काठमाडौँको ट्राफिक व्यवस्थापन गर्न १८० नगर प्रहरीलाई १५ दिने तालिम दिइदै

काठमाडौँ । काठमाडौँ महानगरपालिका, नगर प्रहरी बलले, नगर प्रहरी हवल्दार र नगर प्रहरी जवान गरी १८० जनाका लागि ट्राफिक व्यवस्थापन तालिम सुरु गरेको छ । आजदेखि राष्ट्रिय सभा गृहमा सुरु भएको तालिमलाई ३ समूहमा विभाजन गरिएको छ । हरेक समूहमा ६० जना नगर प्रहरी हुनेछन् ।

 

तालिमका आन्तरिक कक्षाहरु सैद्धान्तिक र वाह्य कक्षाहरु प्रयोगात्मक हुनेछन् । सैद्धान्तिक कक्षामा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र नियमावली २०५४ का व्यवस्थासँगै ट्राफिक शव्दावलीहरु, संकेत तथा चिन्ह र रोड फर्निचर, सडक सुरक्षा र सुरक्षित यात्रा, ट्राफिक व्यवस्थापनमा सरोकारवालाको भूमिका, सामान्य अवस्था र विशेष अवस्थाको ट्राफिक व्यवस्थापन, वर्कसप, सडक दुर्घटना र व्यवस्थापन, ट्राफिक व्यवस्थापनमा नविनतम प्रविधिको प्रयोग, कुटनीतिक सुविधा प्राप्त सवारी साधन सम्बन्धी व्यवस्था, सडक पूर्वाधार, सवारी साधन र प्रदुषणलगायत विषयमा ज्ञान प्रदान गरिनेछ । यसरी सैद्धान्तिक रुपमा सिकेका कुरालाई वाह्य कक्षामा प्रयोग गरिनेछ ।

 

राष्ट्रिय सभा गृहमा कार्यक्रम शुभारम्भ गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले, सहरी व्यवस्थापनको समेत अधिकार भएकोले नगर प्रहरी बलबाट गरिने ट्राफिक व्यवस्थापनका काम प्रभावकारी हुने अपेक्षा राख्नुभयो । ‘ट्राफिक व्यवस्थापनको काम कानुन कार्यान्वयन मात्र होइन । नागरिकका आवश्यकताको पूर्ति गर्दै प्रदान गर्नु पर्ने सेवा हो । यसकारण कानुन कार्यान्वयनको दायित्व पाएको ट्राफिक प्रहरीभन्दा सहरी व्यवस्थापनको दायित्व पाएको नगर प्रहरीबाट ट्राफिक व्यवस्थापनको काम प्रभावकारी रुपमा सम्पादन हुन सक्छ ।’ घिमिरेको भनाइ छ ।

 

त्यस क्रममा महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले, मानव स्रोतबाट चलेको ट्राफिक व्यवस्थापन प्रणालीलाई चलायमान बनाउन ट्राफिक प्रहरीलाई सहयोग गर्नु पर्ने आवश्यकता पूरा गर्दै सहरी आवागमन व्यवस्थापनलाई सहज बनाउन महानगरपालिकाको दायित्व प्रभावकारी कार्यान्वयन हुने प्रणाली स्थापना गर्न लागिएको बताए ।

 

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले, सहरी व्यवस्थापनका लागि खटिने नगर प्रहरीहरुलाई कानुन, नीति र आदेशको पालनामा ज्ञान, सिप र विवेकको प्रयोग गर्न सक्ने बनाउन सञ्चालन गरिएका क्षमता विकासका चरणमा ट्राफिक व्यवस्थापनका तालिम दिइएको बताए ।

 

नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीका अनुसार नगर प्रहरी जवानहरुलाई २ चरणमा १९३ जनालाई आधारभूत तालिम प्रदान गरिसकिएको छ । नगर प्रहरीलाई कर्तव्यनिष्ठ, अनुशासित, साहसिक, फौजी सिप एवं कौशलले भरिएको व्यावसायिक बनाउन, महानगरपालिका र महानगरबासीप्रति समर्पित रहेर सेवा भावबाट काम गर्ने क्षमताका लागि तालिम प्रदान गरिएको हो ।

 

