मुक्तिनाथमा भक्तजनमैत्री पूर्वाधार निर्माण हुने

मुस्ताङ, यहाँस्थित हिन्दू तथा बौद्ध धर्मालम्बीहरूको साझा धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर परिसरमा भक्तजनमैत्री पूर्वाधार निर्माण हुने भएको छ ।सो मन्दिर परिसरमा रु पाँच करोडभन्दा बढीको लागतमा भक्तजनमैत्री पूर्वाधार निर्माण हुन लागेको हो । यसका लागि पुरातत्व विभागबाट चार वटा योजना स्वीकृत हुने तयारीमा छ । गत आर्थिक वर्ष २०८१÷०८२ मा मुक्तिनाथ विकास समितिमार्फत पुरातत्व विभागमा पठाइएको भक्तजनमैत्री आठ वटा योजनामध्ये चार योजना पुरातत्व विभागबाट स्वीकृत हुन लागेको पुरातत्व विभागले जनाएको छ ।

 

 

मुक्तिनाथ विकास समितिद्वारा पेस गरिएका आठ वटा योजनामध्ये चार वटा भक्तजनमैत्री पूर्वाधार योजनाहरू स्वीकृत हुन अन्तिम चरणमा रहेको मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिनुभयो । समितिले पठाएका योजनामध्ये पहिलो पटक रु पाँच करोड १९ लाख लागत अनुमान गरिएका चार वटा योजना एकैसाथ स्वीकृत हुने अन्तिम चरणमा रहेको व्यवस्थापक भुसालको भनाइ छ ।उहाँका अनुसार स्वीकृत हुने तयारीमा रहेका भक्तजनमैत्री योजनामध्ये ड्रेस  चेन्जिङ हल, शौचालय, नयाँ भक्तजन परिक्रमा पथ र १०८ धारा मर्मत तथा स्तरोन्नति रहेका छन् ।

 

मुक्तिनाथ विकास समितिका प्राविधिक इन्जिनियर विनय थकालीका अनुसार मुक्तिनाथमा भक्तजनले १०८ धारा र स्नान कुण्डमा नुहाएपछि कपडा फेर्नका लागि ‘ड्रेस चेन्जिङ’ हल निर्माण गर्न रु दुई करोड २० लाख, सार्वजनिक शौचालय निर्माणमा रु एक करोड ३४ लाख, नयाँ परिक्रममा पथ निर्माणमा रु एक करोड ५७ लाख र १०८ धारा मर्मत तथा स्तरोन्नतिका लागि रु आठ लाख २२ हजार लागत स्टमेट गरी विभागमा पठाएको जानकारी दिनुभयो ।

 

यसैगरी समितिले पुरातत्व विभागमा पेस गरेका अन्य चार वटा योजना तत्कालका लागि अध्ययनको क्रममा रहेको इन्जिनियर थकालीले बताउनुभयो । उहाँले समितिले मुक्तिनाथमा अवस्थित शिव मन्दिर जीर्णोद्वार, आनी आवास गृह, मन्दिर कम्पाण्ड वाल निर्माण र ‘भिआइपी कक्ष’ र ‘हाइअल्टिच्युड सिग्नेस सेन्टर’ लगायतका योजना पुरातत्व विभागबाट स्वीकृतिका लागि पठाएको बताउनुभयो ।

 

 

मुक्तिनाथ विकास समिति लामो समयसम्म निस्क्रिय रहँदा मुक्तिनाथ मन्दिरमा भक्तजनले चढाएको भेटी रकम र आर्थिक सहयोग रकम खर्च हुन सकेको थिएन । आव २०८०÷०८१ मा समिति पुनःगठन भएसँगै मुक्तिनाथ विकास समितिमा रहेको कोषको रकम खर्च गर्ने बाटो खुलेको हो ।
मुक्तिनाथ विकास समितिको कोषमा झन्डै रु १० करोड बढी रकम मौज्दात रहेको छ । भक्तजनले दान गरेको भेटी रकम खर्च हुन नसक्दा स्थानीयस्तरमा समितिको चर्को आलोचना हुने गरेको थियो । यसैगरी मुक्तिनाथ मन्दिरमा दिनहुँ सयौँ भक्तजनहरूले दर्शन गर्ने भए पनि मन्दिर क्षेत्रमा भक्तजनमैत्री पूर्वाधार नहुँदा मुक्तिनाथमा दर्शन गर्ने दर्शनार्थी भक्तजनलाई निकै समस्या र चुनौती हुने गरेको थियो ।समितिका व्यवस्थापक भुसालले पुरातत्वमा पेस गरिएका योजना स्वीकृत भएमा समितिको कोषबाट खर्च हुने गरी भक्तजनमैत्री पूर्वाधार निर्माणको बाटो खुला हुने बताउनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९