नेपालको जनसंख्या ढाँचा २०२१ को एक आयाम

कतैबाट हेर्दा पनि हामी विकसित दर्जामा पर्न सकिँदैन तर पनि जन्मदरमा भने विकसित देशको जस्तो चरित्र बोकेका छौं।

प्रकश रेग्मी

जनगणना २०७८ नेपालको पहिलो संघीय गणतन्त्रपछिको जनगणना थियो। हरेक १० वर्षमा जनगणना  गर्ने विश्वव्यापी प्रचलन हो। जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ। जसमा महिला १ करोड ४९ लाख ११ हजार २७ (५१.१ प्रतिशत) र पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.८९ प्रतिशत) छन्। अर्थात, पुरुषभन्दा महिलाको संख्या धरै देखिन्छ। तर, हाल विश्वको यसको अनुपात भने फरक देखिन्छ। हाल विश्वमा यसको अनुपात महिलाको ४९.६ प्रतिशत छ भने पुरुषको अनुपात ५१.४ प्रतिशत रहेको छ। अर्थात् विश्वको र नेपालको जनसंख्या लिंगानुपात ठिक उल्टो रहेको देखिन्छ।

 

अविकसित देशहरूमा विगतका केही दशकहरूमा जनसंख्या वृद्धिलाई समस्याको रुपमा विश्वविद्यालयहरूमा पढाउने गरिन्थ्यो। यो पंक्तिकार यसै वर्गमा पर्छ। हालका दिनहरूमा जनसंख्याको मात्रालाई स्थानीय तहमा उपलब्ध स्रोत र साधनको उपलब्धतालाई ध्यानमा राखेर व्याख्या गर्ने गरिन्छ। त्यसैले, कुनै स्थानमा कति जनसख्या उचित हुन्छ भन्ने कुरा त्यहाँ उप्लब्ध खाद्य, पानी, र जमिनजस्ता अति आवश्यक स्रोतहरूलाई समावेश गरी जनताको आवश्यकताहरू पूरा गर्न सकिन्छ र दिगो इकोसिस्टम कायम गरी वातावरणलाई जोगाउन सकियोस् भन्नेसँग मापन गर्ने गर्नु पर्दछ भनिन्छ। तर, यो मापन त्यति सजिलो भने छैन।

 

अहिले घट्दो दरको बढ्दो जनसंख्या  नेपालको जनसंख्याको बनोट बनेको छ। जनसंख्या बनोटको व्याख्या धरै किसिम बाट गर्न सकिन्छ। यसलाई आर्थिक तवरले विश्लेषण गर्दा विद्यमान जनसंख्यालाई तीन समूहमा विभाजन गर्ने गरिन्छ।

१. बालबालिका र युवा किशोरहरू (१५ वर्षमुनिका)

२. काम गर्ने उमेरको जनसंख्या (१५-६४ वर्षको)

३. वृद्ध जनसंख्या (६५ वर्ष वा माथि)।

पहिलो समूह आर्थिक हिसाबले सक्रिय हुँदैन बरू अत्यन्त खर्चिलो वर्गमा पर्छ। बालबालिका हुर्काउन, पढाउन र तिनको स्वास्थ्यको लागि परिवार र राज्यले ठूलो धनराशी वर्षेनी खर्च गर्नु पर्दछ। तेस्रो समूह पनि खानपान,  स्वास्थ्य उपचारमा खर्चिलो वर्ग हो। दोस्रो समूह आर्थिक हिसाबले सक्रिय हुन्छ र यो जनसंख्याको मात्रा हाम्रो देशमा धरै छ।

 

विगत ६० वर्ष अवधिको जनसंख्या विश्लेषण गर्दा सन् १९६१ देखि सन् १९९१ सम्मको अवधिको समयमा जनसंख्याको प्रारुपमा खास कुनै परिवर्तन देखिँदैन। सन् १९९१ पछि वा देशमा प्रजातन्त्रको आगमनपछि भने जनसंख्याको प्रारुपमा विस्तारै परिवर्तन देखिन्छ। फेरि संघीय गणतन्त्र स्थापनापछि जनसंख्याको प्रारुपमा तीव्र गतिमा परिवर्तन भएको देखिन्छ। यो परिवर्तन सकारात्मक छ वा छैन, यसको विश्लेषण गर्ने काम जनसंख्या विशेषज्ञहरूको नै हुने भयो। माथि चार्टमा देखाए बमोजिम सन् २०११ देखि सन् २०२१ सम्म आउँदा जन्मदरमा भारी गिरावट देखिन्छ। यसको बदलामा आर्थिक हिसाबले सक्षम जनसंख्याको भाग तीव्र दरमा बढेको छ। यो बढेको जनसंख्या कति आर्थिक क्रियाकलापमा समावेश छ, त्सको विश्लेषण अर्थविदरूले गरुन्। अर्को आर्थिक रुपले निष्कृय ६४ वर्षमाथिका जनसंख्याको मात्रा विस्तारै बढ्दै गएको छ, त्यसले देशको मानव विकास सूचकांकलाई माथि तानेको पक्कै छ। तर, यसको समाजमा प्रभाव कस्तो छ, यसको विश्लेषण समाजशास्त्री, मानवाधिकारवादी र अर्थशास्त्री मिलेर गरुन्।

