चुहिएको छानो र झ्यालको पल्ला फेर्ने देवको सपना अधुरै

चुहिएको छानो र झ्यालको पल्ला फेर्ने देवको सपना अधुरै
सिङ्घबहादुर थापा / रासस
बरहथवा (सर्लाही), ८ मङ्सिरः छब्बिस वर्षीया पार्वती सुवेदीको अझै मन सम्हालिएको छैन् । उहाँलाई गत भदौ २४ गतेको त्यो दिनले अहिले पनि एक्लै बस्न दिँदैन । त्यो दिन सम्झँदा अहिले पनि उहाँ भक्कानिनु हुन्छ । सत्ताइस वर्षका श्रीमान् देवकुमार सुवेदीको जेन्जी आन्दोलनको क्रममा गोली लागेर मृत्यु भएपछि उहाँका हरेक दिनहरू पीडामा बितेका छन् ।

 

आफूनो जीवनको खुसी खोसिएको भदौ २४ गतेले आफूलाई बेलाबेलामा झस्काउने गरेको उहाँ सुनाउनुहुन्छ । “दिनभरि यताउता गरेर बित्छ, जब साँझ पर्छ, श्रीमान् आउनु हुन्न भन्ने मनमा पर्दा मन भक्कानिएर आउँछ” आपूm र श्रीमान्ले भएको ऋणधन तिरेर छोरीको भविष्य बनाउन देखेको सपनाले सताइरहेको उहाँले बताउनुभयो ।

 

भदौको तेस्रो हप्ता जेन्जी आन्दोलन हुने हल्ला सुरु भयो । आन्दोलन कस्तो होला ? अन्योल थियो । देवकुमार पनि श्रीमती र छोरीसहित ललितपुरको सानेपामा रहेको सडक डिभिजन कार्यालयमा ज्यालादारी कर्मचारीको रुपमा कार्यरत हुनुहुन्थ्यो । कार्यालय सहयोगी, चालकदेखि सुरक्षा गार्डसम्मको काम गर्ने भएकाले उहाँ कार्यालय परिसरमै रहेको क्वाटरमा बस्ने गर्नुभएको थियो ।

 

पहिलो दिनको आन्दोलनमा केही विद्यार्थीको गोली लागेर ज्यान गएपछि भोलिपल्टको अवस्था थप जटिल बन्यो । भदौ २३ गते आन्दोलन हुँदासम्म काठमाडौँका अधिकांश कार्यालय सञ्चालनमै थिए । त्यसकारण देवकुमार पनि कार्यालयमै व्यस्त हुनुभयो । तर, दिउँसो भएको आन्दोलन अनियन्त्रित भएपछि काठमाडौँमा कफ्र्यू आदेश जारी भयो ।

 

अधिकांश मानिस अघिल्लो दिनको बर्बरतापूर्ण दमनको प्रतिकारमा उत्रन आतुर देखिएका थिए । सोही हुटहुटीले देवकुमारलाई पनि सडकसम्म ल्यायो । “बिहानै अफिसको मोटामोटी काम सकेर उहाँ कोठामा आउनुभयो,” पार्वतीले भन्नुभयो, “मैले आज अफिस खुल्छ त ? भनेर सोधँे । उहाँले खै भन्ने जवाफ दिनुभयो ।”

 

हामी कोठामा नियमित काममा लाग्यौँ । हाम्रो नौ वर्षकी छोरी छिन् । उनी मसँगै थिइन् । उहाँको कामबाट आएको तलबले मात्र हामीलाई खर्च कम हुन्थो । थोरै भए पनि सहयोग हुन्छ, भनेर मैले पनि बिहानको समयमा काम गर्ने गरेको थिएँ । यसरी पनि नहुने भयो भनेपछि उहाँले एकजना दाजुसँग मिलेर बिहान–बेलुका कालीमाटीमा तरकारी व्यापार गर्ने योजना बनाउनुभयो ।

 

घटनाको दिन स्मरण गर्दै पार्वती भन्नुहुन्छ, “त्यो दिन सडक विभागको कार्यालय बन्द हुने भएपछि तरकारी व्यापार साझेदारसँग भेटेर फर्पिङमा लप्सीका लागि अपुग पैसा पु¥याउन जाने भनेर ३५ हजार रुपैयाँ बोकेर निस्कनुभयो । उहाँले जाने बेलामा साझेदार दाजुकोमा खाना खाने योजना छ भनेर सुनाउनु पनि भयो । त्यसपछि हामी आमाछोरी खाना खान बस्यौँ । तर, उहाँले गाडी नपाएपछि घर फर्कनु भएछ । पैसा पठाई दिएँ तर जान मिलेन भनेर घर आउनु भएपछि मैले खान खानु न त भनेँ, उहाँले मान्नु भएन । आन्दोलन हेरेर आउँछु भनेर निस्कनुभयो । आन्दोलनमा होमिएकाहरुलाई उहाँले खाना फलफूल बाँडेर आउनुभएको रहेछ । मैले पनि त्यही खाएँ भनेर, खान खान मान्नु भएन । ब्याग र नयाँ जुत्ता कोठामै राखेर पुरानो जुत्ता लगाएर फेरि जान्छु भनेर हिँड्नुभयो ।

