कमजोर आर्थिक अवस्थाकी उनको चन्दा सङ्कलन गरेर सेतीमा उपचार थालिएको हो । अहिले चन्दा उठेको रकम समेत सकिए पछि अन्यत्र लैजान समस्या भएको परिवारले जनाएको छ । पालिकाको वडा नम्बर-१ की उनको आगोका कारण छाती र कम्मरको बिच भागमा अत्यधिक जलेको छ । आगो ताप्ने क्रममा शरीरमा आगो सल्किए पछि घरमा उनी एक्लै भएका कारण बढी जलन भएको हो ।
“जलेको भाग हेर्न सकिने अवस्था छैन । सेतीमा सात दिन राख्दा सहयोग उठेको सबै पैसा सकियो । अस्पतालले नेपालगन्ज नभए काठमाडौँ लैजाऊ भनेको छ । हामी सँग पैसा छैन । त्यसैले घरमै ल्याएर राखेका छौ ।” उनकी छोरी चन्द्रिका न्यौपानेले भनिन् ।
उनको ज्यान जोगाउन परिवारले सहयोगको अपिल गरिएको छ । उनको सहयोगका लागि स्थानीय लक्ष्मण सापकोटाको अगुवाइमा सहयोग सङ्कलन थालिएको छ । परिवारको बैङ्क खाता अभावमा सहयोगी मनहरूले सापकोटाको नाममा एभरेस्ट बैङ्कमा रहेको खाता नम्बर ०६८००५०१२०००२९ मा सहयोग गरिदिन वा मोबाइल नम्बर ९८४८५९७३७८ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।