प्रवासी भूमिको आँखी झ्यालबाट देशलाई नियाल्दा

हामी प्रवासमा बसेर आफ्नो देशको तुलना आजको अमेरिका, युरोपसँगै गर्ने गर्छौं। जुन बेला ती देशहरूमा औद्योगिक क्रान्ति हुँदै थियो, त्यतिखेरै हाम्रो देशमा नेपाल एकीकरणपछि राजा, रानीहरू जम्मा गर्ने दौडमा अनि रानीहरू आफ्ना सन्तानलाई उत्तराधिकारी बानाउने दौडमा हुँदा राणा शासनसम्म पुगेको कुरालाई बिर्सनु हुँदैन भन्ने लाग्दछ।

– प्रकाश रेग्मी

व्यक्तिगत, पारिवारिक, सामाजिक र देसमा विकसित धकल्ने शक्तिको प्रभावको कारण आफ्नै देश र भेषमा, दुःखसहितको खुसियालीहरूमा रमाइरहेको यस स्तम्भकार दुःखलाई छोडेर सुखसहितको खुसी प्राप्तीको खोजीमा प्रवासी भएको वर्षौं भएछ। ‘बाह्र वर्षमा खोला पनि फर्कन्छ’ भन्ने उखान नेपालमा निकै प्रचलनमा छ। प्रवासी भएको बाह्र वर्ष नाघेर पनि आफू जन्मेर हुर्केको देश फर्किन नसक्दा उक्त उखानलाई चुनौती दिँदै आएको र साथीभाइसँगको भेटघाटमा नेपाल फर्कनुपर्छ भन्ने तर आफ्नै ठोस योजना बनाउन नसक्नेको समूहमा म आफैं परेको छु।

 

 

‘पदार्थमा भएको आभ्यन्तरिक गुण अपरिवर्तनीय हुन्छ’ भनेजस्तो हामी नेपालबाट आएका प्रवासी नेपालीहरू आफूलाई सदैव केन्द्रविन्दुमा राखी कुरा गर्ने आफ्नो जन्मभूमिबाट आफूसँगै ल्याएको आन्तरिक गुणमा परिवर्तन गर्न सकेको देखिँदैन। तर, जीवनशैलीमा भने प्रशस्त परिवर्तन देख्न सकिन्छ। नेपाल रहँदा आफू त्यतिधरै असामाजिक व्यक्तित्वमा पर्नबाट आफूलाई जोगाएकोले प्रवासी भएको सुरूका केही वर्षहरूमा यहाँका सामाजिक भेटघाटहरूमा प्रशस्तै पुगेको छु।

 

 

ती सुरूका भेटघाटहरूमा प्रशस्तै अनुभव संकलन गरेको छु। त्यतिखेरका ती भेटघाटबाट पाएको अनुभवलाई सारांशमा भन्दा सम्पन्नता र बौद्धिकताका प्रशस्त छलफल हुने गर्छन् तर हार्दिकतामा भने खडेरी लागेको महसुस गरेको छु। यस्तै एक भेटघटमा मेरा एक साथीले भनेको वाक्य ‘मोज मस्ती नगर्ने र राम रमितामा नरमाउने हो भने अमेरिका किन आउने’ले मेरो मनसपटलमा अविस्मरणीय रुपमा गडेको छ। तर, आजसम्म पनि त्यो वाक्य सही वा गलत मैले छुट्याउन सकेको छैन।  ती दुबै प्रशस्त छलफल हुने विषयमा आफू कमजोर भएका कारण टेक्सास छोडेपछि म असाध्यै कम मात्र सामाजिक भटघाटहरूमा समावेश भएको छु। श्रीमतीको आग्रहमा गएको तीज (२०८० को तीज) को कार्यक्रममा भाग लिन गएको थिएँ, एक मित्रले मेरो सामाजिक चरित्रलई हेरेर एक्ले बाँदरको उपमा दिनुभयो। उक्त उपमा दिएकोमा मेरो कुनै आपत्ति रहेन तर बाँदर शब्दको सट्टा अर्कै शब्द प्रयोग गरेको भए राम्रो हुन्थ्यो भन्ने लाग्यो।

 

 

