नेपालको जनसंख्या ढाँचा २०२१ को एक आयाम

कतैबाट हेर्दा पनि हामी विकसित दर्जामा पर्न सकिँदैन तर पनि जन्मदरमा भने विकसित देशको जस्तो चरित्र बोकेका छौं।

प्रकश रेग्मी

जनगणना २०७८ नेपालको पहिलो संघीय गणतन्त्रपछिको जनगणना थियो। हरेक १० वर्षमा जनगणना  गर्ने विश्वव्यापी प्रचलन हो। जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ। जसमा महिला १ करोड ४९ लाख ११ हजार २७ (५१.१ प्रतिशत) र पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.८९ प्रतिशत) छन्। अर्थात, पुरुषभन्दा महिलाको संख्या धरै देखिन्छ। तर, हाल विश्वको यसको अनुपात भने फरक देखिन्छ। हाल विश्वमा यसको अनुपात महिलाको ४९.६ प्रतिशत छ भने पुरुषको अनुपात ५१.४ प्रतिशत रहेको छ। अर्थात् विश्वको र नेपालको जनसंख्या लिंगानुपात ठिक उल्टो रहेको देखिन्छ।

 

अविकसित देशहरूमा विगतका केही दशकहरूमा जनसंख्या वृद्धिलाई समस्याको रुपमा विश्वविद्यालयहरूमा पढाउने गरिन्थ्यो। यो पंक्तिकार यसै वर्गमा पर्छ। हालका दिनहरूमा जनसंख्याको मात्रालाई स्थानीय तहमा उपलब्ध स्रोत र साधनको उपलब्धतालाई ध्यानमा राखेर व्याख्या गर्ने गरिन्छ। त्यसैले, कुनै स्थानमा कति जनसख्या उचित हुन्छ भन्ने कुरा त्यहाँ उप्लब्ध खाद्य, पानी, र जमिनजस्ता अति आवश्यक स्रोतहरूलाई समावेश गरी जनताको आवश्यकताहरू पूरा गर्न सकिन्छ र दिगो इकोसिस्टम कायम गरी वातावरणलाई जोगाउन सकियोस् भन्नेसँग मापन गर्ने गर्नु पर्दछ भनिन्छ। तर, यो मापन त्यति सजिलो भने छैन।

 

अहिले घट्दो दरको बढ्दो जनसंख्या  नेपालको जनसंख्याको बनोट बनेको छ। जनसंख्या बनोटको व्याख्या धरै किसिम बाट गर्न सकिन्छ। यसलाई आर्थिक तवरले विश्लेषण गर्दा विद्यमान जनसंख्यालाई तीन समूहमा विभाजन गर्ने गरिन्छ।

१. बालबालिका र युवा किशोरहरू (१५ वर्षमुनिका)

२. काम गर्ने उमेरको जनसंख्या (१५-६४ वर्षको)

३. वृद्ध जनसंख्या (६५ वर्ष वा माथि)।

पहिलो समूह आर्थिक हिसाबले सक्रिय हुँदैन बरू अत्यन्त खर्चिलो वर्गमा पर्छ। बालबालिका हुर्काउन, पढाउन र तिनको स्वास्थ्यको लागि परिवार र राज्यले ठूलो धनराशी वर्षेनी खर्च गर्नु पर्दछ। तेस्रो समूह पनि खानपान,  स्वास्थ्य उपचारमा खर्चिलो वर्ग हो। दोस्रो समूह आर्थिक हिसाबले सक्रिय हुन्छ र यो जनसंख्याको मात्रा हाम्रो देशमा धरै छ।

 

