नेपाल–चीन महिला सहकार्यको ऐतिहासिक सम्मेलन

काठमाडौँ,  जनवादी गणतन्त्र चीनको सिजाङ (तिब्बत) प्रान्तको परराष्ट्र मामिला कार्यालयको निमन्त्रणामा आयोजित महिला सम्मेलनमा नेपाल–चीन महिला सहकार्य गर्ने विषयमा छलफल भएको छ ।

यही मङ्सिर ८ गतेदेखि १२ गतेसम्म सिजाङ स्वायत्त क्षेत्रको ल्हासा सहरमा भएको उक्त सम्मेलनमा महिला अधिकार, कानुन र तिब्बती उपचार पद्धतिका साथै महिला उद्यमशीलता, पर्यटन, जडीबुटी र हस्तकलाको विकासमा दुवै देशबीच सहकार्यका सम्बन्धमा छलफल भएको छ ।

सम्मेलनमा आदिवासी जनजाति आयोगकी सदस्य रीना रानाले नेपाली महिला प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको थियो । नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० वर्षे यात्रामा दुवै देशका महिलाबीचको यो पहिलो औपचारिक महिला सम्मेलन भएको थियो । सम्मेलनले दुई देशबीचको मैत्रीपूर्ण सहकार्य अझ सुदृढ गर्दै महिला विकासका नयाँ मार्गहरू पहिचान गरेको आयोगका सदस्य रानाको भनाइ छ ।

समावेशी नेपाली प्रतिनिधिमण्डलमा महिला उद्यमी महासङ्घ नेपालकी अध्यक्ष शोभा ज्ञवाली, उपाध्यक्ष सुनिता वैद्य श्रेष्ठ, राष्ट्रिय समाचार समिति (रासस) का पत्रकार कालिका खड्का, उद्योग परिसङ्घ युवा उद्यमी मञ्चकी उपाध्यक्ष निदा डोन मल्ल, नेपाल ‘ल’ क्याम्पसका सहायक प्राध्यापक डा विष्णु बस्याल, नेपालस्थित चिनियाँ दूतावासका युवा सदस्यहरु सदस्य कुन्दन शर्मा (मेकालिनकल इञ्जिनियर) र श्रीया गिरी (मानसिक स्वास्थ्य विद्), जेनजी पुस्ताकी प्रतिनिधि ओजस्वी भट्टराई र आयोगका सदस्य रानाकी सहयोगी प्रतिक्षा घले गुरुङ सहभागिता रहेको थियो ।

“यो सम्मेलन नेपाल–¬चीनका महिलाबीचको संवाद मात्र होइन, दुई देशका महिलाका बहुआयामिक क्षेत्रमा सहकार्यको नयाँ सुरुवात भएको छ”, आयोगका सदस्य रानाले भन्नुभयो, “यसलाई निरन्तरता दिन सकियो भने दुवै देशका महिला र युवाको भविष्य उज्यालो हुनेछ ।”

नेपाली प्रतिनिधिमण्डलले तिब्बती उपाचार पद्धतिको अवलोकनका क्रममा सहभागीहरूको स्वास्थ्य परीक्षणसमेत गरिएका थिए । आयोगकी सदस्य रानाले स्वास्थ्य परीक्षणपछि भन्नुभयो, “तिब्बती उपचार पद्धति सस्तो, सरल र नेपाली आदिवासी उपचार विधिसँग अत्यन्त मिल्दोजुल्दो रहेछ, नेपालमै यसका तालिम उपलब्ध गराउने सम्भावना सकारात्मक रूपमा व्यक्त गरिएको छ, जुन असाध्यै राम्रो हो ।”

महिला अधिकारबाट आर्थिक विकाससम्म कार्यक्रममा नेपाल र चीनका महिलाबीच–महिला अधिकारका कानुनी विकास, सरकारी सेवा प्राप्तिमा महिलाको अवस्था, स्वास्थ्य, शिक्षा र उद्यमशीलताबारे विस्तृत रुपमा छलफल भएको थियो । महिलाको आर्थिक उत्पादन, सामाजिक पहुँच र नेतृत्व विकासका क्षेत्रमा दुवै देशका प्रतिनिधिबीच अनुभव र विचार साटासाट गरिएको थियो ।