सम्पन्नता र बौद्धिकताका छलफलहरूमा अधिकांश शब्दहरू, हाल देशका उच्च तहका नेताहरूको आलोचना गर्ने र देशको बेथितिहरूको अतिरञ्जनाका साथ प्रस्तुत गर्ने र आफूलाई केन्द्रबिन्दुमा राख्ने खालका हुन्छन्। यस्ता किसिमका छलफलले हामीसँगै भएका साना नानी-बाबुहरूलाई कस्तो खालको प्रभाव पार्ला र आउँदो पुस्ताले हामी जन्मेर हुर्केको देशप्रतिको सोचाई कस्तो बनाउलान् भन्ने गहिरो चिन्ताले सताउने गरेको छ।

 

 

वास्तवमा म जस्तो समान्य काम गरेर बसेका हामीहरूको आर्थिक अवस्था नेपालमा बसेर सोचेजस्तो हुँदैन। एक वर्ष नपुग्दै पुन: अर्को पटक नेपाल जान सामान्यतया खर्चको हिसाबले सहज कुरा होइन। तर पनि यस पटक पारिवारिक चिन्ताले पैदा गरेको तान्ने शक्तिको विकासको कारण आफ्नो परिवारका सदस्यलाई भेटेर विकसित चिन्तालाई आपसमा बाँडेर चिन्ता कम गर्न मन लाग्यो र श्रीमतीसँग सल्लाह गरी दसैं र तिहारको बीचको लागि आफू एक्लै नेपाल जाने निर्णय गरें।

 

 

किन हो कुन्नी मेरो दिमागमा कहिलेकाहीँ केही समय रिक्सा चालक बनेर रिक्सा चालकहरूको कथा लेखुँ, कहिले कसैले नचिन्ने ठाउँमा गएर केही समय ज्यालादारी खेताला बनेर उनीहरूको कथा लेखुँजस्तो लाग्छ। यस्ता किसिमका कुराहरू मेरो दिमागमा आरहन्छन्। यस पटक पनि मेरो दिमागमा औसत नेपाली बनेर एक महिना नेपालमा बिताउने सोच आयो। जहाजमा यात्रा गर्दा हिसाब गरें, हाल नेपलीको औषत वार्षिक आम्दानी १३०० डलरले दिनको लगभग ५०० रुपैयाँ हुँदो रहेछ। यसले कसरी आफूलाई समायोजन गर्ने भनेर योजना बनाएको थिएँ तर नेपाल यात्राको दौरानमा योजना धरै बनेका तर थोरै मात्र सफल भए। यात्रा गर्दा सार्वजनिक यातायातमा मात्र प्रयोग गर्ने योजनाको चाहनालाई आंशिक भन्दा बढी मात्रामा सफल बनाउन सकेकोमा खुसी छ। यात्रा गर्दा आफ्नो चाहनाभन्दा जम्मा दुई ठाउँमा मात्र सार्वजनिक यातायातका साधन प्रयोग गर्न नसकेर असफल भएँ।

 

 

हामी अलिकति पढेलेखेका र थोरै आम्दानी भएकाहरू आफ्नो लागिभन्दा अरूको लागि धरै बाँच्नु पर्दो रहेछ भन्ने कुरा अनुभव गरेको छु। आफ्नो योजना अनुसा विमानस्थलबाट आफ्नो झोला तानेर रिङ रोड अनि नेपाल यातायात हुँदै कलंकी पुग्न लाग्दा भाइ सन्तोषको फोन आयो ‘म निस्कँदै छु, भिनाजु, म तपाईंलाई लिएर जान्छु।’ आफ्नो चाहना सार्वजनिक यातायात प्रयोग गर्ने भए पनि उनको आग्रहलाई सहर्ष स्वीकार गरें र उनकै निजी कार प्रयोग गरें। अर्को असफलता बानेश्वरबाट विमानस्थलसम्म जाँदा आमाले पठाएको कोसेलीको कारण झोला भारी भएर ट्याक्सीको प्रयोग गर्नु परेको थियो।

 

 

छोराछोरी जति ठूला भए पनि बाबुआमाको मायामा कमी नहुने रहेछ। ७० वसन्त पार गरिसकेका मेरा  बुवा र आमा मलाई लिन भाइलाइ लिएर आउनु भएछ। हाम्रो भेट कुरिन्टारमा भयो। अनि  हामी चार जना भरतपुरतिर लाग्यौं। भाइ सन्तोष पोखरातिर लागे। बहिनी इन्दिरा कहिल्लै पनि दोस्रो भेटमा पर्दैनथी तर यस पटक उनको म प्रतिको कोमल प्रेम उसको नयाँ आगन्तुक ‘नाति’ले खोसिदिएछ।