 

पार्वती भन्नुहुन्छ, “मैले नजानुस् हिजो त्यस्तो घटना भएको छ । भनेर सम्झाउन खोजेँ तर उहाँले बाहिर देश परिवर्तनको आँधीबेहरी चलेको छ । हामी जस्तो युवा घरमा लुकेर बसेर हुन्छ ? देश लुटेराहरुले भ्रष्टाचार गरेर आफू मात्र बने, देश खोक्रो पारे । म कालीमाटीसम्म पुगेर हेरेर आउँछु, भन्दै उहाँ हिँड्नुभयो । म र छोरी खाना खाएर बसेका थियौँ । एकैछिनमा बल्खु तर्फबाट ठूलो सङ्ख्यामा आन्दोलनकारीहरु आए । त्यो देखेपछि मेरो मनमा पनि चिसो पस्यो । त्यतिबेलासम्म मेरो दिदी पनिसँगै हुनुहुन्थ्यो । दिदीलाई अनुरोध गरेर श्रीमान्लाई खोज्न हिँडेका हामी आन्दोलनकारीको भीडमा हराएपछि दिदीले सानो नानी बोकेर यस्तो भीडमा हिँड्नु हुन्न, उहाँ आउनुहुन्छ भनेपछि हामी कोठामा फर्कियौँ ।

 

कोठामा फर्किएको केही बेरमै कोठा नजिकै होटल चलाउने दाजुले आएर बहिनी अस्पताल जनुप¥यो भन्नुहुँदा उहाँको मनमा चिसो पस्यो । उहाँ सम्झनुहुन्छ, “म त्यसबेला नै बेहोस हुन्छु कि जस्तो भइसकेको थिएँ । मैले के भयो दाजु ? भनेर सोधेँ, उहाँले भाइलाई खुट्टामा गोली लागेको छ, जानुप¥यो भन्नुभयो । उहाँले म सम्हालिन्न भनेर झुटो बोल्नुभएको रहेछ । यतिकैमा दिउँसोको ३ बजिसकेको थियो होला । हामी हस्याङफस्याङ गर्दै अस्पताल पुग्दा उहाँलाई शल्यक्रियाको लागि लैजाँदै रहेछन् । उहाँले हातको इसाराले मलाई केही हुन्न मलाई ठीक छ, तिमी जाउ भन्नुभयो ।”

 

श्रीमान्को दायाँ कोखाबाट लागेको गोली बायाँ कोखाबाट निस्किएको थियो भन्ने सुनेपछि उहाँलाई के भयो, केही थाहा छैन् । भोलिपल्ट बिहान ९ बजेतिर उहाँको मृत्यु भयो भनेर डाक्टरहरुले भने त्यसपछि उहाँ मुर्छित हुनुभयो । पछि जेठाजुहरु आएर अस्पतालबाट शव निकालेर पशुपतिमा अन्त्येष्टि गरी सर्लाहीको घरमा काजक्रिया गरेको उहाँ बताउनुहुन्छ । यस घटनापछि टुटेको मन छोरीलाई हेरेर सम्हाल्ने गरेको पार्वतीको भनाइ छ । श्रीमान्ले आफूसँग कठोर दुःख गरेर भए पनि छोरीको भविष्य राम्रो बनाउने सपना देखेको सुनाउने गर्नुभएको उहाँले बताउनुभयो ।

 

