एप्पलले आईफोन प्रयोगकर्तालाई भन्यो, ‘तपाइको मोबाइलको जासुसी भइरहेको छ’

क्यार्लिफोनिया। एप्पलले आफना आफना आइफोन मोबाइलमा जासुसी भइरहेको जनाएको छ ।  कथित पेगासस जस्तो स्पाइवेयरले एप्पलको आइफोन माथी जासुसी गरेको भन्दै अलर्टको चेतावनी दिएको हो । विश्वका ९१ देशका आईफोन प्रयोगकर्ताहरूलाई फेरि एकपटक चेतावनी दिदैँ आईफोन पेगासस आक्रमण जारी रहेको जनाएको हो ।

 

एप्पले मेसेज पठाए लगत्तै हंगामा मच्चियो तर पछि कम्पनीले यसलाई कुनै राज्यले प्रायोजित गरेको भन्दै अस्वीकार गरेको थियो । गत बुधबार रातीको घटनाको बारेमा कुरा गर्दा प्रयोगकर्ताहरूले कुनै सन्देश प्राप्त नगरेको जनाएका छन् । तर, उनीहरूको दर्ता गरिएको इमेलमा यो कथित जासुसी सफ्टवेयरको बारेमा जानकारी गराइएको छ।

 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?