काठमाडौं । गोरखा- गोरखाको पालुङटार नगरपालिकामा आज करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा पालुङटार नगरपालिका–६ गाँइखुरका ४८ बर्षिय अनन्त परियारको रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले बताए।परियारलाई आफ्नै बारीमा रहेको कटहरको रुख काट्ने क्रममा करेन्ट लागेको थियो । रुखले हाइटेन्सन लाइनमा छोएपछि उनी लडेर गम्भीर घाइते भएका थिए ।परियारको तनहुँको लक्ष्मी अस्पतालमा उपचारका क्रममा बिहीबार दिउसो १:४० बजे मृत्यु हो। परियारको दमौली अस्पतालमा पोस्टमार्ट पछि आज मात्र शव आफन्तलाई बुझाइएको सूचना अधिकारी श्रेष्ठले बताए।































































































































