आफूले श्रीमान् गुमाए पनि उहाँको बलिदानी खेर जानु नहुने उहाँको माग छ । “उहाँ जस्ता धेरैको ज्यान गयो,” पार्वतीले भन्नुभयो, “उहाँहरुले देशको भ्रष्टाचार र बेथितीविरुद्ध आफ्नो ज्यान दिनुभएको हो । त्यो अन्त्य भए मात्र उहाँहरुको बलिदानीले सार्थकता पाउँछ ।” अब बन्ने सरकारले जेनजीको एजेन्डाअनुसार नै काम गर्नुपर्ने उहाँले मागसमेत राख्नुभयो । जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुसँगै पीडित बनेका परिवारको अवस्था बुझेर व्यवस्थापन गर्न राज्यसँग उहाँको अनुरोध छ । “यहाँ एक व्यक्ति मरेको मात्र छैन्,” उहाँले भन्नुभयो, “बाआमाको सन्तान खोसिएको छ । श्रीमतीको सिउँदो पुछिएको छ । सन्तान टुहुरा बनेका छन् । राज्यले यति ठूलो क्षतिको नजरअन्दाज गर्न मिल्दैन । यो कसैलाई पद र प्रतिष्ठा प्राप्त गर्न बगेको रगत हैन ।”

 

श्रीमतीसँगै कलकलाउँदो उमेरको सन्तान वियोगको वेदनाले देवकुमारका ८५ वर्ष उमेर पुगेका बुबा उजिरबहादुर र ६७ वर्षकी आमा यशोदाकुमारी पनि विक्षिप्त हुनुहुन्छ । पाँच छोरा र दुई छोरीका मातापिता उजिरबहादुर र यशोदाको यो दोस्रो सन्तान वियोगको पीडा हो । २०७० सालतिर बिच्छीले टोकाइबाट काइलो छोरा बित्नुभएको पीडा ताजै छ ।

 

सानैदेखि अति मिलनसार स्वभावका देवकुमारले कक्षा २ सम्मको पढाइ कटारी र एसएलसीसम्मको अध्ययन सिन्धुलीको दुधौलीमा पूरा गर्नुभएको हो । हक्की स्वभावका उहाँ छिट्टै भावनात्मक र आक्रामक हुने गरेका साइला दाजु भानुभक्तले सुनाउनुभयो । जो कोहीसँग पनि छिट्टै घुलमिल हुनसक्ने स्वभावका देवकुमारलाई कार्यालयमा समेत सबैले रुचाउने गरेका उहाँको भनाइ छ । उदयपुर जिल्लाको कटारी नगरपालिका–११, हर्देनी पुर्खौली थातथलो रहेको सुवेदी परिवार आठ वर्षअघि मात्र सर्लाहीको लालबन्दी नगरपालिका–५, मेजरगञ्जस्थित शान्तिटोलमा बसाइँ सरेर आएको हो ।

 

गत साउनमा कार्यालयको कामले देवकुमार घर आउनुभएको थियो । त्यसबेला भएको भेट नै उहाँका बुबा र आमासँगको अन्तिम भेट भयो । साउन अन्तिममा घर आइपुग्नुभएका देवकुमारले छानो चुहिएको देख्नुभयो । झ्यालमा पल्ला नहुँदा हिउँद् वर्षामा बस्न निकै समस्या भएकाले माघमा आएपछि छानो छाउने र झ्यालमा पल्ला लाउने भनेर जानुभएको बुबा उजिरबहादुर सम्झनुहुन्छ ।

 

 

हरेक पटक चुहिने छानो र झ्यालको पल्ला देख्दा छोरोको झझल्को आउने गरेको गहभरि आँसु पार्दै उजिरबहादुरले सुनाउनुभयो । उजिरबहादुर कान सुन्नुहुन्न भने आमा यशोदाको फोक्सोमा समस्या छ । अहिले पनि नियमितजसो उपचारको लागि काठमाडौँ जाने गरेको उहाँले सुनाउनुभयो । कान्छो छोरा बितेपछि पनि उहाँ काठमाडौँ पुग्नुभएको रहेछ तर छोराको सम्झनाले पुरानो ठाउँ र अस्पताल जान सक्नु भएन ।

 

 

“यसपटक साइलो छोराले अर्कै अस्पताल खोजेर उपचार गराएर पठायो । यताको सबै कुरा छोराहरुले हेरिरहेका छन् । महिनाको छ÷सात हजार रुपैयाँसम्मको औषधि खानुपर्छ,” उहाँले भन्नुभयो, “यो उमेरमा कलिला छोरा अघि लाएर बाँच्नु नै हाम्रो लागि ठूलो रोग भयो ।” कान्छो छोराले देशका लागि ज्यान बलिदानी दियो भनेर छिमेकीले सुनाउँदा आफूलाई कोख खाली हुँदै गयो भन्ने चिन्ता लागिरहेको उहाँको दुःखेसो थियो ।

 

 