 

घट्दो जनसंख्यासँगै विस्तारै जनसंख्या वृद्धि पनि घट्दै जान्छ। विकसित देशका महिलाहरूमा कम बच्चाहरूलाई जन्म दिने प्रवृत्ति हुन्छ भनिन्छ। तर, यहाँ हाम्रो देशमा देश अविकसित भएर पनि कम जन्मदर हुँदै गएको देखिन्छ। विकसित देशहरूमा ढिलो विवाह, अधिक सहरीकरणको प्रभाव, शिक्षा, रोजगारी, महिला मानव अधिकारजस्ता कारणहरूले जन्मदरमा कमी हुने गरेको मानिन्छ। हाम्रो देश माथिका कारणहरू भन्दा भिन्न परिवेश भएर पनि जन्मदर कम भइराखेको छ। ढिलो विवाह गर्ने चलन भनौं भने औषत महिलाको विवाह उमेर १७-२० वर्ष भएको तथ्याङ्कले देखाउँछ।

 

विकीपिडियामा हेर्‍यो भने संसारमा सबैभन्दा कम उमेरमा महिलाको विवाह गर्ने देश तान्जानिया (औषत १९ वर्ष)पछि नेपाल (औसत २० वर्ष ) दोस्रो स्थानमा उल्लेख गरिएको छ। सहरीकरणको प्रभाव भनौं नेपालमा जम्मा २२ प्रतिशत मानिस मात्र सहरमा बसोबास गर्दछन्। शिक्षाको कुरा गर्ने हो भने जम्मा ७० प्रतिशत साक्षर र १५ प्रतिशत शिक्षित महिला छन्। राष्ट्रिय पत्रिका, काठमाडौं पोस्टका अनुसार जम्मा २२ प्रतिशत महिलाले रोजगारीको अवसर पाएका छन्। कतैबाट हेर्दा पनि हामी विकसित दर्जामा पर्न सकिँदैन तर पनि जन्मदरमा भने विकसित देशको जस्तो चरित्र बोकेका छौं।

 

फेरि, यसरी जन्मदरमा कमी हुँदै गएमा आज मानव निर्यात गरेर भित्र्याएको आम्दानीले चलायमान भएको देशको अर्थव्यवस्था भोलि कसो होला भन्ने यो प्रवासी पंत्तिकारलाई चासोको विषय बनेको छ। जन्मदरमा भएको कमीले देशमा रहेको स्रोत-साधन र जनसंख्याबीच सन्तुलन  मिलाउन सकिएन भने जनसंख्या आयात गर्नुपर्ने हुन्छ। आज संसारको शक्तिशाली देश अमेरिकाले आफ्नो छिमेकी देशहरू (क्यानाडा र मेक्सिको)बाट भएको अवैध आप्रवासीका कारण भोग्नुपरेको समस्या (विषेशगरी सुरक्षा क्षेत्र) मेरो जन्म देशले भोलिका दिनमा भोग्नु नपरोस् भन्ने हो।

नेपालको सन् २०२१ मा १९ वर्षमुनिको जनसंख्या संरचना (प्रतिशतमा हेर्नुहोस्)

पंत्तिकारको चिन्ता यतिमै सीमित छैन। माथिको जनसंख्या पिरामिडले थप चिन्ता थप्छ। छोरा र छोरी दुवैको जन्मदर घट्दै गएको छ। र, फेरि घट्ने दर केटाहरू भन्दा केटीहरूमा बढी छ। माथिको जनसंख्या पिरामिडले १५ देखि १९ वर्ष उमेर समूहका पुरुष र महिला दुबैको स्तम्भ सबैभन्दा लामो भएको देखाउँछ। अर्थात् कुल जनसंख्याको सबैभन्दा धेरै जनसंख्या यस उमेर समूहका छन्। यो उमेर समूह निकै नै चन्चल मनोवृत्ति भएको उमेर समूह हो। यो उमेरभन्दा माथि गएपछि महिलापट्टीको स्तम्भ (स्तम्भको दायाँ भाग) क्रमश: प्राकृतिक हिसाबले कम हुँदै गएको देखिन्छ। तर, पुरुषपट्टीको (स्तम्भको बायाँपट्टीको भाग) भने तीब्र गतिमा घट्दै गएको देखिन्छ। सायद यो तीब्र गतिको घट्दो दर पुरुषको अधिक आप्रवासन हुनु पर्दछ। यसरी एकातिर प्रजनन् क्षमताका लागि उमेर पुगेका पुरुष क्रमश: बसाइँसराइँको कारण बाहिर जानुपर्ने बाध्यता छ। अर्कोतर्फ, नयाँ जन्मने छोरीहरूको जन्मदर घट्दै जानुलेके भविष्यमा अत्यधिक जनसंख्या घट्दै जाने तथ्यलाई उजागर गर्दछ।

 