 

 

प्रवासीको आँखीझ्याल बाट खिचिएका चित्रहरू अक्टोबर १५ देखि नोभेम्बर १७, २०२४ सम्मको अवलोकनबाट देखिएका चित्रहरू चितवन, पोखरा र काठमाडौंका मात्रै हुन्। यी तीन क्षेत्रहरूमा (क्रमस ७ लाख, ५ लाख र ५० लाख) जम्मा ६२ लाख जनसंख्या, देशको कुल जनसंख्याको २० प्रतिशत माथि हुने हुनाले अध्यानहरूमा प्रयोग गरिने नमूना सर्वेक्षणको आकार पुग्छ भन्ने लाग्छ।

 

 

चितवनको बसाइमा एक संयोग भनौं वा भाग्य म पुगेकै दिन घर नजिकैको एक छिमेकी आमाको ८४ पूजा र चितबनबाट फर्कने दिनमा पनि अर्को छिमेकी आमाको ८४ पूजामा उपस्थित हुन पाएँ। दुबै आमाहरूबाट आशीर्वाद लिन पाँउदा निकै खुसी लाग्यो। घर वरपरका छिमेकीहरू चिया पसलमा र चोकमा भेला भएका बेला हुने छलफलका विषयमा पहिले भन्दा अहिले धेरै परिवर्तन भएको मैले पाएँ । मैले छोडेर आउँदा पैसावालाहरू, ठेकेदार, घडेरी किनबेच गराउने समन्वयकर्ता, ट्युसन पठाउने शिक्षक र व्यापारीका कुरा बढी हुन्थ्ये। यस पटक त्यस्तो भन्दा प्राध्यापन पेशा गर्नेहरूमाथि गरिएको अपार सम्मान देखेर म छक्क परें। समाजमा देखिएको यो परिवर्तन मेरा लागि असाध्यै सकारात्मक लाग्यो।

 

 

कृष्णपुरका कटहरचोक र माछापुच्छ्रे चोकहरूमा भने अलि फरक छलफलका विषय थिए। कटहरचोकमा भएको छलफलमा विकसित देशमा भएका कृषि फार्म र नेपालमा भएका विशेष गरी दुग्ध उत्पादन फार्मका आकार र प्रविधिका बारेमा भएका छलफल भएका थिए। उक्त छलफल  मलाई समाजमा आएको  गुणात्मक र सकारात्मक परिवर्तन लाग्यो । माछापुच्छ्रे चोकमा भने अगाडि पत्रिका राखेर त्यसैको आधारमा विमर्ष गरेको, अनि घडेरी किनबेच र ठेकेदारहरूको कामको शैली र उनीहरूको आम्दानीका बारेमा छलफल भएका थिए।

 

 

भौतिक विकासमा चितवन तीव्र गतिमा रहेको देखिन्छ। सडकहरू फराकिला बनाइएका, पिच गरिएका र व्यस्त रहेका देखिन्थे। यसलाई आलोचना त कसैले गर्ने कुरा भएन। तर पनि मेरो दिमागमा यति धरै व्यस्त र फराकिला बाटाहरूमा स-साना नानी-बाबुहरू विद्यालय जादा कसरी बाटो पार गर्लान्? भन्ने प्रश्न खडा भयो त्यसैले, भविष्यमा विद्यालय भर्नाको  ढाँचामा परिवर्तन हुन्छ कि भन्ने लाग्यो। खोलिएका नयाँ बाटोहरूले र जमिनको चक्लाबन्दीमा भएको परिवर्तनले, जग्गाको मूल्यमा भारी वृद्धि गरेको तर उत्पादकत्व भने घटदै गएको हुनुपर्छ। चितवनको माडी क्षेत्रमा भएको नदी नियन्त्रण कार्य व्याख्या गर्न लायक देखिन्छ।

 

 

