‘बौद्ध तथा मेलम्ची घ्याङ गुठीका नाममा रहेको राजगुठीको जग्गा अतिक्रमण हुन दिँदैनौँ’

काठमाडौँ,  बौद्ध तथा मेलम्ची घ्याङ गुठीका नाममा रहेको राजगुठीको जग्गा अतिक्रमण भएको विषय खोजी गरी तथ्य बाहिर ल्याउन खोज्दा सामाजिक सञ्जाल र केही सञ्चारमाध्यमबाट दुष्प्रचार गरिएको भन्दै बौद्ध लामा गुरुहरूले आपत्ति जनाएका छन् ।

 

 

बौद्ध तथा मेलम्ची घ्याङ गुठीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष चिनियाँ लामा भूपतिबज्र लामाले गुठी संस्थानअन्तर्गत रहेको श्रेष्ता, लगत एवं अभिलेखअनुसार जग्गाको खोजी गरेर संरक्षण गर्न लाग्दा जग्गा अतिक्रमण गर्नेले दुष्प्रचार गरेको जानकारी दिनुभयो ।

 

 

बाबु, बाजेदेखि नै बौद्ध तथा मेलम्ची घ्याङ गुठीको जग्गा संरक्षण गरी बौद्ध र मेलम्ची घ्याङको पूजा एवं सांस्कृतिक परम्परा संरक्षण गर्दै आएकामा जग्गा अनियमितता भएको तथ्य खुलेपछि गुठीको स्वामित्वमा ल्याउने पहल गर्र्दा अध्यक्ष लामा र घ्याङ गुठीलाई नकारात्मक देखाउने गरी एक पक्षीय रूपमा प्रचार भइरहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

 

 

“गलत प्रचार गर्नेहरूका विरुद्धमा पनि म छैन, उहाँहरूको पनि राम्रो होस्, यो गुठीको जग्गा संरक्षण गर्ने दायित्व पुस्तौँदेखि हाम्रो परिवारको हो । गुठी संस्थानले अहिले मलाई अध्यक्ष बनाएर त्यसको नेतृत्व गर्ने जिम्मेवारी दिएको छ, यो जग्गामा तलमाथि गरेर यहाँको धर्म, संस्कृति मास्न पाइँदैन”, अध्यक्ष लामाले भन्नुभयो ।

 

 

घ्याङ गुठीका अध्यक्ष चिनियाँ लामाको निजी सचिवालयका हरिश गोले तामाङ बौद्ध चैत्य र त्यस वरपरको जग्गा शताब्दीयौँ अघिदेखि राजगुठीको भए पनि केही व्यक्तिले अतिक्रमण गरेको बताउनुहुन्छ । त्यसको खोजी गर्न थालेपछि सरकारी गुठीको जग्गा अतिक्रमण गर्नेहरू नकारात्मक प्रचारप्रसार गर्न लागिपरेको उहाँले सुनाउनुभयो । यससँग सम्बन्धित प्रमाण पनि घ्याङ गुठीसँग सुरक्षित रहेको अध्यक्ष चिनियाँ लामाको निजी सचिवालयले जनाएको छ ।

 

 

‘मेरो जन्म अरुका लागि’ भनी आफूले अभियान चलाएको उल्लेख गर्नुहुँदै अध्यक्ष लामाले गुठीका तर्फबाट कुनै गलत काम नभएको बताउनुभयो । गुठीको नाममा रहेको जग्गा नेपाल सरकारको नाममा ल्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको बौद्धनाथ क्षेत्र विकास समितिले नापी र मालपोत कार्यालयलाई दबाब दिइरहेको जानकारी पनि पत्रकार सम्मेलनमा गराइएको थियो ।

 

 

गुठी संस्थान पनि सरकारअन्तर्गतकै निकाय हुँदाहुँदै नेपाल सरकारकै नाममा जग्गा ल्याउने भनी अनियमितता गर्न खोजेको आरोप घ्याङ गुठीको छ । गुठी संस्थान, मालपोत र नापी कार्यालय भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत छ । धेरैजसो त धार्मिक स्थलमा बौद्धमा जस्तै द्वैध स्वामित्व हुँदा विवाद हुने र धर्म, संस्कृति एवं गुठी जग्गामा अनियमितता हुने गरेको छ । सचिवालयका अर्का सदस्य पाल्देन तामाङ खोजी भइरहेको गुठीको जग्गाका तथ्य रोक्न सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा नकारात्मक सन्देश प्रवाह गरिएको बताउनुहुन्छ ।

 

 

सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा गरिएका नकारात्मक प्रचारप्रसारविरुद्ध सम्बन्धित सञ्चारमाध्यममा खण्डन पठाइएको जानकारी पनि कार्यक्रममा गराइएको थियो । यसविरुद्ध प्रेस काउन्सिलमा उजुरी लिएर जाने तयारीसमेत भएको त्यस अवसरमा बताइएको थियो ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९