काठमाडौं। न्यायाधीश भुवन गिरीकी श्रीमती आरती गिरीले सर्वोच्च अदालत परिसरमै आत्मदाहको प्रयास गरेकी छन्।आइतबार दिउँसो सर्वोच्च पुगेकी उनलले आफैंमाथि मट्टितेल छर्किएर आत्मदाहको प्रयास गरेकी प्रहरीले जनाएको छ। उनलाई प्रहरीले उद्धार गरी वीर अस्पताल लगिएको प्रहरीले जनाएको छ।आफ्ना श्रीमान न्यायाधीश गिरीमाथि वैवाहिक बलात्कारको मुद्दा हालेकी उनले श्रीमानलाई थुनामा राख्न माग राख्दै आएकी छन्।


































































































































































