कैलाली सभापतिमा संस्थापन पक्षका भट्ट र बम चुनावी प्रतिस्पर्धामा, इतर पक्ष विभाजित

बौनियाँ,—नेपाली कांग्रेस कैलालीको सभापति चयनका लागि दोस्रो चरणको मतदान हुने भएको छ । सभापति पदका लागि पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि बिहीबार पुनः दोस्रो चरणको निर्वाचन हुन लागेको हो ।

 

 

दोस्रो चरणको निर्वाचनमा संस्थापन पक्षकै सभापति पदका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । फागुन १५ सम्पन्न जिल्ला निर्वाचनबाट तीनैजना प्रतिस्पर्धीको ५१ प्रतिशत मत नपुगेको पछि पुनः मतदान हुन लागेको निर्वाचन समितिले जनाएको छ । 
सभापति पदका लागि हुने दोस्रो चरणको मतदान धनगढीस्थित कैलाली उद्योग वाणिज्य संघको सभाहलमा हुने निर्वाचन समितिले जनाएको छ । जिल्ला निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीका अनुसार बिहीबार बिहान ८ बजेदेखि संघको सभाहलमा मतदान गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ । 

कांग्रेस कैलालीको सभापति चयनका लागि दोस्रो चरणको मतदानमा कांग्रेसको इतर पक्ष विभाजित देखिएको छ । बुधबार जिल्लाको धनगढी र लम्कीमा भएका छुट्टाछुट्टै पत्रकार सम्मेलनमा इतर पक्षले बम र भट्टलाई समर्थन जनाउँदै सहयोग गर्न आग्रह गरेपछि जिल्लाको राजनीतिमा एकाएक तरंग पैदा भएको छ ।  

धनगढीमा भएको पत्रकारसम्मेलनमा इतर पक्षका सभापति पदका उम्मेदवार रामबहादुर कलेलले दोस्रोपटक हुने निर्वाचनमा प्रकाशबहादुर बमलाई साथ दिने बताउनुभयो । 

बुधबार बेलुकी धनगढीमा बम समूह र इतर पक्षले संयुक्त पत्रकार सम्मेलन गरेर दोस्रो चरणको निर्वाचनमा बम समूहलाई सघाउने बताएको छ । बम समूहसंग सहकार्य गरेर दोस्रो चरणको निर्वाचनमा सहयोग गर्न मतदातालाई आग्रहसमेत गरिएको छ ।

बमलाई पूर्व केन्द्रीय सदस्य एवं पूर्व राज्यमन्त्री चन्द्रसिंह भट्टराई, सुदूरपश्चिम प्रदेश महामन्त्री तथा निवर्तमान जिल्ला सभापति नरनारायण शाह,पूर्व जिल्ला सभापति 
गोविन्दराज जोशी, सभापति पदका उम्मेदवार (शेखर कोइराला समूह) रामबहादुर कलेल, संविधान सभा सदस्य बुद्धिसागर चौधरी, पूर्व जिल्ला उपसभापति वीरबहादुर हमाल, जिल्ला सचिव पूर्ण कुँवर, जिल्ला सचिव दीपकराज जोशी, पूर्व जिल्ला सचिव रामचरण चौधरी लगायतको समर्थन रहेकोे बताइएको छ ।

यसअघि पहिलो चरणको निर्वाचनमा इतर पक्षका उम्मेदवार रामबहादुर कलेलले १ सय ९७ मत प्राप्त गरेका थिए । सो मत बम समूहलाई हाल्न लगाउने बताउँदै इतर पक्षबाट उम्मेदबार बनेका कलेलले भने,‘पहिलो चरणको निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गर्ने प्रकाश बम समूहलाई हामीले समर्थन गर्ने भएका छौँ ।’ 

आफूहरु भोलि हुने निर्वाचनमा बमका लागि सँगसँगै गएर भोट माग्ने उनले बताए । ‘हामी भोलि उहाँका लागि सँगै मत माग्ने छौँ,’ कलेलले भने,‘हामी केन्द्रले विधानविपरीत गरिरहेको निर्णय, केन्द्रको हस्तक्षेपका विरुद्धमा बमलाई समर्थन गर्दैछौँ ।’

उहाँले अहिले केन्द्रबाट मतदातालाई डर, त्रास, प्रलोभन पार्ने लगायतका काम भइरहेको बताउँदै भन्नुभयो ,‘यहाँ केन्द्रबाट धेरैलाई वडा अध्यक्षदेखि मेयर तथा प्रदेश संसदसम्मको अफर आइरहेको छ, त्यसका लागि कांग्रेस संस्थापन पक्षले प्रलोभन देखाएर मतदाता तान्ने प्रपञ्च गरिरहेको छ, त्यसमा हामी कत्तिपनि विचलित हुँदैनौं ।’

यस्तै, लम्कीमा इतर पक्षका नेता, महासमिति सदस्य कमलबहादुर शाहले दोस्रोपटक हुने सभापति पदको निर्वाचनमा नरायणदत्त भट्टलाई समर्थन जनाउँदै सहयोग गर्न आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो ‘कमल शाह शेरबहादुर देउवाको टीममा मिल्यो र शेरबहादुर देउवाले धेरै ठूलो आश्वासन दिइसक्यो कि भन्ने भ्रममा नपर्नु होला । मैले एक दुईवटा कुरा सोचेँ हिजो लामो समय कैलाली जिल्लामा हिजोको संस्थापनमा काम गरेका साथीहरूको आज मैले धेरै कुरा सुने, यसबाट मलाई के लाग्यो भने एउटा अवसर प्राप्त भएको छ । अबको स्थानीय निर्वाचनमा हामी संस्थापन पक्ष र संस्थापन इतर पक्षलाई स्थानीय तहको निर्वाचन कसरी एक गराएर लैजान सकिन्छ, त्यो एकताको सन्देश दिन मैले खोजेको हो ।’ मैले दुबै पक्षलाई सन्देश दिने उपयुक्त समय यो भन्दा अरुबेला हुँदैन भन्ने लाग्यो उहाँले बताउनुभयो ।