सम्मेलनमा सिजेङ प्रान्तका वैदेशिक मामिला कार्यालयका उपमहानिर्देशक ओयाङ झिबिङले सम्मेलनलाई नेपाल–चीन मित्रताको ७० वर्षमा महिलामार्फत सुरु भएको पहिलो औपचारिक सहकार्य भएकाप्रति खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “दुवै देशका महिलाबीचको संवादले कूटनीतिक सम्बन्धमा नयाँ जीवन र ऊर्जा थप्नेछ भन्ने विश्वास लागेको छ ।”
सम्मेलनको उद्देश्य नेपाल–चीन मैत्रीपूर्ण सहकार्यलाई मजबुत बनाउने, महिलाको क्षेत्रमा गुणस्तरीय विकास अभिवृद्धि गर्न सहयोग पु¥याउने, कानुन, मानवअधिकार, स्वास्थ्य, शिक्षा, पर्यटन, जडीबुटी, हस्तकला क्षेत्रमा सहकार्यका साथै नयाँ सम्भावना पहिचान गर्ने रहेको उहाँको भनाइ थियो ।

प्रतिनिधिमण्डलले तिब्बती उपचार पद्धतिमा प्रयोग हुने प्राकृतिक जडीबुटी, आदिवासी ज्ञान र उपचार विधि नजिकबाट अध्ययन गर्नुभएको थियो । उद्यमशीलता, पर्यटन र जडीबुटीमा सहकार्यका नयाँ ढोका सफल भएको भन्दै महिला उद्यमी महासङ्घकी अध्यक्ष शोभा ज्ञवालीे भ्रमण अत्यन्त सफल र फलदायी रहेको भनाइ व्यक्त गर्नुभयो ।

“सम्मेलनमा उद्यमशीलता क्षेत्रका अवसर, चुनौती र भविष्यका सम्भावनाबारे गहन छलफल भयो”, उहाँले भन्नुभयो, “नेपाली उद्यमीलाई निःशुल्क सीप विकास तालिम र उद्यमशीलता अभिवृद्धि कार्यक्रम उपलब्ध गराउने सम्बन्धमा सकारात्मक प्रतिबद्धता प्राप्त भयो ।”

पर्यटन, जडीबुटी, कृषि तथा हस्तकला प्रवर्द्धनका क्षेत्रमा दुवै पक्षबीच दिगो सहकार्यका बुँदाहरूमा विस्तृत विचार–विमर्श हुनु आफैमा महत्वपूर्ण भएको उल्लेख गर्दै उहाँले तिब्बती उपचार पद्धति नेपालका मुस्ताङ, मनाङ, हुम्ला, डोल्पा जस्ता उत्तरी भूभागमा उपयोगी हुन सक्ने उहाँको विश्लेषण छ ।

युवा उद्यमी, पत्रकार, कानुन व्यवसायी तथा मेकानिकल इञ्जिनियरहरूको सहभागिताले सम्मेलनलाई नयाँ पुस्ताको दृष्टिकोणले समृद्ध बनाउँदै चिनियाँ पक्षले नेपालका युवालाई सीप विकास, शिक्षा र प्रविधिमैत्री परियोजनामा सहयोग गर्ने विश्वास दिलाएको छ । सिजाङ प्रान्तले महिलाका निःशुल्क शिक्षा, सुरक्षित आवासगृह, महिला–केन्द्रित परियोजन सञ्चालन गरेको छ ।

नेपालीले बनाएका हस्तकला सामग्री चीनमा लोकप्रिय हुँदै गएको देखिनुले दुवै देशबीच सांस्कृतिक र आर्थिक सहकार्यक्षेत्र अझ व्यापक बन्ने सङ्केत दिएको नेपाली प्रतिनिधिमण्डलको अनुभव छ । सहकार्यको यात्रा निरन्तर भएमा सम्मेलन उपलब्धिमूलक, अर्थपूर्ण र भविष्य–सुखी रहेको सहभागीहरूको ठम्याइ छ । दुवै देशका महिलाबीच स्थापित भएको सम्बन्धले कूटनीतिक सम्बन्ध, महिला नेतृत्व, स्वास्थ्य, उद्यमशीलता, पर्यटन, कृषि तथा जडीबुटी उद्योग सबै क्षेत्रमा नयाँ सम्भावना खोलेको नेपाली भ्रमण टोलीको अनुभव छ । कालिका खड्का/रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९