस्तक्षेपका कारण प्रक्रिया अघि बढ्न सकेको छैन। कार्यवाहक मेयर खातुनले बजेटको विषयमा एकलौटी निर्णय लिन खोजेको आरोप समेत लागेको छ।

 

 

वडा नम्बर २ का अध्यक्ष अनिरुद्ध यादव सञ्जयले कार्यवाहक मेयर खातुनले स्वच्छ प्रक्रियागत तरिकाबाट अघि बढ्न नचाहेको र कार्यपालिका बैठकमा योजना तथा बजेटको प्रतिवेदनसमेत पेश नभएको बताउँछन्। वडाबाट तर्जुमा भएर आउनुपर्ने योजनाहरू नै विषयगत समितिसम्म नआउँदा नगर सभा अनिश्चित भएको हो।

 

नगर सभा नभएकै कारण हाल नगरपालिकाले न नयाँ योजना कार्यान्वयन गर्न सकेको छ, न त चालु कार्यक्रमलाई निरन्तरता दिन सकेको छ। दैनिक प्रशासनिक कार्यका लागि आवश्यक स्टेसनरी देखि लिएर जनताको अत्यावश्यक सेवा, दैवीप्रकोप राहत र स्वास्थ्योपचारका लागि आवश्यक औषधि समेत खरिद गर्न सक्ने अवस्था छैन। यद्यपि, नागरिकताको सिफारिस, जन्मदर्ता, नाता प्रमाणिकरण जस्ता नियमित सेवा भने कतै–कतैबाट दिइएको जनाइएको छ।

 

 

मेयर गुमाएपछि अस्तव्यस्त

नेपाली कांग्रेसबाट निर्वाचित नगर प्रमुख गोपालराय यादव भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहरिएपछि पदमुक्त भएका थिए। त्यसपछि उपमेयर अम्बेया खातुन कार्यवाहक प्रमुख बनेकी हुन्। तर, खातुन कार्यवाहक बने देखि नै उनको श्रीमानको हस्तक्षेपको कारण नगरपालिकाको कामकाजमा थप अन्योलता देखिएको स्थानीय जनप्रतिनिधिहरू बताउँछन्।

 

 

समयमै बजेट नआउँदा शिक्षक, कर्मचारीहरूले समयमै तलब नपाउने अवस्था छ। नगरपालिकामा विकास योजनाको तर्जुमा वडास्तरमै रोकिएको छ। असार १० गतेभित्र बजेट ल्याउन नसक्नु स्वयं स्थानीय सरकार सञ्चालन ऐनको उल्लंघन मात्र होइन, जनताको सेवामा गम्भीर बाधा सिर्जना हो।

 

फतुवा विजयपुर नगरपालिकामा देखिएको राजनीतिक टकराव र प्रशासनिक अस्थिरता जनताको आधारभूत सेवामा बाधक बनिरहेको छ। नगर सभा सम्पन्न नगरी बजेट पारित हुन नसक्दा शिक्षा, स्वास्थ्य र विकासका प्राथमिक कार्यहरू ठप्प छन्। यो अवस्था तत्काल समाधान नभए, सिङ्गो नगरको शासकीय ढाँचा धरासायी हुने खतरा देखिन्छ।

 

कार्यवाहक मेयरकै श्रीमान सेराजको कमिसन मोहको कारण गत आर्थिक बर्षमा राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम अन्तर्गत तीनवटा बिद्यालय भवन निर्माणका लागि आएको एक करोड ६५ लाख रुपैयाँ फ्रिज भएको थियो।तत्कालीन मेयर यादवको पद गएपछि कार्यवाहक मेयर खातुन लाई चिठ्ठा परेको जस्तो उनको श्रीमान सेराजको बुझाई रहेको छ। जनतासँग जोडिएको काम तथा विकास निर्माणमा ध्यान दिनुको सट्टा सेराज दैनिकजसो आर्थिक अनियतितामा लागिपरेको नगरवासीले गुनासो गर्दै आएका छन्।

 

 

२०७९ को स्थानीय निर्वाचनमा फतुवा विजयपुरमा नेपाली कांग्रेसको टिकटबाट मेयर, उपमेयर सहित ७ जना वडा अध्यक्ष निर्वाचित भएका थिए। तत्कालीन मेयर गोपाल यादवको नेतृत्वमा प्रायः नगरपालिकाको काम काज तुलनात्मक रूपमा निकै राम्रो चलेको नगरवासीको अनुभुति रहेको छ तर मेयर निलम्बित भएसंगै कार्यवाहक मेयर अम्बेया खातुनको श्रीमान महमद सेराजको हस्तक्षेप सुरु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

गर्भवतीलाई क्याल्सियम र आइरन चक्की अभाव

गोरखा, पालुङटार नगरपालिकाका गर्भवतीलाई विगत दुई महिनादेखि क्याल्सियम र आइरन चक्कीको अभाव छ । नगरपालिकाले समयमै खरिद नगर्दा पालिकाभरका गर्भवतीले नियमित रूपमा सेवन गर्नुपर्ने क्याल्सियम र आइरन चक्की खान नपाएका स्वास्थ्यचौकीका इञ्चार्जहरूले बताएका छन् । विगत दुई महिनादेखि गर्भवतीलाई क्याल्सियम र आइरन चक्की दिन...