विगत ६० वर्ष अवधिको जनसंख्या विश्लेषण गर्दा सन् १९६१ देखि सन् १९९१ सम्मको अवधिको समयमा जनसंख्याको प्रारुपमा खास कुनै परिवर्तन देखिँदैन। सन् १९९१ पछि वा देशमा प्रजातन्त्रको आगमनपछि भने जनसंख्याको प्रारुपमा विस्तारै परिवर्तन देखिन्छ। फेरि संघीय गणतन्त्र स्थापनापछि जनसंख्याको प्रारुपमा तीव्र गतिमा परिवर्तन भएको देखिन्छ। यो परिवर्तन सकारात्मक छ वा छैन, यसको विश्लेषण गर्ने काम जनसंख्या विशेषज्ञहरूको नै हुने भयो। माथि चार्टमा देखाए बमोजिम सन् २०११ देखि सन् २०२१ सम्म आउँदा जन्मदरमा भारी गिरावट देखिन्छ। यसको बदलामा आर्थिक हिसाबले सक्षम जनसंख्याको भाग तीव्र दरमा बढेको छ। यो बढेको जनसंख्या कति आर्थिक क्रियाकलापमा समावेश छ, त्सको विश्लेषण अर्थविदरूले गरुन्। अर्को आर्थिक रुपले निष्कृय ६४ वर्षमाथिका जनसंख्याको मात्रा विस्तारै बढ्दै गएको छ, त्यसले देशको मानव विकास सूचकांकलाई माथि तानेको पक्कै छ। तर, यसको समाजमा प्रभाव कस्तो छ, यसको विश्लेषण समाजशास्त्री, मानवाधिकारवादी र अर्थशास्त्री मिलेर गरुन्।

 

घट्दो जनसंख्यासँगै विस्तारै जनसंख्या वृद्धि पनि घट्दै जान्छ। विकसित देशका महिलाहरूमा कम बच्चाहरूलाई जन्म दिने प्रवृत्ति हुन्छ भनिन्छ। तर, यहाँ हाम्रो देशमा देश अविकसित भएर पनि कम जन्मदर हुँदै गएको देखिन्छ। विकसित देशहरूमा ढिलो विवाह, अधिक सहरीकरणको प्रभाव, शिक्षा, रोजगारी, महिला मानव अधिकारजस्ता कारणहरूले जन्मदरमा कमी हुने गरेको मानिन्छ। हाम्रो देश माथिका कारणहरू भन्दा भिन्न परिवेश भएर पनि जन्मदर कम भइराखेको छ। ढिलो विवाह गर्ने चलन भनौं भने औषत महिलाको विवाह उमेर १७-२० वर्ष भएको तथ्याङ्कले देखाउँछ।

 

विकीपिडियामा हेर्‍यो भने संसारमा सबैभन्दा कम उमेरमा महिलाको विवाह गर्ने देश तान्जानिया (औषत १९ वर्ष)पछि नेपाल (औसत २० वर्ष ) दोस्रो स्थानमा उल्लेख गरिएको छ। सहरीकरणको प्रभाव भनौं नेपालमा जम्मा २२ प्रतिशत मानिस मात्र सहरमा बसोबास गर्दछन्। शिक्षाको कुरा गर्ने हो भने जम्मा ७० प्रतिशत साक्षर र १५ प्रतिशत शिक्षित महिला छन्। राष्ट्रिय पत्रिका, काठमाडौं पोस्टका अनुसार जम्मा २२ प्रतिशत महिलाले रोजगारीको अवसर पाएका छन्। कतैबाट हेर्दा पनि हामी विकसित दर्जामा पर्न सकिँदैन तर पनि जन्मदरमा भने विकसित देशको जस्तो चरित्र बोकेका छौं।

 

फेरि, यसरी जन्मदरमा कमी हुँदै गएमा आज मानव निर्यात गरेर भित्र्याएको आम्दानीले चलायमान भएको देशको अर्थव्यवस्था भोलि कसो होला भन्ने यो प्रवासी पंत्तिकारलाई चासोको विषय बनेको छ। जन्मदरमा भएको कमीले देशमा रहेको स्रोत-साधन र जनसंख्याबीच सन्तुलन  मिलाउन सकिएन भने जनसंख्या आयात गर्नुपर्ने हुन्छ। आज संसारको शक्तिशाली देश अमेरिकाले आफ्नो छिमेकी देशहरू (क्यानाडा र मेक्सिको)बाट भएको अवैध आप्रवासीका कारण भोग्नुपरेको समस्या (विषेशगरी सुरक्षा क्षेत्र) मेरो जन्म देशले भोलिका दिनमा भोग्नु नपरोस् भन्ने हो।

नेपालको सन् २०२१ मा १९ वर्षमुनिको जनसंख्या संरचना (प्रतिशतमा हेर्नुहोस्)

