मुढाको छपाबाघ शान्ति टोलमा देहव्यापारको अड्डा: बालिका समेत दलदलमा, प्रशासन मौन

कैलाली । कैलालीको मुढास्थित छपाबाघ शान्ति टोलमा कानुनले पूर्णतः बन्देज गरेको देहव्यापारको धन्दा अहिले निर्बाध रूपमा चलिरहेको छ। बादी समुदायको बाक्लो बस्ती रहेको यस शान्ति टोलमा विगत एक दशकदेखि चलिरहेको यो अवैध कार्य पछिल्लो समय होटेल तथा खाजा घरहरूको सुरक्षा कबजभित्र झन् मौलाउँदै गएको पाइएको छ।

 

बाहिरबाट हेर्दा सामान्य होटेल र खाजा पसल जस्ता देखिने संरचनाहरूभित्र हुने अनैतिक क्रियाकलापले समाजमा गम्भीर चुनौती खडा गरिदिएको छ। प्रहरी प्रशासन र स्थानीयको निगरानीबाट बच्न सञ्चालकहरूले होटेलको आवरण प्रयोग गर्दै खाजा नास्ता खाने निहुँमा आउने ग्राहकहरूलाई यौनजन्य गतिविधिका लागी युवतीहरू उपलब्ध गराउँदै आएका छन्।

 

यस पेसामा संलग्न करिब २२ जना युवतीहरूमध्ये झन्डै ४० प्रतिशत उमेर नपुगेका बालिकाहरू रहेको श्रोतको दाबी छ । यो “ठाउँमा २२ जनाभन्दा बढी युवतीहरू यौन पेसामा संलग्न छन् । ती मध्ये ८/१० जना बालिका १८ वर्ष मुनिका छन् । यहाँका बादी समुदायका स्थानीय युवतीहरू त पेसामा संलग्न छन् नै अन्य जिल्लाबाट आएका अन्य समुदायका केही युवतीहरूले समेत पेसा गर्दै आएका छन् ।” श्रोतले भन्यो ।

 

विद्यालय जानुपर्ने कलिलो उमेरका यी बालिकाहरू कतिपय साथीभाइको लहैलहैमा लागेर र कतिपय परिवारको आर्थिक दबाबमा परेर यो दलदलमा फस्न बाध्य भएको स्रोतको भनाई छ । यसरी बालिकाहरूको भविष्य अन्धकारतर्फ धकेलिँदै जाँदा समेत यसतर्फ राज्यका जिम्मेवार निकायहरूको ध्यान पुग्न सकेको छैन। यस क्षेत्रमा स्थानीय बादी समुदायका युवतीहरू मात्र नभई छिमेकी जिल्ला र अन्य समुदायका युवतीहरू समेत देहव्यापारका लागि ल्याइने गरेको स्रोतको दाबी छ।

 

​यौनजन्य क्रियाकलापका लागि ग्राहकहरूको अनियन्त्रित भिडभाड बढ्दै जाँदा यो ठाउँ लागु औषध कारोबारी र प्रयोगकर्ताहरूको सुरक्षित केन्द्र बन्ने जोखिम पनि उत्तिकै बढेको छ। विशेष गरी भारतीय नागरिकहरूको निरन्तरको आउजाउले गर्दा सीमावर्ती सुरक्षा र सामाजिक सद्भावमा समेत असर परिरहेको स्थानीयहरूको गुनासो छ। होटेलका कोठाहरूमा हुने यस्ता अवैध धन्दाले एकातिर कानुनको धज्जी उडाएको छ भने अर्कोतिर युवा पुस्तामा चरम विकृति फैलाएको छ। दशकौँदेखि चल्दै आएको यो समस्यालाई निराकरण गर्न सरकार र स्थानीय प्रशासनले ठोस योजना ल्याउन सकेका छैनन् ।

 

​यस पेसामा आबद्ध समुदायले भने आफ्नो जीविकोपार्जनको अर्को विकल्प नभएको तर्क गर्दै आएका छन्। सरकारले उनीहरूको गाँस र बासको उचित व्यवस्थापन नगरे सम्म यो पेसालाई अवरोध गर्न नहुने उनीहरूको जिकिर छ । “यो आजबाट चलेको पेसा होइन र यो हाम्रो रहर पनि होइन, बाध्यताले हाम्रो छोरी बहिनीहरू बिग्रेका हुन । हामीले आफ्नो जिन्दगी यसैमा सक्यौ, अहिले नयाँ केटीहरू पनि हाम्रै बाटोमा छन् । हामीले पेसा नगरे के गरि खाने ? सरकारले हामीलाई राम्रो व्यवस्थापन गर्‍यो भने त हामी आफै बन्द गर्नतर्फ लाग्छौ ।” एक पूर्व यौनकर्मी अधबैँसे महिलाले भनिन ।

 

तर, यही समुदायका सचेत युवाहरू भने अब यो विकृति सहने पक्षमा छैनन्। गत चैत ११ गते अमर बादी, सुनिल बादी, गणेश बादीलगायतका १० जना स्थानीय युवाहरूले गाउँपालिका र प्रहरी प्रशासनमा सामूहिक निवेदन दिँदै यो अवैध धन्दा तत्काल बन्द गर्न माग गरेका छन्। विगतमा यो ठाउँमा यौन व्यवसाय सञ्चालनको प्रमाण नभएको भन्दै पन्छिने गरेको प्रहरीका लागि भने पेसा बन्द गरिदिने बारेको यो निवेदन आफैँमा एउटा बलियो प्रमाण बनेको छ। मुढाको शान्ति टोलमा जारी यो बेथितिलाई चिर्न स्थानीय सरकार र प्रहरी प्रशासनले अब कस्तो कदम चाल्छ, त्यो भने प्रतीक्षाको विषय बनेको छ।

 

​नेपालको कानुनले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐनमार्फत कसैलाई वेश्यावृत्तिमा लगाउनु वा सो कार्यका लागि मन्जुरी लिनुलाई कडा सजायको व्यवस्था गरेको छ। विशेष गरी बालिकाहरूलाई यस्तो कार्यमा संलग्न गराउनु अक्षम्य अपराध हो, जसमा संलग्न हुनेलाई २० वर्षसम्मको कैद सजाय हुन सक्छ। सरकारले पेसामा संलग्न युवती र बालिकाहरूको उद्धार, पुन:स्थापना र उनीहरूलाई वैकल्पिक आयआर्जनको बाटोमा जोड्ने तर्फ ध्यान दिनुपर्ने आम मानिसको बुझाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९