निजगढमा बाघले चौपाया मारेर खान थाले पछि पूरै गाउँ त्रसित

बारा। बाराको निजगढ नगरपालिकाको वडा नम्बर १०, ११, १२ र १३ का निकुञ्ज र सामुदायिक वनसँग जोडिएका बस्तीका सर्वसाधारण बाघको त्रासमा छन् ।पर्सा राष्ट्रिय निकुञ्ज र सामुदायिक वन नजिकै रहेका बस्तीहरु यतिबेला त्रसित भएका छन् । बाघले दिनदिनै किसानले पालेको चौपाय मारेर खान थालेपछि यतिबेला पूरै गाउँ त्रसित भएको छ । निकुञ्जसँगै जोडिएको सामुदायिक बनमा पसेको बाघले गाई, गोरु, खसि, बाख्रा खाएको भएतापनि पर्सा राष्ट्रिय निकुञ्जले हिंसात्मक गतिविधि गर्ने बाघलाई नियन्त्रण गर्न सकेको छैन । पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रको रुपमा रहेको रतनपुर र लालगाउँमा पछिल्लो समयमा मात्रै बाघले खाएर चार दर्जनभन्दा बढी चौपाय मारिसकेको छ । बाघले चौपाय मार्ने क्रम बढेपछि स्थानीय बासिन्दामा त्रास बढेको रतनपुरका स्थानीय बताउछन । घर र गोठमै बाघ पसेर चौपाय मार्न थालेपछि स्थानीयमा त्रास बढेको र बाघको आक्रमण बढेपछि सर्वसाधारणले समेत असुरक्षित महशुस गर्न थालेको नयन कुमारी श्रेष्ठले बताईन । वन्यजन्तुले निकुञ्ज आसपासका बस्तीमा पटकपटक क्षति गर्दा पनि निकुञ्जले बस्ती जोगाउन दीर्घकालीन योजना अघि सारेको नसारेको र निकुञ्जले बस्तीलाई सुरक्षित राख्न नसक्दा बेलाबेला वन्यजन्तु गाउँ छिरेर क्ष्यति गर्ने गरेको निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले बताए । बस्ती बचाउन दीर्घकालीन योजना निर्माण गर्नुपर्ने नगरप्रमुख पुरीको भनाइ छ । कतिबेला बाघ बस्ती तथा बस्ती वरिपरि आउँछ थाहा हुँदैन, पछिल्लो समय बाघ बस्ती नजिक आउन थालेको छ। यस्तो अवस्थामा कसरी जोखिम कम गर्न सकिन्छ उपाय अवलम्बन गर्नुपर्ने र बाघ कतिबेला आउँछ भन्ने डरले दैनिक कामकाज प्रभावित भएका स्थानियलाई पुर्ण एक्लै हिँड्डुल गर्न र काममा निस्कन सक्ने बतावरण बनाउनु पर्ने नगर प्रमुख पुरीको भनाइ छ । यता गाँउमा वन्यजन्तुको आतङ्ग भएपछि करिब दुई महिनाबाट निजगढ नगरपालिकाले समेत पटक पटक ताकेता गर्दा समेत वन्यजन्तुले निकुञ्ज आसपासका बस्तीमा पटकपटक क्षति गर्दा पनि निकुञ्जले बस्ती जोगाउन दीर्घकालीन योजना अघि सारेको देखिँदैन । नगरपालिकाको पटक पटकको ताकेतापछि निकुञ्जले हिंसात्मक बाघको पहिचान गर्न आज सिसिटिभि जडान गरेर बाघ पहिचान गर्ने भएको छ ।  निजगढ नगरपालिकाले बाघको त्रासमा रहेका नगरबासी र नजिकका बस्तिमा बढेको वन्यजन्तुको आतङ्गको बारेमा छलफल गर्न भनेर निजगढ नगरपालिकाले निकुञ्जका अधिकारीहरुलाई बोलाएर रतनपुरीमा आज छलफलसमेत आयोजना गरेको थियो ।यता निकुञ्जले भने बाघले निकुञ्जको जंगलमा नभई सामुदायिक वन र जिल्ला बनको क्षेत्रअधिकार भित्र भएको हुदाँ निकुञ्जले हेर्न नमिल्ने भएकाले प्रबिधिक सहयोग मात्र गर्ने हो सोही अनुसारले निकुञ्जले सिसिटिभि जडान गरेर बाघको पहिचान गर्न सहयोग गरेको सन्तेश भाग्वतले बताए । उनले यस क्षेत्र पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्र भित्र नरहेको समेत बताए ।
यस क्षेत्रमा जंगली जनावरले आक्रमण गरेर चौपाय मार्ने र मानवीय क्षतिको समेत जोखिम समेत उच्च रहेकोले सोको नियन्त्रणका लागि आवश्यक कार्य गरी पीडित किसानलाई क्षतिपूर्तिसमेत उपलब्ध गराइदिन निकुञ्जको कार्यालय र जिल्ला वन कार्यालयलाई अनुरोध गरेको छ । यस क्षेत्रमा बाघले चौपाय मारेर खाने थालेपछि निजगढ नगरपालिकाले पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयसंग पीडित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ ।बस्तीका दुवैतिर वनजंगल भएकाले पाटेबाघ लगायतका हिंस्रक वन्यजन्तु ओहोरदोहोर गर्नुको साथै यस्ता वन्यजन्तुले मानिसलाई आक्रमण गरी घाइते बनाउने तथा मार्ने सम्भावना भएको हुँदा सर्वसाधारणहरु सचेत हुनेपर्ने र वन्यजन्तुबाट मानव तथा घरपालुवा जनावर बचाउन खासै क्रियाकलाप नभएको यस निकुञ्जले पछिल्लो समय मानव–वन्यजन्तु द्वन्द्व बढ्दै जाँदा निकुञ्ज पहिला मानव बचाउने की वन्यजन्तु भन्ने विषयमा अन्योलमा छ ।रतनपुरी गाउँबाट पूर्वतर्फको जंगलमा चरिचरणमा लगिएका बाख्राहरु बाघले मारेको हो । विगत केही वर्षयता रतनपुर क्षेत्रमा जंगली जनावरले किसानले पालेको चौपाय र लगाएको बाली खाएर क्षति पु¥याउदै आएको छ ।रतनपुरी गाउँबाट पूर्वतर्फको जंगलमा चरिचरणमा लगिएका बाख्राहरु बाघले मारेको हो । विगत केही वर्षयता रतनपुर क्षेत्रमा जंगली जनावरले किसानले पालेको चौपाय र लगाएको बाली खाएर क्षति पु¥याउदै आएको छ । रतनपुरी गाउँबाट पूर्वतर्फको जंगलमा चरिचरणमा लगिएका बाख्राहरु बाघले मारेको हो । विगत केही वर्षयता रतनपुर क्षेत्रमा जंगली जनावरले किसानले पालेको चौपाय र लगाएको बाली खाएर क्षति पु¥याउदै आएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार

काठमाडौँ,  पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालन भएको मेलामा दर्शकको उल्लेखनीय सहभागिता रहेको मेला संयोजक तथा फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङले जानकारी...

सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी

सिरहा,  गत माघ १६ गते यहाँको सिरहा नगरपालिका–७ स्थित मैनाबत्ती खोला किनारमा भएको एक हत्या घटनाका दोषी प्रहरीले अझै पत्ता लगाउन सकेको छैन । खेत जोतिरहेका बेला सिरहा नगरपालिका–१ का ४५ वर्षीय प्रेमनाथ यादवको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेका थिए ।   मृतक यादवका...

उद्योग वाणिज्य महासङ्घमा चुनावी सरगर्मी : दुई प्यानलबाट आंशिक उम्मेदवारी घोषणा, यस्तो छ चुनावी तालिका

काठमाडौँ, नेपाल उद्योग वाणिज्य महासङ्घको ६०औँ वार्षिक साधारणसभा तथा निर्वाचनले निजी क्षेत्रभित्रको राजनीतिक तथा संस्थागत सरगर्मी तीव्र बनेको छ । महासङ्घको कार्यकारिणी समितिको १५ औँ बैठकले गरेको निर्णयअनुसार यहि चैत्र २९ गते साधारणसभा र त्यसलगत्तै चैत्र ३० गते निर्वाचन कार्यक्रम तय गरिएको छ ।...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

कोभिडले बन्द भएका इँटा उद्योग अझै सञ्चालनमा आउन सकेनन्

चितवन,  जिल्लामा कोभिड महामारीका कारण बन्द भएका यहाँका १६ इँटा उद्योग अझै सञ्चालनमा आउन सकेका छैननन् । कोभिडका कारण बन्द भएका उद्योगमध्ये दुई मात्र सञ्चालनमा आएका छन् ।चितवन इँटा उद्योग सङ्घका अध्यक्ष नारायण सापकोटाका अनुसार कोभिडपछि बन्द भएका दुई उद्योग मात्र पुनः सञ्चालनमा आएका...

‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार

काठमाडौँ,  पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालन भएको मेलामा दर्शकको उल्लेखनीय सहभागिता रहेको मेला संयोजक तथा फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङले जानकारी...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

सन्त निरंकारी मण्डल नेपालद्वारा नारी सन्त समागमबारे आज पत्रकार सम्मेलन गर्दै 

कैलाली — सन्त निरंकारी मण्डल नेपालले सुदूरपश्चिम प्रदेशमा आयोजना हुन लागेको प्रादेशिक नारी सन्त समागमबारे जानकारी दिन आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।   बर्दगोरिया गाउँपालिका–१ टिनबजार नजिक आयोजना हुने उक्त पत्रकार सम्मेलन दिउँसो ३ बजेका लागि तय गरिएको मण्डलले जनाएको छ। सम्मेलनमार्फत समागमको उद्देश्य,...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

कर्णाली, यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा २०८२ मा कर्णाली प्रदेशबाट ३८ हजार विद्यार्थी सहभागी हुने भएका छन् ।कर्णाली प्रदेशका १० जिल्लाका १६१ परीक्षा केन्द्रबाट नियमिततर्फ ३२ हजार २५५ र ग्रेड वृद्धितर्फ छ हजार १२४ गरी जम्मा ३८ हजार ३७९ विद्यार्थी...

४८ औँ नेत्रज्योति दिवसः नेपालको आँखा उपचार सेवा र नेपाल नेत्रज्योति सङ्घ

काठमाडौँ, नेपालमा स्वास्थ्य सेवाको विकासको इतिहासमा ‘आँखा उपचार सेवा’ एउटा सफल उदाहरणका रूपमा स्थापित भएको छ । सीमित स्रोत, जटिल भौगोलिक अवस्था र स्वास्थ्य सेवाको सीमित पहुँचका बाबजुत नेपालले अन्धोपन न्यूनीकरणमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । यस उपलब्धिको केन्द्रमा रहेको संस्था हो– नेपाल...

प्रधानमन्त्री कप क्रिकेटः मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज (पर्सा), प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।वीरगञ्जको नारायणी रङ्गशालामा भएको उक्त खेलमा मधेस प्रदेशले सुदूरपश्चिमलाई पाँच विकेटले पराजित गरेको हो । सुरुआती चरणमा ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले ४३ दशमलव २ ओभरमा सबै विकेट...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९