माघी पर्वको पहिलो दिन आज ‘जिता मर्ना’ मनाइँदै

कञ्चनपुर, माघी पर्वको पहिलो दिन आज कञ्चनपुरका थारु समुदायले ‘जिता मर्ना’ का रूपमा मनाइरहेका छन् । परम्पराअनुसार थारु समुदायको महान् पर्व माघी पुस मसान्तका दिनदेखि सुरु हुन्छ ।

 

‘जिता मर्ना’ का दिन माघी पर्वका लागि आवश्यक मासुको व्यवस्थापन गरिने भएकाले आज बिहानैदेखि थारु बस्तीहरूमा विशेष चहलपहल देखिएको छ । प्रत्येक गाउँमा बरघर (बघरीया) र भलमन्साको आँगनमा गाउँका सबै सदस्य भेला भई सामूहिक रूपमा सुँगुर काट्ने तथा आ–आफ्नो गच्छे र आवश्यकताअनुसार मासु खरिद गरेर लैजाने परम्परा छ । पछिल्ला वर्षहरूमा केही स्थानमा सुँगुरको सट्टा खसीको मासु प्रयोग गर्ने चलन पनि बढ्दै गएको छ ।

 

शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीमा चार वटा टोलका लागि चार वटा सुँगुरको व्यवस्था गरिएको बरघर राजु चौधरीले जानकारी दिनुभयो । “एउटै सुँगुरले नपुग्ने भएकाले प्रत्येक टोलका लागि एक–एक वटा सुँगुरको व्यवस्था गरी माघी पर्वका लागि मासुको जोहो गरिएको छ”, उहाँले भन्नुभयो ।

 

वर्ष दिनकै ठूलो पर्व भएकाले यस अवसरमा परिवार, आफन्त र पाहुनालाई पेटभर मासु खुवाउने परम्परा रहेको चौधरीको भनाइ छ । “पाहुना लाग्न आएका सबैलाई सम्मानपूर्वक मासु खुवाएर बिदा गरिन्छ”, उहाँले भन्नुभयो । जिता मर्नाको रातिदेखि थारु समुदायमा ढुमरु गीत गाउने, डफ तथा मादल बजाउने र छोकरा तथा झुमरा नाच नाच्ने चलन रहँदै आएको बरघर चौधरीले जानकारी दिनुभयो ।

 

पिपलाडीका ७० वर्षीय कल्लु चौधरीका अनुसार रातभर डफमा गीत गाएर युवापुस्तालाई थारु संस्कृति र परम्पराबारे जानकारी गराउने तयारी गरिएको छ । यसले संस्कृति जगेर्ना, पुस्तान्तरण तथा संस्कृतिको प्रचारप्रसार हुने भएकाले ज्येष्ठ नागरिक मिलेर ‘सम्धी समूह’ गठन गरिएको उहाँले बताउनुभयो ।

 

यसै अवसरमा महिलाहरूले चामलको पिठोबाट विशेष तरिकाले ढिक्री बनाउने, तिलको लड्डु, मुरही, रोटी र खरिया तयार गर्दछन् । साथै सखरखण्डी, तरुल, भण्टा, केराको तरुवा, अण्डी धानको उसिनेको भात, खिचडीलगायत मौलिक परिकार पनि पकाइन्छन् ।

 

थारु समुदायमा माघ महिना लागेपछि सुँगुरलगायत जनावरको बध गर्न नहुने धार्मिक तथा सांस्कृतिक मान्यता रहिआएको स्थानीय थारु बुद्धिजीवी धनबहादुर कुश्मीले बताउनुभयो । उहाँका अनुसार माघ लागेको दिन रगत देखिनु हुँदैन भन्ने जनविश्वास रहँदै आएकाले पुसको अन्तिम दिन मात्रै जनावरको बध गर्ने परम्पार चल्दै आएको छ ।

 

“माघ लागेपछि जनावर बध गरिँदैन, तर माघअघि काटिएका सुँगुर वा अन्य जनावरको मासु माघी पर्वका अवसरमा परिवार, आफन्त र पाहुनासँग परम्परागत परिकारसहित खाने गरिन्छ”, उहाँले भन्नुभयो ।

 

थारु समुदायले प्रत्येक वर्ष माघ महिनाको पहिलो दिन मनाउने माघी पर्व एउटा चाड मात्र नभई नयाँ वर्षको सुरुआत, सामाजिक एकता, आत्मसम्मान र पहिचानको प्रतीकका रूपमा रहेको छ । विशेषगरी कैलाली र कञ्चनपुरसहित सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका थारु समुदायमा माघी पर्वलाई अत्यन्त महत्वका साथ मनाइन्छ ।

 

माघीलाई थारु समुदायले ‘नयाँ वर्ष’ का रूपमा लिने परम्परा रहँदै आएको छ । पुरानो वर्षका दुःख, पीडा बिर्संदै नयाँ आशा, नयाँ सङ्कल्प र नयाँ जीवनशैलीको सुरुआत गर्ने अवसरका रूपमा माघी पर्वलाई हेरिने गरिएको छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ,  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् ।जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ यस वर्ष...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९