‘प्रतिभा नक्षत्र २०२४’ को पाँचौं संस्करण भदौ १० गते हुँदै

काठमाडौँ । बेलायतमा रहेका नेपाली बालबालिकाहरूका लागि प्रतिभा प्रस्फुटन तथा नेपाली संस्कृतिको संरक्षण र प्रर्वद्धन गर्ने लक्ष्यसहित स्थापित कार्यक्रम ‘प्रतिभा नक्षत्र’को पाँचौं संस्करण यही भदौ १० गते आयोजना हुने भएको छ ।

 

 

‘प्रतिभा नक्षत्र २०२४’ को कार्यक्रम यही अगष्ट २६ अर्थात भदौ १० गते सोमबार बेलायतको लण्डनस्थित वुल्विचको सेन्ट गर्ज्स ग्यारिसन हलमा कार्यक्रम हुन लागेको हो । कार्यक्रम सञ्चालन स्थानीय समयानुसार बिहान १० देखि राति ८ बजेसम्म हुनेछ ।

 

 

 

कार्यक्रममा विश्वका जुनसुकै देशबाट पनि नेपाली बालबालिकाहरूले सहभागिता जनाउनसक्ने व्यवस्था गरिएको छ । नेपाली कला, संस्कृति र विविधताको मौलिक पहिचान र प्रतिभा प्रस्तुति रहने कार्यक्रममा सहभागी हुन इच्छुक प्रतियोगीले अनलाईनमार्फत् पनि आवेदन दिनसक्ने व्यवस्था मिलाईको छ ।

 

 

कार्यक्रम बेलायतमा बसोबास गर्दैआएका नेपाली बालबालिकाका लागि मात्र नभएर विश्वभरि रहेका नेपालीभाषा, कला र संस्कृतिलाई माया गर्ने बालबालिकालाई नेपाली भाषा, कला र संस्कृतिको जानकारी दिने तथा प्रतिभा प्रर्दशन गर्ने उद्देश्यले राखिएको आयोजनाका परिकल्पनाकार राजेन्द्र खसले बताए ।

 

 

 

‘कार्यक्रममा सहभागी हुन बेलायतमै बसेको हुनपर्ने मान्यता छैन,’ उनले भने, ‘विश्वभरि जहाँबाट भएपनि नेपालीभाषा, कला र संस्कृतिलाई माया गर्ने जो कोही बालबालिकाहरूले आफ्नो प्रतिभासहित सहभागी जनाई प्रतिष्पर्धा गर्न सक्नेछन् ।’

 

 

यसअघिका विभिन्न चारवटा संस्करणमार्फत् प्रतिभा नक्षत्र कार्यक्रमले परदेशमा रहेका बालबालिकाहरूले नेपाली भाषा, संस्कृति, संस्कार र मौलिकताप्रति आप्नोपनको अनुभव गराउन महत्वपूर्ण योगदान दिन सफल रहेको आयोजकको दाबी छ ।

 

 

 

कार्यक्रममा नेपाली गीत, सङ्गीत, नृत्य, कला, साहित्य, चित्रकलालगायतका जुनसुकै विधामा पनि बालबालिकाले प्रतिभा देखाउन सक्नेछन् । यसको अलावा बालबालिकाका अभिभावक र युवाहरूलाई पनि नेपाली भाषा, कला र संस्कृतिसँग परिचित गराउने खालका विभिन्न प्रस्तुति देखाउनसक्ने व्यवस्था मिलाईएको आयोजकले जानकारी दिएको छ । कार्यक्रममा नेपाली संस्कृति झल्काउने खालका खानाहरू, नेपाली खेलहरू, नेपाली घरहरू, थारु संस्कृति झल्काउने घर, मादल, डोको, डालो, ढिकी, जाँतो, नेवारी परिकार, खस, गुरुङ, मगर समुदायको मौलिकता झल्काउने स्टलहरू, लाखेनाच, कुमारीनाच, पञ्चेबाजालगातयतका नेपाली मौलिकता र परम्परा झल्काउने विविध सांस्कृतिक प्रस्तुतिहरूसँगै कला, साहित्य पनि कार्यक्रममा प्रमुख आकर्षण रहनेछन् ।

 

 

 

प्रतिभा नक्षत्रमा बाल तथा युवागरी दुई छुट्टाछुट्टै समूहमा प्रतिष्पर्धा हुनेछ । बाल नक्षत्रमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः चार सय, तीन सय र दुई सय पाउण्ड राशिको पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी युथ नक्षत्रतर्फ पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः छ सय पाउण्ड, पाँच सय पाउण्ड र चार सय पाउण्ड प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

 

 

 

बालसमूहतर्फ ६ वर्षदेखि ११ वर्षसम्म उमेरका बालबालिका र युथअन्तर्गत ११ देखि १९ वर्ष उमेका युवाले जुनसुकै देशबाट पनि भाग लिन सक्नेछन । पाँच वर्षदेखि नियमित हुँदै आएको प्रतिभा नक्षत्र कार्यक्रममा यस वर्ष भने अष्टिया, पोर्चुगल, बेल्जियम, जापान, अमेरिका लगायतबाट पनि अनलाइनमार्फत् आवेदनप्राप्त भएका छन् । कार्यक्रममा सहभागी हुन चाहने नेपाली समुदायका बालबालिकाले प्रतिभा नक्षत्रको वेभसाइट तथा फेसबुक पेजमा गएर आवेदन दिनसक्ने गरी व्यवस्था मिलाईएको छ ।