सहरी व्यवस्थापनका कामसँगै प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको इजलासबाट भएका फैसला तथा निर्णय कार्यान्वयनसँगै अदालतबाट हुने निर्णय कार्यान्वयनमा गर्ने दायित्व नगर प्रहरी बलले निर्वाह गरिरहेको छ । नेपालको संविधानले स्थानीय तहलाई दिएको एकल अधिकारमा नगर प्रहरीको व्यवस्था छ । विद्यमान महानगर प्रहरी बल संविधान जारी हुनुअघिदेखि नै अर्थात् २०५० साल भदौ १४ गते नगर प्रहरी सेवाका रुपमा स्थापना भएको संरचना हो । नगर प्रहरीको विकास र विस्तारका क्रममा २०७७ साल चैत २९ गते महानगर प्रहरी बलका रुपमा विकास गरियो । २०८० असारमा सम्पन्न नगर सभाको १३ औँ अधिवेशनले महानगर प्रहरीलाई व्यवस्थित गर्न महानगर प्रहरी ऐन २०८० जारी गर्‍यो । यसबाट महानगर प्रहरी बल थप सशक्त र संगठित बनेको छ ।

 

महानगरपालिकाको चल अचल सम्पत्तिको सुरक्षा गर्ने, सभा समारोह, चाडपर्वको व्यवस्थापन गर्ने, सहरी व्यवस्थापनका काम गर्ने, सार्वजनिक सम्पत्तिको सुरक्षा र रेखदेख गर्ने, सरसफाइ र सुन्दरता जगेर्ना गर्ने, विपद् व्यवस्थापन, वातावरणीय सुधार लगायत २८ बुँदामा नगर प्रहरीले गर्ने कामको जिम्मेवारी ऐनले व्यवस्था गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

एमाले महाधिवेशनः मतदान जारी

काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व छनोटका लागि अहिले मतदान भइरहेको छ । काठमाडौँको भृकुटीमण्डपमा जारी मतदानमा पार्टीको केन्द्रीय निर्वाचन आयोगले प्रबन्ध गरेको विद्युतीय भोटिङ मेसिनमा मतदान भइरहेको हो ।   आज बिहान ९ः३० बजेदेखि सुरु भएको मतदानमा मध्याह्न १२ः०० बजेसम्ममा करिब...

सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की

पाटन (ललितपुर), प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताउनुभएको छ । आज ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गतेको जेनजी युवाहरूको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति...

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौँ,  सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा आज सुन तोलामा रु ७०० सय र त्यतिनै परिमाणको चाँदी रु १७० ले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५९ हजार ७०० कायम भएको छ भने...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

दैनिक एक सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै

तनहुँ,  मुग्लिन–पोखरा खण्डअन्तर्गत पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क ‘डिजाइन’को मादी पुल निर्माणले तीव्रता पाएको छ । दैनिक एक सय ३० कामदार खटाएर उक्त पुल तीव्र गतिमा निर्माण गरिँदै छ ।पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले पुल कलात्मक आर्क डिजाइनमा निर्माण गर्न लागिएको हो । व्यास नगरपालिका–४...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ११०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १०५, गोलभेँडा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–१ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।   संस्थाकी अध्यक्ष कल्पना थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मोहन्याल गाउँपालिका–१ का वडा अध्यक्ष पिरम बुढा (प्रेम) रहनुभएको थियो। विशिष्ट अतिथिमा सव–डिभिजन वन कार्यालय फलेबीसौंनाका वन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

भोजपुर,  विद्यालयको भौतिक सुरक्षासँगै पठनपाठनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ४५ सामुदायिक विद्यालयमा घेराबारा निर्माण कार्य पूरा गरेको छ ।यसअघि विद्यालय खुला क्षेत्रमा रहेका कारण विभिन्न प्रकारका अवरोध र क्षतिको जोखिम बढेपछि गाउँपालिकाले घेराबारा गरेको हो । गाउँपालिकाको बजेटमा यहाँका सबै...

महोत्तरीमा पुस ४ देखि एक महिने निःशुल्क बृहत् स्वास्थ्य शिविर आयोजना हुँदै

जलेश्वर (महोत्तरी),  महोत्तरीमा यही पुस ४ गतेदेखि एक महिने  परिवार व्यवस्थापन स्वास्थ्य शिविर ( स्थायी बन्ध्याकरण शिविर)  सुरुआत हुने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयद्वारा सुनौलो परिवार नेपालको आर्थिक एवं प्राविधिक सहयोगमा सञ्चालन हुने सो निःशुल्क शिविरमा जिल्लाका १५ वटै पालिकाका विभिन्न ११ स्थानमा...

उपाधि जित्न विश्वास हुनपर्ने रहेछः कप्तान पौडेल

काठमाडौँ, नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले हात पारेको छ । लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै च्याम्पियन बन्यो । उपाधि जितेपछि लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टोलीको उच्च मनोबलका कारण च्याम्पियन बनेको बताए । उनले भने, “उपाधि जित्छौँ भन्ने...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९