माथिको टेबलले पनि स्पष्ट पार्दछ कि छोरा र छोरी दुबैको जन्मदरमा गिरावट छ। तर, छोराको भन्दा छोरीको जन्मदरमा भएको गिरावटको तीव्रता अधिक छ। दुबै (छोरा र छोरी )तर्फको १४ देखि १९ वर्ष उमेर समूहको जनसंख्याको ५.३ प्रतिशत छ तर जनसंख्याको उमेर समूह घट्दै गई उमेर समूह ० देखि ४ वर्षमा पुग्दा छोरीको जनसंख्या ५.३ प्रतिशतबाट घटेर ४.६ मा झरेको छ भने छोराको जनसंख्या ५.३ प्रतिशतबाट घटेर ५.० मा कायम छ।

 

यसरी प्रजनन् क्षमताका लागि उमेर पुगेका पुरुष देशबाट बाहिर जानु अनि सन्तान जन्माउने  क्षमता राख्ने महिलाको जन्म नै कम हुने प्रवृत्तिले भविष्यमा जनसंख्या तीव्र गतिको दरमा कम हुँदै जाने गुणक प्रभाव पर्ने हुँदा यो पंत्तिकार समयमा नै समन्धित निकायलाई सजक गराउन चहान्छ।

(भरतपुर चितवन, हाल: उत्तरी क्यारोलिना, अमेरिका)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको साधारण शेयर

काठमाडौँ,  वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हजार ५९६ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गर्न लागेको हो । विदेशमा रहेका नेपालीले न्यूनतम् ५० कित्ता र अधिकतम...

सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन

काठमाडौँ,  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नक्खुस्थित एनसेल कार्यालय अवलोकन गर्नुभएको छ । मन्त्री खरेललाई एनसेलका अध्यक्ष सतिशलाल आचार्य र प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले स्वागत गर्दै जेनजी आन्दोलनका क्रममा भएको क्षतिबारे जानकारी गराउनुभएको थियो ।   गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा एनसेलको...

अण्डा उत्पादन गरेर मासिक दुई लाख ५० आम्दानी

महेन्द्रनगर,  एघार वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया पुगेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहका धर्मेन्द्र राना अहिले गाउँमै मेहनत गरेर मासिक रु एक लाख ५० लाख आम्दानी गरिरहेका छन् । सन् २०१४ मलेसिया पुगेका २६ वर्षीय उहाँ एक वर्षमै स्वदेश फर्किए ।   “एजेण्टले भने अनुसार तलब नदिएपछि वर्ष...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

टानका पूर्वअध्यक्ष सिंहको निधन

काठमाडौँ,  ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का पूर्वअध्यक्ष एवम् वरिष्ठ पर्यटन व्यवसायी जेवी सिंहको निधन भएको छ ।सन् १९८१ देखि १९९६ सम्म चारपटक टानको अध्यक्ष बनेर नेपालको पर्वतीय पर्यटन क्षेत्रको विकासमा लाग्नुभएका सिंहको आज बिहान निधन भएको टानका निवर्तमान अध्यक्ष नीलहरि बाँस्तोलाले राससलाई जानकारी...

पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइडे«न्ट’ जडान भएपछि…

खलङ्गा (जुम्ला),  चन्दननाथ नगरपालिका–५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’ पसलमा हालै एकाएक आगलागी भयो । दमकल झिर्न नसक्ने साँघुरो चोकमा रहेको सो पसलमा आगलागी हुनासाथ पसलसँगै जोडिएका वरपरका घरका स्थानीयवासी आत्तिए । आगलागी नियन्त्रण बाहिर जाँदै थियो । एकआपसमा जोडिएका अन्य घरहरुमासमेत आगलागीको सम्भावित...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कालीकोटमा विषयगत शिक्षक पाउन कठिन

मान्म (कालीकोट),कालीकोटका सामुदायिक विद्यालयमा विषयगत शिक्षक पाउन कठिन हुने गरेको छ । सामुदायिक विद्यालयमा गणित, विज्ञान र अङ्ग्र्रेजी विषयका शिक्षक पाउन कठिन हुने गरेको हो ।जिल्लाको नरहरिनाथ गाउँपालिका–७ माल्कोट उच्छवस्थित रुपादेवी माध्यमिक विद्यालयमा गणित विषय शिक्षकका लागि १९ पटक विज्ञापन गरिसक्दा पनि शिक्षक पाउन...

झापामा तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु

बनियानी (झापा),  झापामा पछिल्लो तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु भएको छ ।जिल्लामा पछिल्लो तीन वर्षयता एचआइभी सङ्क्रमितको मृत्युदर वृद्धि हुँदै गएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७९/८० मा १७ जना, २०८०/८१ मा २३ जना र...

एनपिएलः आज खेल नहुने

काठमाडौँ,  यहाँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज विश्राम दिन कुनै खेल हुने छैनन् । लिग चरणका खेल सकिएपछि मैदान व्यवस्थापनका लागि आज विश्राम राखिएको हो । प्रतियोगिता अन्तर्गत भोलि पहिलो क्वालिफायर खेल हुनेछ त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा अपरान्ह ४...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९