डिजेबाट देउसी भैलो : मौलिकता हरायो,उत्श्रृङ्खल मौलायो

बलिराजा कता हराए कता ? बौनियाँ/नेपालीहरुको दोस्रो ठूलो चाड तिहार शुरु भएको छ । तिहारको रौनक भनेकै देउसी भौलो,सयपत्री र मखमली फूलको सौन्दर्य र त्यसवाट प्राप्त हुने आनन्द नै हो । तर, आजकल गाइने देउसी भौलोमा मौलिकता हराउँदै गएकोमा संस्कृतिप्रेमी एवम् अग्रजहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।

 

 

 

 

 

 

कैलाली जिल्लामाको बर्दगोरीया गाउँपालिका लगाएत नजिकका ग्रामिण क्षेत्रहरुमा दैनिक एक दर्जनको हाराहारीमा आउने देउसी भौलोका समूहहरुले भट्याउने र गीत गाउन मेमोरीमा रेकर्ड गरिएका गीतहरुको सहयोग लिइरहेका छन् ।

तर उनीहरुमा कुनै पनि मोलिकता देखिँदैन । अधिकांश भैली समुहहरुले हिन्दी र नेपाली चलचित्रका गीत एवम एल्वममा राखिएका देउसी भैलो गीतहरुमा नाच्ने गरेका छन् । न उनीहरुले मादल बोकेका हुन्छन न मुरली र खैजडी नै । ठुलाठुला साउन्डवक्सहरुमा गीतहरु घन्काउदै हल्ला गर्दै देउसी भैलो समुहहरु हिँडेका देखिएका छन् ।

देउसी भैलोहरुले ठुलो स्वरमा बज्ने साउन्डवक्समा गीत घन्काउँदा मनोरन्जन भन्दा वढी हल्ला मात्रै हुने गरेको स्थानीयहरु बताउँछन् । ठुलो ठुलो स्वरमा गीत बजाउँदै चिच्याउँदै देउसी भैलो खेल्नेहरु हिँडेको देख्दा आफुहरुलाई रमाइलो भन्दा बढी डर लाग्ने गरेको संस्कृति संरक्षणका अभियन्ताहरुको भनाइरहेको छ ।
कैलालीका लोक संस्कृतिका जानकार दिल वहादुर रोकायाले पहिलेका भैलीहरु आउँदा स्थानीय लोकबाजाहरु र गीतहरु देख्न सुन्न पाइन्थ्यो तर आज भोलि आयतित गीतहरु सुनेर वाक्क लाग्ने गरेको रोकायले बताए । ‘पहिले आफै भट्याएर देउसी खेल्दा छुट्टै मजा आउँथ्यो अनि हेर्नेलाई पनि रमाइलो लाग्थ्यो तर आज भोलिका भैली खेल्नेहरु उफ्रिने र कराउने मात्र गर्छन्,’ उहाँले भनु भयो। यस्तै हो भने केहि वर्षपछि लोकवाजा र भैलीको मोलिकता हराउने निश्चित भएको उहाँको भनाइ छ । मोमेरी संस्कृतिका कारण लोक संस्कृति जोखिममा परेको बताउँदै पछिल्लो युवा पुस्ता आफ्नो मौलिकता भन्दा पनि आयातित संस्कृतिप्रति बढि आकर्षित हुन थालेकोले लोक तिहारको देउसी भैलो र दशैको मालाश्री धुन नै जोखिममा पर्ने चिन्ता बढेको बताए ।

पहिलापहिला देउसी भैलो खेल्दा सबैले लोकगीत आफैले गाउने, मुरली, मादल, खैजडी, झयाली, टयाम्कोलगायतका मौलिक वाजाहरु वजाउने गरेको स्मरण गर्दै गीतकार श्रेष्ठले भने ‘तर, आज भोलि कसैको हातमा पनि ती वाजाहरु देखिदैनन । हाम्रो मौलिक पहिचान वोकेका देउसी भैलो गीतमा विकृति भित्रिन लागेको भन्दै उनले चिन्ता व्यक्त गरे । पहिलेका भैलीहरु विशुद्ध मनोरन्जल र सस्कृति जोगाउनका लागि हुन्थे तर आज भोलिका देउसी भैलोहरु हेर्न पनि हप्ठेरो लाग्ने गरेको बर्दगोरीया गाउँपालिका १ का डम्मर बहादुर बुढाले बताए ।

१०÷१२ वर्ष अघिसम्म कैलाली जिल्लाका बिभिन्न गाउँहरुमा देउसी भैलो खेल्नेहरुको पोषाकमा नेपाली पन देखिन्थ्यो भने उनीहरुले भट्टयाउने भैलो गीत र अन्य गीतहरुमा स्थानीय मौलिकता झल्किन्थ्यो, शान्ति मावि  फनेविसाैउनाका शिक्षक मान बहादुर बुढाले बताए ।
उनले पहिले पहिले वालवालिका देखि युवायुवती र प्रौढ एवम वृद्धवृद्धाहरुले देउसी भैलो स्थानीय गीत संगीतका साथ खेल्ने गरेको बताए । अहिलेका देउसी भैलो खेल्नेहरु भने सवै वनावटी गीतहरुको भर पर्छन् उनले भने ।

