दुई वर्षमा सक्नुपर्ने काम ६ वर्षमा ६५ प्रतिशत मात्रै

ढोरपाटन (बागलुङ),  दक्षिण बागलुङको ‘लाइफ लाइन’ का रूपमा रहेको कुश्मिसेरा–राङ्खानी सडक छ वर्षमा ६५ प्रतिशत मात्रै काम सकिएको छ । निर्माण कम्पनीको लापरबाहीका कारण सडक कालोपत्रको कामले गति लिन नसकेको हो ।

 

 

समयमै कालोपत्र नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ । निर्माण व्यवसायीले सरसर्ति काम गरेको भए चार वर्ष अगाडि नै कालोपत्र भइसक्थ्यो । विसं २०७६ असोजमा दुई वर्षमा सक्ने गरी ठेक्का सम्झौता भएको सडकको छ वर्षमा आधा मात्रै काम भएको हो । समयसमयमा ठेकेदार सम्पर्कविहीन हुँदा सडक अलपत्र पर्दै आएको थियो । अहिले लामो समयपछि काम गर्न थालेको छ । कुश्मिसेरादेखि देवलधारासम्मको १० किलोमिटर सडक हिउँदमा धुलो तथा बर्खामा हिलोका कारण स्थानीय र यात्रुले सास्ती खेप्नुपरेको छ । सडकको धुलोका कारण बारीका तरकारी, फलफूल र घाँस सबै ढाकिने गरेको स्थानीय कसलचन्द्र पाध्यायले गुनासो गर्नुभयो ।

 

 

“यो सडक खुलेको धेरै वर्ष बित्यो तर अहिलेसम्म स्तारोन्नति हुन सकेको छैन, बर्खाभरी हिलो बगेर बारीका अन्नबाली बसै पुरिन्छ, हिउँदमा धुलो घरभित्रै पस्छ, बसाइँसराइ गरेर कता जानु ?, नजाउँ धुलो र हिलोले हैरान बनायो”, उहाँले भन्नुभयो, यहाँभन्दा माथिको सडक कालोपत्र भयो, कुश्मिसेरासम्म पक्की नै छ, सडक कालोपत्रको जिम्मा पाएर काम नगर्नेलाई कारबाही गर्नु प¥यो ।”

 

 

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले वर्षौदेखि सडक स्तरोन्नति नहुँदा बागलुङको जैमिनी नगरपालिका र बरेङ गाउँपालिकासहित गुल्मीका हजारौँ नागरिकले सास्ती खेप्नुपरेको बताउनुभयो । काम समयमै सक्नका लागि निर्माण कम्पनीलाई बारम्बार आग्रह गर्दै आएको भन्दै अहिले तीव्र गतिमा काम गर्ने छनक देखाएको शर्मा बताउनुहुन्छ ।

 

 

बागलुङको जैमिनी नगरपालिका र बरेङ गाउँपालिकालाई समेट्दै गुल्मीको शान्तिपुर जोड्न यो प्रमुख सडक हो । रु २४ करोड ५८ लाखमा २०७८ सालमा सक्ने गरी पूर्वाधार विकास कार्यालय बागलुङमार्फत शर्मा क्याराभान जेभीसँग ठेक्का सम्झौता भएको थियो । समयमै काम नसकेपछि अहिलेसम्म पाँच पटक म्याद थप गरेको पूर्वधार विकास कार्यालयका इञ्जिनीयर प्रकाश श्रीसले जानकारी दिनुभयो । चैत अगाडि पाँच किलोमिटर र त्यस पछाडि बाँकी सडक कालोपत्र गर्ने गरी काम भइरहेको उहाँको भनाइ छ ।

 

 

इञ्जिनीयर श्रीसले भन्नुभयो, “यहाँको १० किलोमिटर सडकलाई अब दुई खण्डमा काम गर्ने गरी निर्माण कम्पनी अगाडि बढेको छ, अहिले चिसो बढेको हुँदा रुम्टाखोलासम्म अब तत्कालै कालोपत्र गर्ने र त्यसभन्दा माथि चैत पछाडि गर्ने भनिएको छ, निर्माण कम्पनीले सडक फराकिलो बनाउनेसँगै कालोपत्रका लागि बेस ओसार्ने काम गरी रहेको छ ।”राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बर्दगोरियामा तीन दिने खोज पत्रकारिता तालिम सुरु, पत्रकारको क्षमता अभिवृद्धिमा जोड

कैलाली । पत्रकारहरूको सीप विकास तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कैलालीको बर्दगोरिया गाउँपालिकाले तीन दिने खोज पत्रकारिता तालिम सुरु गरेको छ। असार ११ गतेदेखि बौनियामा सुरु भएको तालिम असार १३ गतेसम्म सञ्चालन हुनेछ।   गाउँपालिकाका सामाजिक विकास समिति संयोजक तथा प्रवक्ता एवं वडा नम्बर १ का...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

बर्दगोरियामा तीन दिने खोज पत्रकारिता तालिम सुरु, पत्रकारको क्षमता अभिवृद्धिमा जोड

कैलाली । पत्रकारहरूको सीप विकास तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कैलालीको बर्दगोरिया गाउँपालिकाले तीन दिने खोज पत्रकारिता तालिम सुरु गरेको छ। असार ११ गतेदेखि बौनियामा सुरु भएको तालिम असार १३ गतेसम्म सञ्चालन हुनेछ।   गाउँपालिकाका सामाजिक विकास समिति संयोजक तथा प्रवक्ता एवं वडा नम्बर १ का...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

बर्दगोरियामा तीन दिने खोज पत्रकारिता तालिम सुरु, पत्रकारको क्षमता अभिवृद्धिमा जोड

कैलाली । पत्रकारहरूको सीप विकास तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कैलालीको बर्दगोरिया गाउँपालिकाले तीन दिने खोज पत्रकारिता तालिम सुरु गरेको छ। असार ११ गतेदेखि बौनियामा सुरु भएको तालिम असार १३ गतेसम्म सञ्चालन हुनेछ।   गाउँपालिकाका सामाजिक विकास समिति संयोजक तथा प्रवक्ता एवं वडा नम्बर १ का...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९