राष्ट्रका लागि ज्यान दिने श्रीमान्को कृति रहनेगरी राज्यले सम्मान गरिदिनुपर्ने पार्वतकोे माग रहेको छ । सङ्घ सरकारले सहिद घोषणा गरेको भन्दै स्थानीय सरकारले समेत उहाँको योगदानको कदर गर्दै सालिक निर्माण गरिदिन उहाँको आग्रह छ । राज्यले दिने राहतभन्दा पनि आफूहरुका लागि भाइले दिएको बलिदानीको उचित कदर सम्मान नै पीडित परिवारको मल्हमपट्टी हुने साइला दाजु भानुभक्त बताउनुहुन्छ । घटनापछि सरकारले गरेको घोषणअनुसार १५ लाख आर्थिक सहायता दिने निर्णयबमोजिम पीडित परिवारलाई उक्त रकम हस्तान्तरण भइसकेको छ ।
–––

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो

काठमाडौँ, गोकर्णेश्वर उत्तर गया क्षेत्रमा पौषकृष्ण औँसीका अवसरमा श्राद्ध गर्ने भक्तजनको बिहानैदेखि घुइँचो छ । गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्न आउने भक्तजनको घुइँचोका कारण जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकमा बिहानैदेखि जाम भएको छ । सो मार्गमा दुई घण्टा सवारी जाममा पर्दा समस्या भएको यात्रुको गुनासो छ । विभिन्न...

लहान नगरपालिकाद्वारा मृतक परिवारलाई सहयोग

सिरहा, लहान नगरपालिका क्षेत्रभित्र गरिब, विपन्न, दलित तथा मुसहर समुदायका सदस्यको मृत्यु भएपछि नगरपालिकाले राहत वितरण गर्दै आएको छ । सोही नीतिअनुसार लहान–५ बलुवाटोलकी ४० वर्षीया डोमनीदेवी मोचीको निधनपछि नगरपालिकाले आज पीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको छ ।   नगर प्रमुख महेश चौधरी र वडा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १००, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो...

बोन्डी समुद्री तटमा आक्रमण गर्ने सात जना सिड्नीमा पक्राउ: प्रहरी

सिड्नी, हिंसात्मक कार्य गर्ने योजना बनाएको आरोपमा बिहीबार दक्षिणपश्चिम सिड्नीमा पक्राउ परेका सात जना पुरुषहरूको अस्ट्रेलियाको बोन्डी समुद्र तटमा सामूहिक गोलीबारी गर्ने अपराधीहरूसँग वैचारिक सम्बन्ध रहेको प्रहरीले शुक्रबार जनाएको छ ।   मध्ये सिड्नीबाट २८ किलोमिटर दक्षिणपश्चिममा रहेको लिभरपुलको उपनगरमा बिहीबार प्रहरीले हिंसात्मक कार्यको योजना बनाइरहेको...

प्राङ्गारिक लक्ष्यमा मूल्यवान लोगोसम्बन्धी ‘कर्णाली संवाद’ सुरु

कर्णाली,  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्राङ्गारिक मिसनमा मूल्यवान लोगोः अवसर, चुनौती र कार्यदिशा विषयक ‘कर्णाली संवाद’ सुरु भएको छ ।कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको समन्वयमा दिगो कृषि तथा जैविक स्रोतका लागि एसियाली नेटवर्क (एन्साब) र लिबर्डको आयोजनामा पर्यावरणीय कृषिमा आधारित...

खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट

दमौली (तनहुँ),  जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका युवाहरू एकजुट भएका छन् । खेलमैदानमा विभिन्न बहानामा पटकपटक महोत्सव गर्न दिँदा खेलमैदान बिग्रिँदै गएपछि यहाँका युवा संरक्षणका लागि एकजुट भएका हुन् ।   खेलमैदान नहुँदा दमौलीमा खेलकुदका गतिविधि सञ्चालन गर्न कठिनाइ भइरहेको भन्दै खेलमैदानमा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

‘सार्वजनिक खर्चको प्रभावकारिता कमजोर र सेवा प्रवाहमा अपेक्षित सुधार देखिएन’

काठमाडौँ,  अर्थशास्त्री डा डिल्लीराज खनालले सार्वजनिक खर्चको प्रभावकारिता कमजोर रहेको र सेवा प्रवाहमा अपेक्षित सुधार हुन नसकेको बताउनुभएको छ ।नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज यहाँ आयोजना गरेको ‘सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधारका लागि नीति संवाद कार्यक्रम’ मा उहाँले नतिजा देखाउन...

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई जितका लागि १२५ रनको लक्ष्य दिएको छ । दुबईमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १२४ रनमा अलआउट भयो ।   नेपालका लागि दिलसाद अलीले सर्वाधिक...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९