भट्टलाई पार्टीका केन्द्रीय सदस्यहरु नृपबहादुर वड, रामजनम चौधरी, ईश्वरी न्यौपाने, शुसिला मिश्र भट्ट, जीवन राना, केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा.रणबहादुर रावल, पूर्व केन्द्रीय सदस्य सुनिलकुमार भण्डारी, पूर्व जिल्ला सभापति दीर्घराज भाट, राष्ट्रिय सभाका सदस्य नारायणदत्त मिश्र, प्रदेश सभा सदस्य डिल्लीराज पन्त, संविधान सभा सदस्य एवं पूर्व शिक्षा राज्यमन्त्री मोहनसिंह राठौर लगायतको सर्मथन रहेको बताइएको छ ।

जिल्ला अधिवेशनअन्तर्गत सोमबार भएको मतगणनामा सभापतिका तीन उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको हो । पहिलो चरणको निर्वाचनमा सभापतिका उम्मेदवार प्रकाशबहादुर बमले सबैभन्दा बढी मत ल्याएका थिए ।
 
उहाँले १ हजार १ सय ६९ मत ल्याउनु भएको थियो भने, सभापतिका अर्का उम्मेदवार भट्टले १ हजार ७२ र रामबहादुर कलेलले १९७ मत ल्याउनु भएको थियो । १०४ मत बदर भएका थिए । कुल २ हजार ५७६ जना प्रतिनिधि रहेकोेमा २ हजार ४८६ मत खसेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण

नेपालगञ्ज,  बाँकेमा डढेलो नियन्त्रणका लागि ‘आगो नियन्त्रण दस्ता’ निर्माण गरिएको छ । जिल्लास्थित वन डिभिजन कार्यालयले जिल्लामा २४ जनाको दस्ता निर्माण गरेको हो ।वन डिभिजन कार्यालयका वरिष्ठ वन अधिकृत तथा सूचना अधिकारी टङ्क गुरुङका अनुसार डढेलो लाग्ने क्षेत्रका पहिचान गरी दस्ता निर्माण गरिएको हो...

आलेखः तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

भद्रपुर (झापा),  झापाको बाह्रदशी गाउँपालिका–३ स्थित ‘राधानगर’ गाउँ तरकारीखेतीबाट परिचित छ । बिहान झिसमिसै उज्यालो हुनुअघि नै यहाँका किसानहरू खेतबारीतर्फ निस्किसकेका हुन्छन् । करिब ३ बजेदेखि सुरु हुने उनीहरूको कामले गाउँको कृषि गतिविधि चलायमान देखिन्छ । निरन्तर मेहनत, लगाव र परिवारको सहकार्यका कारण यहाँका...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन,  नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् । सडक डिभिजन कार्यालय भरतपुरले गरेको अध्ययन अनुसार आठ ठाउँ उच्च जोखिममा, २२ ठाउँ जोखिममा र १३ ठाउँ सामान्य जोखिमको अवस्थामा रहेका छन् । कार्यालयले गरेको अध्ययनअनुसार उच्च जोखिम भनिएको तुइन खोला अति उच्च जोखिम रहेको...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

जन्मदिनको अवसरमा वडाध्यक्ष जगत बहादुर शाहीद्वारा सहारा घरलाई सहयोग

बौनिया । बर्दगोरिया गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष जगत बहादुर शाहीले बर्दगोरियामा रहेको सहारा घरमा जन्मदिन मनाएका छन्। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ निवासी शाहीले आफ्नो ३६ औँ जन्मउत्सव सहारा घरमा मनाएका हुन्।     वडा अध्यक्ष शाहीले आफ्नो जन्मदिनको अवसरमा आइतबार बर्दगोरिया...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

लुम्बिनी प्राविधिक विश्वविद्यालयले पायो स्थायी संरचना

राँझा (बाँके),  नेपालगञ्जबाट सञ्चालन हुँदै आएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय अब बाँकेको खजुराबाटै सञ्चालन हुने भएको छ ।स्थापना भएको झण्डै पाँच वर्षपछि खजुरा गाउँपालिकाले आफ्नो स्वामित्वमा रहेको १० कट्ठा जग्गासहितको भवन विश्वविद्यालयलाई हस्तान्तरण गरेपछि अब विश्वविद्यालयको प्रशासनिक कामकाज खजुराबाट सञ्चालन हुने भएको हो...

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दी,  जिल्लाको मङ्गला गाउँपालिका–२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ । एकाइको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले मङ्गलबार उद्घाटन गर्नुभयो ।त्यस अवसरमा उहाँले आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन पालिका प्रतिबद्ध रहेको बताउँदै गाउँको विकासलाई आफूले प्राथमिकता राखेको उल्लेख गर्नुभयो ।     मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर...

सुजनलाई दोहोरो स्वर्ण

काठमाडौँ,  नेपाली उमा कुङफु खेलाडी सुजन कक्षपतिले अन्तरराष्ट्रिय प्रतियोगितामा दोहोरो स्वर्ण जितेका छन् । उनले पहिलो पटक सो प्रतियोगितामा भाग लिएका हुन् ।  जर्मनीमा भएको ब्याटल अफ बभेरियामा सुजनले दुई फरक विधामा स्वर्ण पदक जितेको नेपाल उमा कुङफु सङ्घका अध्यक्ष एवं डब्लुएमएसी नेपाल च्याप्टरका महासचिव सञ्जीतकुमार...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९