लम्कीचुहामा चोरी,पक्राउ परेका व्यक्ति प्रहरी कार्यालय बाटै भागे

कैलाली । गत साउन १३ गते राती २ बजे तिर लम्कीचुहा २ मोतिपुरमा रहेको तिमिल्सेना इन्टरप्राजेजमा चोरी हुन्छ । सिसि क्यामेरामा कैद भएको भिडियोमा ३ जनाको समूह पसलमा आएको देखिन्छ उक्त पसल संचालक टिकाराम तिमिल्सेनाका अनुसार यो भन्दा अगाडि पनि पसलमा ३ चोटी चोरी भइ सकेको थियो ।

 

गत साउन १३ गते चोरी भएको कुरा इलाका प्रहरी कार्यालय मोतिपुर लाई संचालक तिमिल्सेना जानकारी गराउछ्न ।

 

 

प्रहरीले चोरी गर्नेको खोजी गर्छ प्रारम्भिक अनुसन्धानमा चोरीमा संलग्न ३ जना रहेको खुलेको छ ।

 

इलाका प्रहरी कार्यालयका प्रमुख शंकर खड्काका अनुसार चोरी कार्यमा संलग्न रहेको आसंका गरिएका हेम शाहीलाई टिकापुर सुधार केन्द्र बाट साउन ३१ गते पक्राउ गरि इलाका प्रहरीमा ल्याईन्छ खाना खान गएको प्रहरीको आँखा छ्ल्दै ती अभियुक्त भाग्छ्न । प्रहरी भन्छ हामी चोरको खोजि गरि रहेका छौ ।

 

मोतिपुरमा चोरको बिगबिगी छ तर चोकमा भने प्रहरी राखिएको छैन ।

 

पसल संचालक टीका तिमिल्सेनाका अनुसार उक्त राती ती चोरहरुले १ लाख १५ हजार नगद र ८० हजार बराबरको अरु सामान लिएका छ्न । पक्राउ परेका ती व्यक्ति भागे वा भगाईए भन्ने कुरा गर्भमै छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?