मामा घरको माया: माया गर्ने मन मुटुले हो भनेजस्तै भयो। चितवनको बसाइमा गीतानगर (मेरो जन्म क्षेत्र) र गुन्जानगर (मेरो मामा घर) मेरा लागि बाल्याकालदेखि भावनासँग जोडिएका क्षेत्र हुन्। चितवन छोडेर जहाँ गए पनि चितवन फर्केपछि ती दुई ठाउँ नपुगी मेरो मन मान्दैन। हामी पाँच जना (बुवा-आमाका खास सन्तान) एकै सवारी साधनमा घुमफिर गर्ने बानीजस्तै परेको छ। यस पटक पनि बुवा, आमा, भाइ र म मामा घर जादा मंगलपुरबाट बहिनीसहित गयौं। बाटोमा भाइले भन्दै थियो – दाइ, मामाहरूसँग तपाईंलाई दिने माया त हरिदाइले कुम्ल्याएर लगिसक्नु भयो होला, तपाईंको लागि माया बचेको छैन होला।’ यस्तै-यस्तै अनौपचारिक र खुल्ला गफ गर्दै मामाघर पुगियो। ८४ वर्षको वरपर पुग्नु भएको मेरा माइला मामा र ७५ वर्षको वरिपरि पुग्नु भएकी माइजुसँग प्रथम चरणको औपचारिक भेट्घटका शुभकामना आदान-प्रदानपछि दोस्रो चरणको अनौपचारिक छलफल गर्दै जाँदा मैले भाइले बाटोमा भनेको मामाको मायाजति हरिदाइले कुम्ल्याएर लगेको कुरा सम्झाएँ। मामाले मेरो कुरा बुझ्नु भएन र माइजुतिर हेर्नु भयो। मामा उमेरको कारण कान कम सुन्नुहुन्छ। माइजुले बोलेको सुन्नु पर्दैन मुख चलाएको भरमा बुझ्नु हुन्छ।

 

 

मैले भनेको कुरा माइजुले सम्झाएपछि मामा जुरुक्क उठेर केही नबोली आफ्नो पूजा कोठामा जानुभयो र आफूले सधैं पाठ गर्ने गीताको किताब ल्याउनु भयो। हामी सबैको अगाडि गीताको किताब पल्ट्याएर मेरो लगभग ९ वा १० कक्षा पढ्दाखेरीको फोटो निकालेर भन्नुभयो – म सधैं यो फोटो हेरेर मेरो दैनिक गीता पाठ सुरू गर्छु अनि पाठ सकपछि पनि यसै फोटोले भोलिको लागि किताबको पन्नामा सिमाना बनाउँछु। हामी सबै जना एक अर्को मुखामुख गर्न थाल्यौ। मेरो आँखबाट सहर्ष आँशुका धारा बग्न थाले। महसुस यस्तो भयो कि वर्षौंदेखि दिमागमा रहेको पिलोका पिप निस्केर गयो र स्वर्गको खुसी प्राप्त भयो। यस्तो देवलोकको सुनौलो स्वर्गको खुसीको भन्डारलाई छोडेर वर्षौंदेखि सुखसहितको खुसीको दौडमा रहेको यस प्रणेताले घरै घरले भरिएको घना जंगलबाहेक अरू केही थप खुसी प्राप्त गर्न नसकेको सत्य हो।

 

 

पोखरामा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल वरपर चिन्ने डाँडा, फलेपाटन, काजीपोखरी र खसी बजार क्षेत्रमा पहिलाको तुलनामा भिडभाड बढेको, अलि व्यस्त र राम्रोसँग व्यवस्थापन गर्न नसकिएको जस्तो तर सरसफाइ भने कायम रहेको देखिन्थ्यो। अमरसिंह चोक वरपर भिडभाड बढेको र बाटो काट्नको लागि भने समस्या परेको थियो। पृथ्वी चोकमा सडक बत्ती राखिएकाले होला पहिलेजस्तो  भिडभाड थिएन।  सडक बत्तीमा थप राम्रो कुरा रातो बत्ती बलेपछि अब कति सेकेन्डमा हरियो बत्ती बल्छ भन्ने थाहा हुन सक्थ्यो। उच्चतम् प्रविधिको सेवा सुरू हुन थालिसकेको रहेछ। पोखराको चिप्लेढुङ्गा मलाई अति मन पर्ने ठाउँ हो। सिद्धार्थ चोकबाट महेन्द्र पुलसम्म उत्तरपट्टिको पेटीबाट पारिलो घाम ताप्दै पदैल यात्रा गर्न मलाई औधी मन पर्छ। यो स्थान अति व्यस्त ठाउँ हो।

