मेयरको प्रतिवद्धता पछि १० औं दिन कटहरिया नगरपालिकाको ताला खुल्यो

रौतहट। रौतहटको कटहरिया नगरपालिकाका मेयर अजयप्रकाश जैसवालले सम्पूर्ण माग पूरा गर्ने प्रतिवद्धता जनाए पछि मंगलवार १० औं दिन नगरपालिकाको ताला खुला गरिएको छ। मेयर जैसवाल को सम्बोधन पछि आन्दोलनरत पक्षले सर्वसहमतिले नगरपालिकाको ताला खुलाएका हुन। मेयर जैसवाल माथि करोडौं भ्रष्टाचारको आरोप लगाउँदै गत पुस २३ गते कटहरिया नगरपालिकामा  तालाबन्दी गरेर उपमेयर नेतृत्वमा जनप्रतिनिधिहरु खबरदारीमा बसेका थिए।

 

आन्दोलनरत जनप्रतिनिधि लाई अगाडी राखेर मेयर जैसवालले आगामी १६ गते हुने नगर कार्यपालिका बोर्डको बैठक बाट हर सम्भव माग पुरा गराउने प्रतिबद्धता जनाएका पछि दुईपक्षीय सहमती भएको थियो। उपमेयर रिता देवी यादव,वडा २ का अध्यक्ष भूपेन्द्र कुशवाहा,४ का अध्यक्ष चन्दन कुशवाहा,५ का अध्यक्ष सर्फलाल गुप्ता,७ का अध्यक्ष सहिद मियाँ, कांग्रेस नगर सभापती शम्भु यादव, कार्यपालिका सदस्य जामुन ठाकुर, पूर्व वडा अध्यक्ष उमेश यादव, बाल्मीकी यादव,वडा प्रत्याशी हरेन्द्र यादव लगायत दर्जनौ नेता कार्यकर्ता ८ बुन्दे माग सहित  नगरपालिकामा गत पुस २३ गते तालाबन्दी गरेका थिए।

मेयर को सम्बोधन पछि उपमेयर रिता देवी यादव, वडा ४ का अध्यक्ष चन्दन कुशवाहा ,५ का अध्यक्ष सर्फलाल गुप्ताले जनताको हकहितमा गरिएको माग मेयर जैसवालले पूरा गर्नेमा विश्वस्त रहेको बताएका थिए। माग पुरा नभएमा अबको आन्दोलन थप कडा हुने उनीहरूले संयुक्त रूपमा चेतावनी दिएका थिए।

के के हुन आन्दोलनरत पक्षको ८ बुदेँ माग 

नगरक्षेत्र अन्तर्गत घरायसी प्रयोजनमा खर्च भएको विद्युत महशुल बापत प्राधिकरणको बक्यौता रकम सुनिश्चित गर्नुपर्ने, नगरपालिका मातहत तथा कार्यालयमा विगत देखि खट्दैआएको कर्मचारी, डोर, करार, सफाईकर्मी, सबैको बाँकी तलब भुक्तानी गरी कर्मचारी राख्ने न राख्ने बारे छलफल गर्नुपर्ने, कुनै पनि शीर्षकमा खर्च गर्नु अघि खर्चको प्रस्ताव माथि नगर कार्यपालिका बोर्डको बैठक बाट सुनिश्चित गर्नुपर्ने माग गरिएको छ।

त्यस्तै बिगतमा नगरक्षेत्र भित्र हैन्डपाईप जडानमा छुट्याईएको रकमको लेखाजोखा बोर्डलाई जानकारी दिनुपर्ने, विधुत पोल खरिदको लागि छुट्याइएको १ करोड रुपैयाँ प्राधिकरण कार्यालयमा जमा गराई सम्झौता गर्नु पर्ने, आर्थिक बर्ष २०७९१ ०८० मा केन्द्र, प्रदेश सरकार तथा अन्य निकाय संघ संस्था बाट आएको योजनाको प्रगती बिवरण सार्वजनिक गर्नुपर्ने र नगरपालिकामा कार्यरत स्थायी , करार, डोर,को संख्या, नाम ठेगाना सहित, उनीहरूको तलबमानको बिवरण, तथा भुक्तानी बारे लिखित जानकारी गराउन माग गरिएको छ।

