कैलाली । कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकाको लम्कीमा रहेको होटल शान्तिमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सुदुरपश्चिम प्रदेशद्वारा आयोजित अभिकर्ता पुनर्ताजगी तथा अन्तरक्रिया कार्यक्रम लम्कीमा सम्पन्न भएको छ ।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की शाखाका प्रमूख डम्बर न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि कम्पनीका कार्यकारी प्रमुख राज कुमार आर्याल रहनु भएको थियो। कार्यक्रममा विशिष्ट अतिथिमा कम्पनीका एजिम दिव्येश झा रहनु भएको थियो।
कार्यक्रममा टीकापुर उप-शाखा प्रमूख केशव राज तिमिल्सिना,राजापुर बर्दिया उप-शाखा प्रमूख धन बहादुर चौधरी,बौनिया उप-शाखा प्रमूख डम्मर बहादुर बुढा,सुखड उप-शाखा प्रमूख शाह देव चौधरी र भजनी उप-शाखा प्रमूख नवराज बुढा र कर्मचारीहरुको सहभागिता रहेको थियो।
कम्पनीले आफ्ना अभिकर्ताहरुलाई १ दिने अभिकर्ता पुनर्ताजगी तथा अन्तरक्रिया कार्यक्रम गरेको हो । कम्पनीका एजिम दिव्येश झा ले अभिकर्ताहरुलाई प्रशिक्षण दिनुभएको हो । कार्यक्रममा अभिकर्ताले जिवन बीमामा अभिकर्ताको उल्लेखनिय सहयोग गरेकाले बिमा क्षेत्रको बिकास सम्भव भएको बताए ।
कम्पनीका एजिम दिव्येश झा ले भने जीवन बिमा परिवारको बुढेसकालको सहारा पनि भएकाले परिवारको एक सदस्यको रुपमा लिएर बिमा गर्नु अत्यावश्यक भएको बताए । जन्मेकै दिन बीमा गर्ने योजना बनाउन जरुरी हुन्छ जसको कारण उसले भविष्यमा आफ्नो अभिभावकको सम्भावित जोखिम बहनबाट हुने क्षतिले उसको करियर बिगार्दैन । उच्च शिक्षा अध्ययनको लागि आर्थिक भार पर्दैन ।जीवन अकाट्य छ त्यसैले दैनिकी सम्पादनगरिने हरेक कार्यको तालिकामा हामीले हाम्रो बचत, जोखिम बहन र परिवारको खुसी बिर्सनु हुँदैन । यो जीवनबीमाले सम्भव बनाएको छ जसमा : आर्थिक सुरक्षाको साधन बुढेसकालको सहारा तथा बालबच्चाको शिक्षाको सहारा, बचत गर्न प्रोत्साहन शिक्षा, दीक्षा र विवाहको व्यवस्था, भविष्यको लक्ष्य पूरा गर्न सहयोग लाभदायक लगानी र सामाजिक प्रतिष्ठामा वृद्धि गराउने महत्वपूर्ण माध्यम जीवन बीमा हो झा ले भने ।
किन गर्ने जीवन बिमा ?
१. कुनै पनि घटना वा दुर्घटनामा पर्न सक्ने क्षतिबाट सुरक्षण प्रदान गरी दायित्व निर्वाह गर्न ।
२. भविष्यमा आइपर्ने सम्भावित आर्थिक दुर्घटनाबाट जोगिन
३. भविष्यका लागि बचत तथा भरपर्दाे लगानी गर्न ।
४. अकल्पनीय घटना भए परिवारका सदस्यलाई बिमा कम्पनीले आर्थिक क्षतिपुर्ति प्रदान गर्ने भएकाले ।
५. ऋणभारबाट मुक्त हुन
६. फजुल खर्चबाट जोगिन, बचत गर्ने बानीको विकास हुने भएकाले
७. बुढेसकालको सहारा ।
८. बालबच्चाको उच्च शिक्षामा टेवा पुर्याउन ।
९. अनिवार्य बचत गर्ने बानी विकास गर्न ।
१०. आश्रितहरूको भलाइका लागि ।
११. देश विकासमा टेवा पुग्ने भएकाले ।
१२. रोजगारीको अवसर प्राप्त हुने भएकाले ।
१३. ऋण लिने सुविधा प्राप्त गर्न ।
१४. सर्वोत्तम बचत भएकाले बीमा सबैले गर्नु पर्ने झा ले बताएका थिए ।
अभिकर्ता पुनर्ताजगी तथा अन्तरक्रिया कार्यक्रमका प्रमूख अतिथि तथा कम्पनीका कार्यकारी प्रमुख राज कुमार आर्यालले भने जीवन बिमा कम्पनी मध्य सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई खोजी खोजी बिमा गर्न आउने बिमितको संख्या बढेकाले कम्पनीको लोकप्रियता बढेको बताए । बीमा भनेको तपाईंलाई आर्थिक नोक्सान हुँदा दिइने क्षतिपूर्तिको ग्यारेन्टी हो । बीमा गर्दा बीमित (बीमा गर्ने व्यक्ति) र बीमक (बीमा गरिदिने व्यक्ति) बीच सम्झौता हुन्छ ।
तपाईं हामी सबै भोलिका बारेमा अनभिज्ञ हुन्छौं । कसले जानेको हुन्छ र ? भोलि अचानक जे पनि हुन सक्छ ! भविष्यमा आर्थिक तथा भौतिक क्षति हुन सक्छ । त्यही सम्भावित जोखिमको पुर्ताल गर्न गरिने एक प्रकारको सम्झौता नै बीमा हो । हरेक व्यक्तिकाे आफ्ना सन्तान शिक्षित बनून् भन्ने चाहना हुन्छ । सन्तानको शिक्षाका लागि हरेक व्यक्तिले चाहेअनुसारका बीमा गर्न सक्छन् । कसैले बालबालिकाको भविष्यका बारेमा सोच्छ भने जीवन बीमा उसको शिक्षाको निरन्तरता र सही उपलब्धिकै लागि अत्यावश्यक बन्न सक्छ । कुनै घटना वा दुर्घटनाका कारण आज गुणस्तरीय निजी शिक्षण संस्थाबाट भोलि सस्तो र सामान्य विद्यालय खोज्दै हिँड्नुपर्ने दुर्भाग्यबाट पनि जीवन बीमाले जोगाउँछ । परिवार चलाउन पनि व्यवस्थापन चाहिन्छ भन्ने यसैले देखाउँछ ।गास, बास, कपास मध्ये बीमा पनि एक महतत्वपूर्ण भएको कम्पनीका प्रमूख अर्यालले अभिकर्ताहरुको बीचमा बताएका थिए ।
टीकापुर उप-शाखा प्रमुख केशव राज तिमिल्सेनाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन धनगढी शाखाका प्रमूख लक्ष्मीकान्त जैशीले गर्नु भएको थियो । कार्यक्रममा लम्की,टीकापुर,बौनिया, भजनी,सुखड र राजापुर बर्दियाका १५० अभिकर्ताहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।
























































































































