पछिल्लो पुस्ताका युवाहरुले स्थानीय लोकसस्कृति छोड्दै गएका कारण जिल्लाका यानीमाया,ख्याली, ठाडो भाका, झयाउरे गीत,मारुनी,पुख्र्यौली र नाँच लगाएतका सस्कृतिहरु अहिले हराउदै जान थालेकोमा स्थानीय वुढापाखाहरु चिन्तित देखिन्छन् । पहिले मेला पर्व देखि देउसी भैलो लगाएतका समाजिक एवम अन्य कार्यक्रममा स्थानीय लोकवाजा र स्थानीय नाचहरु निकै रमझमका साथ हेर्न पाइने गरे पनि अहिले भने विस्तारै सवै हराउदै गएको उनीहरुको भनाइ छ ।

मोवाइलको मेमोरीमा देउसी भैलो ग्रामिण भेगहरुमा खेलिएका अधिकांश देउसी भैलोका समूहले मोवाइलको मेमोरीमा रेकर्ड गरिएका गीतहरु बजाएर र ताल न सुरको नृत्य प्रश्तुत गरेर देउसी भैलो खेल्ने गरेका छन् ।
केही देउसी भैलोको समूहलाई छोडेर धेरै समूहले साउण्डबक्स र मोवाइल मात्र बोकेर देउसी भैलो खेलेको देखिएको बर्दगोरिया गाउँपालिका वडा नं ३  रानीकुण्डाका गगन वान्तोलाले बताए । उनका अनुसार ‘न भट्याउने झण्झट,न बाद्यवादनका सामाग्री, साउण्डबक्समार्फत मोवाइलका गीत बजायो,पैसा झार्यो,टाप कस्यो कति सजिलो ।

बलिराजा कता हराए कता ?

‘हामी त्यसै आएनौं,बली राजाले पठाए, हे औंसीबारे गाइतिहारे भौलो‘ यो पंक्तिले पौराणिक कालमा अत्यन्त दानी ठानिएका बलि राजाले आफ्नो राज्यका जनतालाई दान दिन अभिप्रेरित गर्दथे भन्ने सांकेतिक अर्थ दिएको छ । तर आजकलका देउसी भैलोमा यो पंक्ति गाइन र भट्टाइन नै छोडिएको बर्दगोरिया गाउँपालिका ३ का झपट नेपालीले बताए ।
पौराणिक कथावस्तुलाई जोडेर वर्तमानलाई सन्देश दिने खालको लोकोत्तिहरुको प्रयोग गरेर गाइने देउसी भैलो आजकल लोप भैसकेको वृद्धवृद्धाहरुको भनाइ रहेको छ ।

सिदा चाहिदैन,दक्षिणा भए पुग्छ
कार्तिकमा दान दिए पुण्य मिल्छ भन्ने शास्त्रीय मान्यता रहेको छ । यही मान्यता अनुसार तिहारको बेला देउसी भैलोलाई यथाशक्य दक्षिण सहित सिदा दान दिने चलन छ । नाङ्लोमा धान,चामल,सेलरोटी,फलफूल,दक्षिणा र बलेको बत्ति दिएर आँगनमा आएका भैलिनीलाई दान दिन घरमुली आउँदा भैलिनीले आशिष दिने चलन थियो ।

‘ढुङ्गा छोए ढुङ्गा होइजाओस्,माटो छुँदा अन्नै होइजाओस्‘ भनेर आशिष दिने परम्परा थियो । तर अहिले देउसी र भौलो पनि व्यवसायिक भैसकेको र आशिष दिने प्रचलन पनि लोप भएको बर्दगोरिया गाउँपालिका ३ का धन बहादुर साउँदले बताए ।
‘अहिलेका देउसी भौलोको समूहलाई सिदा चाहिदैन,दक्षिणा मात्र भए पुग्छ,साउँदले भने ‘दिएको सिदा पनि छोडेर दक्षिणा मात्र लिएर हिड्छन्,के कात्तिके दान भन्नु र ?

सवै त्यस्ता छैनन्, संस्कृति संरक्षण गर्नेहरु पनि देखिए
लोक संस्कृतिको धनी जिल्ला भनेर परिचय बनाएको कैलाली जिल्लामा पछिल्लो समय पाश्चात्य संगीतको मोह बढ्दै गएपनि केही जातीय संघसंस्थाहरु भने संस्कृति संरक्षणमा पनि लागेका छन् ।
कैलालीमा देखिएका डेढ दर्जन बढि देउसी भौलोका समूहहरुमध्ये केही समूहले भने आफ्नो जातीय पहिचान र संस्कृति प्रर्दशन गरेर शालिनता पूर्वक देउसी भौलो खेलेको पनि देखियो ।

 

बुढापाका र संस्थाले संस्थाको विकास र उन्नयनका लागि आयोजना गरेको देउसी भैलोमा मौलिकता देखिएको बौनियाँ बजारवासीहरुले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बिजक लिने उपभोक्तालाई उपहारः अर्थ मन्त्रालयले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि’

बिजक लिने उपभोक्तालाई उपहारः अर्थ मन्त्रालयले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि’...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता ...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९