के थियो तालाबन्दीको कारण 

यस अघि गत १८ गते बसेको कार्यपालिका बोर्डको बैठकमा ८ बुन्दे माग बारे जानकारी माग्दा मेयर जैसवालले गत २३ गते सोमबार हुने कार्यपालिका बोर्डको बैठकमा सम्पूर्ण बिवरण पेस गर्ने बताएका थिए। २३ गते भनिएको बैठकमा सहभागी हुन आउँदा मेयर जैसवाल , प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर सिंह सहित अनुपस्थित रहेको र मेयरको मानिस हिँउदे अधिवेशनको लागि कार्यपालिका सदस्यहरुको घरघरमा निर्णय पुस्तिका लागेर हस्ताक्षर गराउन सुरुगरेकाले आफूहरु तालाबन्दी गर्न बाध्य भएको वडा ५ का अध्यक्ष सर्फलाल गुप्ताले बताएका थिए।

एकातर्फ बिभिन्न शीर्षकमा करोडौं रुपैयाँ निकासा गरेर अनियमितता गरेका मेयर अजयप्रकाश जैसवालले हिँउदे अधिवेशन सकेर पुनः रकम निकासा गराउने दाउमा देखिएकाले बाध्यभएर नगरपालिकामा तालाबन्दी गर्नुपरेको जनप्रतिनिधिहरुले बताएउँदै आएका छन। मासिक १० लाख भन्दा बढिको डिजल पेट्रोल खर्च, नगरको स्थायी कर्मचारीको मासिक करिब १० लाख तलब आउने स्थानमा करार देखाएर मासिक ३५ लाख तलबको नाउँमा मेयर जैसवालले लीनेगरेको उनीहरूले दाबी गरेका छन। उपमेयर रिता देवी यादवको नेतृत्वमा नगरपालिका अगाडी खबरदारी गरिरहेकै समय गत आईतवार मेयर अजयप्रकाश जैसवाल आफ्नो घरमै हिउँदे अधिवेशन गरेको घोषणा गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

नजिकबाट माछापुच्छे नियाल्न ‘हेम्जाकोट’

गण्डकी,  आँखै अगाडी चाँदीझैँ टलक्क टल्कने माछापुच्छे हिमालसहितको मनोरम हिमशृङ्खला, वरिपरि हरियाली वनङज्गल एवम् ढुङ्गाले छपक्क छापिएको बाटा तथा घरहरू । यो हेम्जाकोट हो, जहाँबाट दक्षिणतर्फ पोखरा देखिन्छ । हालसम्म आरोहण नभएका कारण हिमालको उपमा पाएको माछापुच्छ«ेको काखमा रहेको यो गाउँ कास्कीको माछापुच्छ«े गाउँपालिका–६...

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ, विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रुपमा रहनुभएका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल हुनुभएको थियो । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा...

लिम्चुङबुङ उदयपुरको प्रमुख सुन्तला जोन क्षेत्र बन्दै

गाईघाट (उदयपुर), यहाँका पहाडी गाउँपालिकामध्ये लिम्चुङबुङ दुई वर्षदेखि जिल्लाको प्रमख सुन्तला जोन क्षेत्र बन्दै गएको छ । लिम्चुङबुङ–५ बलाम्ता चलेसटेम्माका सुन्तला उत्पादक कृषक रेसराज राईका अनुसार पाँच वर्षअघिसम्म गाउँमा ८०० देखि एक हजार २०० बोटभन्दा बढी सुन्तला थिएनन् ।   पाँच वर्षयता प्रत्येक घरका कृषकले २००...