पंत्तिकारको चिन्ता यतिमै सीमित छैन। माथिको जनसंख्या पिरामिडले थप चिन्ता थप्छ। छोरा र छोरी दुवैको जन्मदर घट्दै गएको छ। र, फेरि घट्ने दर केटाहरू भन्दा केटीहरूमा बढी छ। माथिको जनसंख्या पिरामिडले १५ देखि १९ वर्ष उमेर समूहका पुरुष र महिला दुबैको स्तम्भ सबैभन्दा लामो भएको देखाउँछ। अर्थात् कुल जनसंख्याको सबैभन्दा धेरै जनसंख्या यस उमेर समूहका छन्। यो उमेर समूह निकै नै चन्चल मनोवृत्ति भएको उमेर समूह हो। यो उमेरभन्दा माथि गएपछि महिलापट्टीको स्तम्भ (स्तम्भको दायाँ भाग) क्रमश: प्राकृतिक हिसाबले कम हुँदै गएको देखिन्छ। तर, पुरुषपट्टीको (स्तम्भको बायाँपट्टीको भाग) भने तीब्र गतिमा घट्दै गएको देखिन्छ। सायद यो तीब्र गतिको घट्दो दर पुरुषको अधिक आप्रवासन हुनु पर्दछ। यसरी एकातिर प्रजनन् क्षमताका लागि उमेर पुगेका पुरुष क्रमश: बसाइँसराइँको कारण बाहिर जानुपर्ने बाध्यता छ। अर्कोतर्फ, नयाँ जन्मने छोरीहरूको जन्मदर घट्दै जानुलेके भविष्यमा अत्यधिक जनसंख्या घट्दै जाने तथ्यलाई उजागर गर्दछ।

 

माथिको टेबलले पनि स्पष्ट पार्दछ कि छोरा र छोरी दुबैको जन्मदरमा गिरावट छ। तर, छोराको भन्दा छोरीको जन्मदरमा भएको गिरावटको तीव्रता अधिक छ। दुबै (छोरा र छोरी )तर्फको १४ देखि १९ वर्ष उमेर समूहको जनसंख्याको ५.३ प्रतिशत छ तर जनसंख्याको उमेर समूह घट्दै गई उमेर समूह ० देखि ४ वर्षमा पुग्दा छोरीको जनसंख्या ५.३ प्रतिशतबाट घटेर ४.६ मा झरेको छ भने छोराको जनसंख्या ५.३ प्रतिशतबाट घटेर ५.० मा कायम छ।

 

यसरी प्रजनन् क्षमताका लागि उमेर पुगेका पुरुष देशबाट बाहिर जानु अनि सन्तान जन्माउने  क्षमता राख्ने महिलाको जन्म नै कम हुने प्रवृत्तिले भविष्यमा जनसंख्या तीव्र गतिको दरमा कम हुँदै जाने गुणक प्रभाव पर्ने हुँदा यो पंत्तिकार समयमा नै समन्धित निकायलाई सजक गराउन चहान्छ।

(भरतपुर चितवन, हाल: उत्तरी क्यारोलिना, अमेरिका)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

श्रष्टा सुवेदीलाई ‘चुडामणि साहित्य पुरस्कार’

झापा,  लेखनाथ पुस्तकालयले नेपाली भाषा र साहित्यमा झर्रो शैलीको प्रयोगमा योगदान पुर्याए वापत साहित्यकार जीवनाथ सुवेदीलाई यस वर्षको ‘चुडामणि रेग्मी भाषा साहित्य पुरस्कार’ प्रदान गर्ने भएको छ ।भाषाविद् चुडामणि रेग्मीको सम्मानमा स्थापना भएको उक्त पुरस्कार राशि नगद रु २५ हजार पुस्तकालयका अध्यक्ष नवराज घिमिरेले...

मनोरञ्जन क्षेत्रको व्यवस्थापनका लागि अनुगमन निर्देशिका कार्यान्वयन गर्न माग

काठमाडौँ, मनोरञ्जन तथा सत्कार क्षेत्रका श्रमिकको हकहित र मर्यादित श्रमसम्बन्धी न्यूनतम मापदण्ड तथा अनुगमन निरीक्षण निर्देशिका तत्काल कार्यान्वयन गर्न आग्रह गरिएको छ । विश्वास नेपालद्वारा शुक्रबार यहाँ आयोजित कार्यक्रममा सरोकार भएकाले मापदण्ड कार्यान्वयनका लागि विगत पाँच वर्षदेखि आवाज उठे पनि सुनुवाइ हुन नसकेको जनाउँदै...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौँ,  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ । अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेको उल्लेख गर्दै निगमले मूल्यवृद्धि गरेको हो । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो...

अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौं,  बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति चेतना अभिवृद्धि गर्नुका साथै प्रभावित देशहरूमा राष्ट्रियस्तरमा सुरुङ निवारण क्षमताको विकास गर्न दिगो अन्तरराष्ट्रिय सहयोग आह्वान गर्दै आज विश्वका विभिन्न मुलुकमा अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदैछ ।       सन् २००५ डिसेम्बर ८ मा...

टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने

काठमाडौँ,  ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टोखामा बिस्का नखः (जात्रा) चार दिन मनाइने भएको छ ।टोखा विस्केट जात्रा मूल व्यवस्थापन समितिले आज पत्रकार सम्मेलन गरी नेवार समुदायको बाहुल्य रहेको टोखामा अगामी वैशाख १ गतेदेखि ४ गतेसम्म विस्केट जात्रा मनाउन लागिएको जानकारी दिएको हो...

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन,  यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेन । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म रु १२ करोड ३० लाख ७४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु १० करोड ६४ लाख ४३३ अर्थात् ८६ प्रतिशत मात्र राजस्व असुली...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

कर्णाली,  कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य भएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार राति १२ः०० बजेबाट अधिवेशन अन्त्य गर्नुभएको जानकारी सभामुख नन्दा गुरुङले दिनुभयो । सभामुख गुरुङले सातौँ अधिवेशनमा सम्पादन गरेका प्रमुख कार्यहरु मध्ये कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना...

शिवशक्ति ग्रामीण विद्युत सहकारीको अध्यक्षमा दल बहादुर तिरुवा चयन

कैलाली — कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३ रानीकुण्डा, खैरेनीस्थित शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको नयाँ कार्यसमिति निर्विरोध रूपमा चयन गरिएको छ। संस्थाको अध्यक्षमा दल बहादुर तिरुवा चयन भएका छन्।   उपाध्यक्षमा शिवचरण डंगौरा थारु, सचिवमा गोविन्द बहादुर बुडाक्षेत्री र कोषाध्यक्षमा अमृता देवी खत्री चयन भएका छन्।   सदस्यहरूमा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

तीन विश्वविद्यालयबीच प्राज्ञिक सहकार्यको समझदारी

दोधारा चाँदनी (कञ्चनपुर),  तीन विश्वविद्यालयबीच प्राज्ञिक सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयमा त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयबीच अध्ययन अनुसन्धान र प्राज्ञिक सहकार्यका लागि बुधबार त्रिपक्षीय समझदारी भएको विश्वविद्यालयका सूचना अधिकारी नवीनबहादुर बमले जानकारी दिनुभयो ।       उहाँका अनुसार विश्वविद्यालय अनुदान आयोगका...

दुई सय तेइस जनामा ‘सिकलसेल एनिमिया’

दोधारा चाँदनी (कञ्चनपुर), कञ्चनपुरको लालझाँडी गाउँपालिकाका दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया–थालसेमिया’ पहिचान भएको छ ।जिल्ला स्वास्थ्य कार्यालयले सिकलसेल एनिमिया–थालसेमिया पहिचान तथा निदानका लागि यहाँको लालझाडी गाउँपालिकामा निःशुल्क ‘स्क्रिनिङ’ स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । एक सातासम्म सञ्चालन भएको उक्त शिविरमा दुई हजार ६४७...

गोलबजार मेयर गोल्डकप: उद्घाटन खेलमा इटहरी विजयी

सिरहा,  सिरहाको गोलबजार नगरपालिकामा सोमबारदेखि सुरु भएको नवौँ संस्करणको ‘गोलबजार मेयर गोल्डकप’ फुटबल प्रतियोगिताको उद्घाटन खेलमा राष्ट्रिय जागृति क्लब, इटहरी विजयी भएको छ । गोलबजार नगरपालिका-२ गुरुधामस्थित खेलग्राममा भएको प्रतिस्पर्धात्मक उद्घाटन खेलमा हेटौँडा फुटबल एकेडेमीलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै इटहरीले सुखद...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९