अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौं,  बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति चेतना अभिवृद्धि गर्नुका साथै प्रभावित देशहरूमा राष्ट्रियस्तरमा सुरुङ निवारण क्षमताको विकास गर्न दिगो अन्तरराष्ट्रिय सहयोग आह्वान गर्दै आज विश्वका विभिन्न मुलुकमा अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदैछ ।

 

 

 

सन् २००५ डिसेम्बर ८ मा संयुक्त राष्ट्रसङ्घको महासभाले प्रत्येक वर्ष अप्रिल ४ मा अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाउने घोषणा गरेको हो ।युद्धका विस्फोटक सामग्रीले नागरिकको सुरक्षा, स्वास्थ्य र जीवनमा गम्भीर जोखिम सिर्जना गर्नुका साथै राष्ट्रिय तथा स्थानीय स्तरको सामाजिक–आर्थिक विकासमा अवरोध पु¥याउने गरेकाले उक्त विश्वसंस्थाले चेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाउन सबै सदस्य राष्ट्रलाई आह्वान गरेको छ ।

 

 

 

सन् १९९७ मा स्थापना गरिएको संयुक्त राष्ट्रसङ्घीय बारूदी सुरुङ निवारण संस्थाले बारूदी सुरुङ, युद्धका विस्फोटक अवशेष तथा अस्थायी विस्फोटक उपकरणबाट उत्पन्न जोखिम न्यूनीकरणका काम गर्दै आएको छ । उक्त संस्थाले जोखिम न्यूनीकरणका लागि राष्ट्रसङ्घअन्तर्गतका गतिविधिहरूमा समन्वय, देशस्तरमा सञ्चालन हुने कार्यक्रमहरूको नेतृत्व तथा शान्ति स्थापनामा सहयोग गर्दै आएको छ ।

 

 

 

राष्ट्रसङ्घका अनुसार बारूदी सुरुङ र विस्फोटक अवशेषमुक्त विश्व बनाउन व्यक्ति र समुदायको सुरक्षित वातावरणमा विकास तथा पीडितहरूका आवश्यकता पूरा हुनुपर्नेमा जोड दिइएको छ । हाल बारूदी सुरुङ निवारण गर्न राष्ट्रसङ्घअन्तर्गतका विभिन्न निकाय, विशिष्टिकृत निकाय, कोष तथा कार्यक्रमहरू ३० देश सञ्चालित छन् ।

 

 

 

बारूदी सुरुङ निवारणले शान्ति स्थापनामा परिचालन भएका सुरक्षाकर्मीका साथै मानवीय सहायता निकायलाई सेवा प्रवाह गर्न तथा सर्वसाधारणलाई त्रासरहित जीवनयापन गर्न सहयोग पुगेको छ ।यद्यपि युद्ध र द्वन्द्व अन्त्य भएपनि कोलम्बिया, इथियोपिया, लेबनान, म्यान्मा, गाजा, सिरियालगायत विभिन्न देशमा बारुदी सुरुङ र विस्फोटक उपकरणको जोखिम कायमै छ ।

 

 

 

यसै अवसरमा जारी गरिएको सन्देशमा राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले बारूदी सुरुङ, युद्धका विस्फोटक अवशेष तथा अस्थायी विस्फोटक उपकरणका कारण द्वन्द्वग्रस्त देशका नागरिकहरू, विशेषगरी बालबालिकामाथि अकल्पीय असर परेको बताउँदै द्वन्द्वको अन्त्य हुनुपर्नेमा जोड दिनुभएको छ ।राष्ट्रिय समाचार समिति (रासस)

तस्विरः संयुक्त राष्ट्रसङ्घीय बारूदी सुरुङ निवारण संस्था

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बिजक लिने उपभोक्तालाई उपहारः अर्थ मन्त्रालयले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि’

बिजक लिने उपभोक्तालाई उपहारः अर्थ मन्त्रालयले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि’...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता ...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९