राससको महाप्रबन्धकमा पत्रकार सन्दिप राई नियुक्त

काठमाडौं। पत्रकार सन्दिप राई राष्ट्रिय समाचार समिति (रासस) को महाप्रबन्धक पदमा नियुक्त भएका छन् ।सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई राससको महाप्रवन्धक पदमा नियुक्त गरेको हो ।दुई दशकदेखि पत्रकारितामा सक्रिय राई पाँचथरको फालेलुङ गाउँपालिका–३ का स्थायी बासिन्दा हुन् । मोफसल र काठमाडौँमा विभिन्न सञ्चारमाध्यममा काम गरेको उनीसँग अनुभव रहेको छ ।प्रेस चौतारीका केन्द्रिय सदस्यसमेत रहेका राईले अब ४ बर्षे कार्याकाल चलाउँछन्। यसअघिका महाप्रबन्धक सिद्दराज राईको कार्याकाल सकिए पछि उनी नियुक्त भएका हुन् ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?