कैलाली । मुक्तिनाथ बैंक लिमिटेड शाखा कार्यालय लम्कीले बित्तीय साक्षरता तथा डिजिटल बैंकिङ सम्बन्धि घर दैलो कार्यक्रम गरेको छ । कैलालीको लम्कीचुहा नगरपालिका वडा न ३ बल्चौरमा बैंकका सेवाग्राही तथा ग्राहकलाई प्रविधिमैत्री बनाउन र नगद रहित कारोबारका लागि प्रोत्साहित गर्न साक्षरता सम्बन्धी कार्यक्रम आयोजना गरिएको हो ।
बैंकको सेवा सुबिधा अब प्रबिधी मैत्री भएकाले बैंकमा नै आउनु नपर्ने गरी प्रबिधी को भरपुर प्रयोग गर्न सेवाग्राहीलाई सुझाब दिएको लम्की शाखा प्रमुख ओमकार जोशीले बताए । मुक्तिनाथ बैंकले सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७७ वटा जिल्लामा फैलिएका १ सय ७८ शाखाबाट एटीएम सहित विभिन्न डिजिटल सेवा प्रदान गर्दै आएको छ । कार्यक्रममा बैंक सहकारी तथा बित्तीय संस्थाहरु संग जोडिएका ब्यक्ति नगरिक समाज लगायतका सेवाग्राहीहरुको सहभागिता रहेको थियो ।























































































































