दलहरुलाई नेतृत्व हस्तान्तरण गर्न नागरिक अगुवाहरूको आह्वान

काठमाडौँ, नागरिक समाजका अगुवाहरूले ‘जेनजी’ प्रदर्शनपछि देशमा उत्पन्न अस्थिर परिस्थितिमा राजनीतिक दलहरूका नेतृत्वको भूमिकामाथि प्रश्न उठाउँदै तत्काल नेतृत्व हस्तान्तरण गर्न आह्वान गर्नुभएको छ । नागरिक समाजका २३ जना अगुवाले बुधबार संयुक्त अपिल जारी गरी राजनीतिक दलहरूलाई ‘अविलम्ब नेतृत्व हस्तान्तरण’ गर्न आह्वान गर्नुभएको हो ।...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६० पैसा र बिक्रीदर १४२ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७९ पैसा र बिक्रीदर...

चीनमा सुरुङ भत्किएपछि तीन मजदुरको मृत्यु, अनुसन्धान जारी

झेनपिङ, शानक्सी, चीनको शानक्सी प्रान्तको झेनपिङ काउन्टीमा रहेको कोइला खानीको सुरुङ भत्किएर फसेका तीनै जना मजदुरको शनिबार बिहान मृत्यु भएको छ । बिहीबार भएको उक्त दुर्घटनामा आठ जना मजदुरहरू मर्मतसम्भारको काम गर्दै थिए । पाँच जना मजदुर सुरक्षित रूपमा बाहिर निस्कन सफल भए भने...

गर्भवतीलाई क्याल्सियम र आइरन चक्की अभाव

गोरखा, पालुङटार नगरपालिकाका गर्भवतीलाई विगत दुई महिनादेखि क्याल्सियम र आइरन चक्कीको अभाव छ । नगरपालिकाले समयमै खरिद नगर्दा पालिकाभरका गर्भवतीले नियमित रूपमा सेवन गर्नुपर्ने क्याल्सियम र आइरन चक्की खान नपाएका स्वास्थ्यचौकीका इञ्चार्जहरूले बताएका छन् । विगत दुई महिनादेखि गर्भवतीलाई क्याल्सियम र आइरन चक्की दिन...

फलामखानी सञ्चालन गर्न पदमार्ग निर्माण

पर्वत,  महाशिला गाउँपालिका–६ मा रहेको फलामखानी सञ्चालनको तयारीका लागि खानीसम्म पुग्ने पदमार्ग निर्माण गरिएको छ । निवर्तमान सरकारको मन्त्रिपरिषद्को बैठकबाट फलामखानी सञ्चालनका लागि मन्त्रालय र सचिवलाई निर्देशन दिएपछि अध्ययन, अनुसन्धान गर्नका लागि आउने टोलीलाई खानीसम्म पुग्न सहज होस् र सञ्चालन भइसकेपछि पनि प्रशोधन केन्द्रसम्म...

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

मकवानपुर,  प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश समितिले प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो ।   ज्ञापनपत्रमा...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

कैलालीमा डर लाग्दो हत्या: केशर बुढाको टाउको लिएर प्रहरीमा पुगे दुई युवक!

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–८ जरहीमा गए राति रक्सीपाटी पछिको विवादका क्रममा एकजनाको घाँटी रेटी हत्या गरिएको छ। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश दत्त अवस्थीका अनुसार सोही वडाका केशर बहादुर बुढाको घाँटी रेटेर हत्या गरिएको हो। घटना गए राति करिब...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

पूर्वविद्यार्थीद्वारा विद्यालयलाई शैक्षिक उपकरण सहयोग

म्याग्दी, मालिका गाउँपालिका–५ मगरदाङ्गमा रहेको गौबोमबस्त माविलाई विदेशमा बसोबास गर्ने पूर्वविद्यार्थीहरुले रु आठ लाख ५० हजार मूल्य बराबरको शैक्षिक उपकरण सहयोग गरेका छन् । प्रवासी दङ्गाले मञ्चले पितृ स्मृति सेवा कोषमार्फत आइतबार १३ थान कम्प्युटर, चार थान ब्याट्री, दुई थान सिसिटिभी क्यामेरा र दुई...

गर्भवतीलाई क्याल्सियम र आइरन चक्की अभाव

गोरखा, पालुङटार नगरपालिकाका गर्भवतीलाई विगत दुई महिनादेखि क्याल्सियम र आइरन चक्कीको अभाव छ । नगरपालिकाले समयमै खरिद नगर्दा पालिकाभरका गर्भवतीले नियमित रूपमा सेवन गर्नुपर्ने क्याल्सियम र आइरन चक्की खान नपाएका स्वास्थ्यचौकीका इञ्चार्जहरूले बताएका छन् । विगत दुई महिनादेखि गर्भवतीलाई क्याल्सियम र आइरन चक्की दिन...

नेपालसँग कुवेत पराजित

काठमाडौँ,  आइसिसी टी ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलमा नेपाल विजयी भएको छ । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी—१ मा आज सम्पन्न समूह ‘बी’को पहिलो खेलमा नेपाल कुवेतलाई ५८ रनले पराजित गर्दै विजयी भएको हो । नेपालले प्रस्तुत गरेको १४२...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९