 

 

 

कार्यक्रमले आपसी सद्भाव, समन्वय साथै नेपाली भाषा र संस्कृतिको जर्गेनासँगै विश्वमाझ नेपाली मौलिकताको पहिचान प्रर्वद्धन गर्ने मुख्य उद्देश्य राखेको छ । यस वर्षको प्रतिभा नक्षत्र कार्यक्रममा आइएनएएस यूके, बुद्ध फाउण्डेशन यूके, जामघाट परिवार, एनआरएनए यूकेलगायतका संस्थाहरू र नेपाली सञ्चारमाध्यमको पनि उल्लेख्य सहभागिता रहनेछ । कार्यक्रममा ७ वर्षमुनिका बालबालिका र ७० वर्षमाथिका जेष्ठ नागरिकहरूका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । कार्यक्रमलाई गैह्र आवासीय नेपाली सङ्घ (एनआरएनए)ले सहयोग गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

एउटै वडामा पाँच जलविद्युत् आयोजना निर्माण

म्याग्दी,  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन र १७३ दशमलव १४ मेगावाटका दुई वटा आयोजना निर्माणको प्रक्रियामा छन् ।   अन्नपूर्ण–४ का वडाध्यक्ष...

विश्व शान्ति प्रार्थना महोत्सव २०२५ भुटानको थिम्पूमा प्रधानमन्त्री सेरिङ तोब्गेको उपस्थितिमा सुरु

थिम्पू(भुटान), भुटानका प्रधानमन्त्री सेरिङ तोब्गेको उपस्थितीमा विश्वव्यापी शान्ति प्रार्थना महोउत्सव २०२५ मङ्गलबार भुटानको थिम्फु स्थित चाङ्लिमिथाङ स्टेडियममा सुरु भएको छ ।यस पर्वले नोभेम्बर ४–१७ सम्म विश्वभरका बौद्ध नेताहरू, र शान्ति समर्थकहरूलाई एकसाथ ल्याउने १३ दिने ऐतिहासिक आध्यात्मिक जमघटको सुरुवात गर्ने जनाइएको छ ।यसले द्वन्द्व...

नेप्से परिसूचकमा २७ अङ्कको गिरावट

काठमाडौँ,  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ६४ अङ्कले घटेर दुई हजार ५९५ दशमलव २४ को विन्दुमा कायम भएको छ । आज नेप्से परिसूचक एक दशमलव ०५ प्रतिशतले घटेको हो ।आज ३२२ कम्पनीको एक करोड तीन लाख ४३ हजार ८९८ कित्ता शेयर ४६...

दक्षिण कोरियाद्वारा एआई लगानी तीन गुणा र रक्षा बजेटमा ऐतिहासिक वृद्धि गर्ने घोषणा

सियोल, दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले आगामी वर्षका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा तीन गुणा लगानी र छ वर्षकै सबैभन्दा ठूलो रक्षा बजेट वृद्धि गर्ने योजना सार्वजनिक गर्नुभएको छ । उहाँले मङ्गलबार संसद्मा प्रस्तुत गर्नुभएको वार्षिक बजेट सम्बोधनमा राष्ट्रलाई ‘एआई युगको नेतृत्व गर्ने दिशातर्फ...

दक्षिण कोरियाद्वारा एआई लगानी तीन गुणा र रक्षा बजेटमा ऐतिहासिक वृद्धि गर्ने घोषणा

सियोल, दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले आगामी वर्षका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा तीन गुणा लगानी र छ वर्षकै सबैभन्दा ठूलो रक्षा बजेट वृद्धि गर्ने योजना सार्वजनिक गर्नुभएको छ । उहाँले मङ्गलबार संसद्मा प्रस्तुत गर्नुभएको वार्षिक बजेट सम्बोधनमा राष्ट्रलाई ‘एआई युगको नेतृत्व गर्ने दिशातर्फ...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ २५ पैसा र...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विपन्न वर्गका विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री

भोजपुर,  समाजसेवी लीला राईले पौवादुङमा गाउँपालिका–२ सिंहजलेश्वरी आधारभूत विद्यालयका ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।यसअघि भूकम्पले जीर्ण भएको विद्यालय भवन निर्माणका निम्ति उहाँले आर्थिक सहयोग गर्नुभएको थियोभने जिल्लाको सबैभन्दा अग्लो सिलिचुङ चुचुरोमा सुम्निमा र पारुहाङको प्रतिमा निर्माणको लागि रु ११...

पन्ध्र शय्याको बागलुङ नगर अस्पतालमा दुई मेडिकल अधिकृत

गलकोट (बागलुङ),  पन्ध्र शय्याको बागलुङ नगर अस्पतालले स्थापनाको तीन वर्षपछि दुई मेडिकल अधिकृतबाट आफ्नो सेवालाई थप विस्तार गरेको छ ।नगरपालिकाले २०७८ असोज ८ गते पैयुपाटा स्वास्थ्यचौकीलाई १५ शय्यामा स्तारोन्नति गरेको थियो । दरबन्दीअनुसारको चिकित्सक र उपकरणको अभाव खेप्दै आएको अस्पतालले हालै एक्सरे र भिडियो...

बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढी बजारलाई  

कैलाली। कैलालीको बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोटागढी बजारले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा कोटागढी बजारले बौनिया बजारलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।   निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । ट्राई...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९