सिरियाली राष्ट्रपति अहमद अल–सारा ऐतिहासिक भ्रमणका लागि अमेरिकामा

दमास्कस,सिरियाका राष्ट्रपति अहमद अल–सारा शनिबार संयुक्त राज्य अमेरिकाको ऐतिहासिक आधिकारिक भ्रमणका लागि वासिङ्टन पुग्नुभएको छ । सिरियाको सरकारी समाचार एजेन्सीका अनुसार यो भ्रमण अमेरिकी सरकारले राष्ट्रपतिलाई ‘आतङ्कवाद कालोसूची’ बाट हटाएको एक दिनपछि सम्पन्न भएको हो ।   गत वर्षको अन्त्यमा लामो समयका शासक बशर अल–असदलाई अपदस्थ...

तल्लो हेवा खोला जलविद्युत आयोजनाको ऋण सम्झौता

काठमाडौँ,  तल्लो हेवाखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । पाँच खपन जलविद्युत् प्रालिले निर्माण गर्न लागेको छ दशमलव ८४ मेगावाट क्षमताको सो आयोजनामा दुई वाणिज्य बैंकले रु ९८ करोड १७ लाख बराबरको ऋण लगानी गर्ने भएका हुन् ।   सो आयोजानमा सिद्धार्थ बैंकले रु ५०...

नजिकबाट माछापुच्छे नियाल्न ‘हेम्जाकोट’

गण्डकी,  आँखै अगाडी चाँदीझैँ टलक्क टल्कने माछापुच्छे हिमालसहितको मनोरम हिमशृङ्खला, वरिपरि हरियाली वनङज्गल एवम् ढुङ्गाले छपक्क छापिएको बाटा तथा घरहरू । यो हेम्जाकोट हो, जहाँबाट दक्षिणतर्फ पोखरा देखिन्छ । हालसम्म आरोहण नभएका कारण हिमालको उपमा पाएको माछापुच्छ«ेको काखमा रहेको यो गाउँ कास्कीको माछापुच्छ«े गाउँपालिका–६...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शैक्षिक गुणस्तर सुधारमा अब्बल बन्दै कृष्णपुरको नन्द मावि

कञ्चनपुर, कृष्णपुर नगरपालिका–३, देखतभूलीस्थित नन्द माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर सुधारलाई मुख्य एजेण्डा बनाएर नमुना विद्यालयका रूपमा स्थापित गर्ने अभियान अघि बढाएको छ । विद्यालयले ‘हामी बनाउँछौँ विद्यालय’ भन्ने नारासहित शिक्षक, विद्यार्थी र समुदाय सबैलाई सहभागी गराउँदै सकारात्मक रूपान्तरणको नमुना प्रस्तुत गरेको छ । विद्यालयले हालै...

थालेसेमियाका बिरामीको स्वास्थ्य बिमा शुल्क हस्तान्तरण

चितवन,  भरतपुर अस्पतालमा उपचाररत थालेसेमियाका बिरामीहरुको स्वास्थ्य बिमा गर्दै आएको चितवन सहायता कोष बेल्जियमले ६९ बिरामीको बिमावापतको रकम हस्तान्तरण गरेको छ । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेललाई समाजका अध्यक्ष ईश्वरीप्रसाद कँडेलले बिमावापतको रकम हस्तान्तरण गर्नुभएको हो ।   कँडेलले उनीहरुको स्वास्थ्य बिमावापतको रु दुई लाख...

हङकङ इन्टरनेशनल सिक्सेसः नेपाल युएईसँग पराजित

काठमाडौँ, हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग ४३ रनले पराजित भएको छ । युएईले प्रस्तुत गरेको एक सय ३० रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ६ ओभरमा ४ विकेट गुमाउँदै ८४ रनममा समेटियो । नेपालका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९