 

 

गैरपाटन सडक,गणेशमान मार्ग, प्रगति मार्ग र नयाँ बजार मार्गको बीचमा पर्ने यो क्षेत्र पोखराकै वित्तीय हब मानिन्छ। पुरातन समयदेखि यस क्षेत्र बजारको मुख्य भागको रुपमा रहिआएको छ। सिद्धार्थ चोकदेखि महेन्द्र पुलसम्म अति व्यस्त देखिन्थ्यो। पोखरा ट्रेड मल क्षेत्र थप व्यस्त देखिन्थ्यो। पोखरा जति व्यस्त देखिए पनि सरसफाइको सन्दर्भमा सदैव अग्रस्थानमा नै छ।

 

 

काठमाडौंमा ढिलोसम्म कायम रहेको लामो मनसुनको कारण भरतपुरदेखि काठमाडौंसम्मको सडक बिग्रेको भए पनि काठमाडौंभित्र पसेपछि सन् १९९६ – १९९८ को अवधिको काठमाडौं र अहिलेको काठमाडौंमा भारी परिवर्तन छ। सडकहरूमा उड्ने धुलो तुलनात्मक रुपमा धेरै नै घटेको छ। टाङ्लाफाँट क्षेत्रमा अत्यधिक निर्माण, नयाँ बजार र बल्खु क्षेत्र पहिलेको जस्तै भिडभाड तर धुलो कम, बानेश्वर क्षेत्रमा बिहानको समय बाटोमा कम भिडभाडजस्तो लाग्यो। ४ बजेतिर टंगालबाट बानेश्वर जाँदा आरआर  क्याम्पसबाट थपिएको भिडले उकुस मुकुस भएर बीचमै बसबाट झरी हिँडेर गएको अनुभवले आफू काठमाडौं बस्दाको सम्झनालाई ताजा गरायो।

 

 

यस लेख तयार पर्ने क्रममा एक मेरा सम्मानित अग्रज, त्रिभुवन विश्वविद्यालयका अवकाश प्राप्त प्राध्यापकको एक लेख पढ्ने मौका मिलेको थियो। लेखको  शीर्षक थियो, ‘अध्ययन, लेखन-संस्कृतिको अभाव अधोगतिको संकेत।’ उक्त लेखको सुरुआतको वाक्य थियो, ‘हामीजस्तै पठेलेखेकाले यो देशलाई बिगारेको हौं, त्यसै अब हामीले नै यो देशको सुधार गर्नुपर्छ।’ उक्त लेखको अन्त्यतिर पुग्दा फेरि अर्को वाक्य प्रयोग गर्नु भएको छ, ‘देसमा पढेर विदेश गएर बस्नेहरू यो देशका लागि कलंक हुन्।’ यहाँनेर मलाई आफू किशोर अवस्थामा हुँदा निकै सुनिने गीतको याद आयो। ‘सबै मलाई बेश्या भन्छन् तिमी पनि भन्छौ, तर किन बेश्या भयौ भनी सोध्दैनौं?’ यो मेरो प्रश्न समस्त नेपाली पठे-लेखेका वर्गका लागि प्रवासीको तर्फबाट सोध्न चाहें।

 

 

यसरी नेपाल रहँदाको अवधिमा पहिलाजस्तो साना बच्चाहरू गुच्चा खेलेको, किशोरहरू चोकका पसलहरूमा क्यारम बोर्ड खेल्दै गरेको, बयस्कहरू चोकचोकमा तास खल्दै गरेको कतै पनि देख्न पाइएन। अनि सबैजसो मानिसहरू व्यस्त रहेकोले देशमा गुणात्मक परिवर्तन हुन लागेको प्रतित हुन्थ्यो।  हामी प्रवासमा बसेर आफ्नो देशको तुलना आजको अमेरिका, युरोपसँगै गर्ने गर्छौं। जुन बेला ती देशहरूमा औद्योगिक क्रान्ति हुँदै थियो, त्यतिखेरै हाम्रो देशमा नेपाल एकीकरणपछि राजा, रानीहरू जम्मा गर्ने दौडमा अनि रानीहरू आफ्ना सन्तानलाई उत्तराधिकारी बानाउने दौडमा हुँदा राणा शासनसम्म पुगेको कुरालाई बिर्सनु हुँदैन भन्ने लाग्दछ। यस लेखमार्फत समस्त प्रवासीहरूलाई आफूले छोडेर आउँदाकै अवस्थामा देश छ भनेर अन्धाधुन्दा टिप्पणी गर्नभन्दा वास्तविकतातिर छलफल तथा लेख रचनातिर लागेर कम्तीमा आउँदो पुस्तालाई आफ्नो पुर्खाको देशप्रति मोह जाग्ने वातावरण बनाउन सके मात्रै पनि देशप्रतिको उत्तरदायित्व पूरा हुने थियो।

(हाल अमेरिका)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको साधारण शेयर

काठमाडौँ,  वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हजार ५९६ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गर्न लागेको हो । विदेशमा रहेका नेपालीले न्यूनतम् ५० कित्ता र अधिकतम...

सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन

काठमाडौँ,  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नक्खुस्थित एनसेल कार्यालय अवलोकन गर्नुभएको छ । मन्त्री खरेललाई एनसेलका अध्यक्ष सतिशलाल आचार्य र प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले स्वागत गर्दै जेनजी आन्दोलनका क्रममा भएको क्षतिबारे जानकारी गराउनुभएको थियो ।   गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा एनसेलको...

अण्डा उत्पादन गरेर मासिक दुई लाख ५० आम्दानी

महेन्द्रनगर,  एघार वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया पुगेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहका धर्मेन्द्र राना अहिले गाउँमै मेहनत गरेर मासिक रु एक लाख ५० लाख आम्दानी गरिरहेका छन् । सन् २०१४ मलेसिया पुगेका २६ वर्षीय उहाँ एक वर्षमै स्वदेश फर्किए ।   “एजेण्टले भने अनुसार तलब नदिएपछि वर्ष...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

टानका पूर्वअध्यक्ष सिंहको निधन

काठमाडौँ,  ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का पूर्वअध्यक्ष एवम् वरिष्ठ पर्यटन व्यवसायी जेवी सिंहको निधन भएको छ ।सन् १९८१ देखि १९९६ सम्म चारपटक टानको अध्यक्ष बनेर नेपालको पर्वतीय पर्यटन क्षेत्रको विकासमा लाग्नुभएका सिंहको आज बिहान निधन भएको टानका निवर्तमान अध्यक्ष नीलहरि बाँस्तोलाले राससलाई जानकारी...

पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइडे«न्ट’ जडान भएपछि…

खलङ्गा (जुम्ला),  चन्दननाथ नगरपालिका–५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’ पसलमा हालै एकाएक आगलागी भयो । दमकल झिर्न नसक्ने साँघुरो चोकमा रहेको सो पसलमा आगलागी हुनासाथ पसलसँगै जोडिएका वरपरका घरका स्थानीयवासी आत्तिए । आगलागी नियन्त्रण बाहिर जाँदै थियो । एकआपसमा जोडिएका अन्य घरहरुमासमेत आगलागीको सम्भावित...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कालीकोटमा विषयगत शिक्षक पाउन कठिन

मान्म (कालीकोट),कालीकोटका सामुदायिक विद्यालयमा विषयगत शिक्षक पाउन कठिन हुने गरेको छ । सामुदायिक विद्यालयमा गणित, विज्ञान र अङ्ग्र्रेजी विषयका शिक्षक पाउन कठिन हुने गरेको हो ।जिल्लाको नरहरिनाथ गाउँपालिका–७ माल्कोट उच्छवस्थित रुपादेवी माध्यमिक विद्यालयमा गणित विषय शिक्षकका लागि १९ पटक विज्ञापन गरिसक्दा पनि शिक्षक पाउन...

झापामा तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु

बनियानी (झापा),  झापामा पछिल्लो तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु भएको छ ।जिल्लामा पछिल्लो तीन वर्षयता एचआइभी सङ्क्रमितको मृत्युदर वृद्धि हुँदै गएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७९/८० मा १७ जना, २०८०/८१ मा २३ जना र...

एनपिएलः आज खेल नहुने

काठमाडौँ,  यहाँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज विश्राम दिन कुनै खेल हुने छैनन् । लिग चरणका खेल सकिएपछि मैदान व्यवस्थापनका लागि आज विश्राम राखिएको हो । प्रतियोगिता अन्तर्गत भोलि पहिलो क्वालिफायर खेल हुनेछ त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा अपरान्ह ४...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९