डोनाल्ड ट्रम्पबाट केपी ओलीले सिक्नुपर्ने पाठ

लामो समयदेखि वृक्षरोपणमा गर्दै आएको नेपालले विश्वको कुल भूमिको अनुपातिक हिसाबमा १५ प्रतिशत बढी वन भूमि पुर्‍याइसकेको छ। पुन: आगामी वर्षहरूमा पनि वृक्षरोपणका कार्याक्रमहरू पुनरावृत्ति गरिरहनु कति औचित्य छ?

प्रकाश रेग्मी

पृष्ठभूमि

हालका अमेरिकी शक्तिशाली राष्ट्रपति डोनाल्ड ट्रमले लिएको ‘अमेरिका पहिलो’ नीतिलाई सफल पार्न विभिन्न नितिगत निर्णयहरू गर्दै आएका छन्। यस्ता निर्णयहरूमध्ये सार्वजनिक खर्च कटौती गर्ने एक प्रमुख हो। आफूले गरेका निर्णयहरूको सार्वजनिक बहसपछि आएका सुझावहरूलाई आत्मसात गर्दै आवश्यक संशोधन, पुनर्विचार र स्थगित पनि गर्दै आएका छन्। यसबाट शक्तिशाली व्यक्तिद्वारा लिइएको निर्णय भए तापनि जनताका नेताले जनताको चहानालाई सहज स्वीकार गर्न आफ्नो निर्णयमा पुनर्विचार गर्न कुनै हिचकिचाट गर्नु हुँदैन भन्ने सकारात्मक सन्देश दिएका छन्। हाम्रा शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफू प्रधानमन्त्री भएको बेलादेखि लागातार रूपमा ‘म आफू भ्रष्टाचार गर्दिन्नँ र अरूलाई पनि गर्न दिन्नँ’ भन्ने वाक्य बारम्बार दोहोर्‍याउँदै आएका छन्। यसका साथै पटक-पटक सरकारी खर्चमा कटौतीका कुरा गर्दै आएका छन्।

 

 

अहिले सगरमाथा संवादको पूर्वसन्ध्यामा नेपालमा बजेट अधिवेशन चलिरहेको छ। राष्ट्रपतिको नीति तथा कार्यक्रम प्रस्तुतिमा पनि राज्यको लगानी र त्यसको प्रतिफलको अनुपात हेरी फजुल खर्च घटाउने नीति आएको देखिन्छ। यसै सन्दर्भमा केही विषयहरू जस्तै: नयाँ जनसंख्या नीति, जलवायु परिवर्तनको मुद्दा र तीव्र गतिमा भइरहेको हिम नदी पग्लने क्रमजस्ता कुराहरू नीति तथा कार्यक्रममा समावेश छन्। नेपालमा प्रशासनिक खर्चमा अत्यधिक चाप रहेको र व्यापक भ्रष्टाचारका कुरा पनि प्रशस्तै हुने गरेका लेखहरू पढ्न र सुन्न पाइन्छन्। हाम्रा प्रधानमन्त्रीले पटक-पटक भन्ने गरेका कुरा ‘म आफू भ्रष्टाचार गर्दिन्नँ र अरूलाई पनि गर्न दिन्नँ’लाई नीतिगत रूपमा निर्णय प्रक्रियामा लैजाने उचित समय पनि यही हो।

अमेरिकी सरकारी खर्चमा कटौती र रकमान्तरण

हाल अमेरिकी सरकार वार्षिक २० खर्ब अमेरिकी डलर बराबर को सरकारी खर्च कटौती गर्न संसारका सर्वाधिक धनी व्यक्ति एलोन मस्कको नेतृत्वमा एक उच्चस्तरीय समित गठन गरी लागिपरेको छ। उक्त समितिले सरकारी लागत र त्यसको प्रतिफलको आधारमा खर्च कटौती गर्ने विषयगत क्षेत्रहरू निर्धारण गरेको छ। त्यसअनुसार उक्त समितिले शिक्षा, स्वास्थ्य सेवा र अन्य सामाजिक कार्यक्रमहरूमा खर्च कटौतीसहित उल्लेखनीय कर कटौतीको प्रस्ताव गरेको छ। यसरी खर्च कटौतीका क्षेत्रमा वैदेशिक सहयोग पनि समावेश छ। यसरी खर्च कटौतीबाट संकलित रकम समय सापेक्ष सिर्जित नयाँ कार्यक्रमहरूमा लागानी गर्ने योजनाहरू रहेको कुरा विभिन्न समाचार पत्रहरूमा पढ्न पाइन्छ। जसमा मंगल ग्रहमा मानव बस्ती बसोबास गराउनेसम्मका योजनाहरू समावेश छन्।

 

नेपाल सरकारको नीति तथा कार्यक्रम (२०८२/८३)

हाल नेपालको संघीय संसदको बर्खे अधिवेशन चलिरहेको छ। यस अधिवेशनमा नियमित छलफलका अलवा विशेष रूपमा देशको आगामी वर्षको योजनाहरू र बजेटको बारेमा छलफल भई निर्णयहरू गरिन्छन्। वैशाख १९ गते नेपालका वर्तमान राष्ट्रपतिद्वारा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ। यस नीति तथा कार्यक्रममा पनि सरकारी फजुल खर्च घटाउने, जनसंख्या सम्बन्धित नयाँ नीति लिने, जलवायु परिवर्तन सम्बन्धित नयाँ नीति लिन सगरमाथा संवाद गर्ने र उच्च हिमाली क्षेत्रमा भइरहेको तीव्र गतिको हिम पग्लने समस्यालाई महत्व दिने लगायतका धेरै कुराहरू समावेश छन्।

 

नेपालमा सन् १९५६ देखि योजनाबद्ध आवधिक विकास योजना सुरू भएको पाइन्छ। यसैका आधारमा प्रत्येक वर्ष साउन १ गतेबाट लागू हुने गरी वार्षिक योजनाहरू लागू गरिन्छन्। वर्तमान समयमा वर्खे अधिवेशन चालू अवस्थामा छ। यस अधिवेशनको प्रमुख उद्देश्य नै योजनाहरूको छनोट, कार्यान्वयन प्रक्रिया र बजेट विनियोजन रहेको छ।

वृक्षरोपण

नेपालमा सन् १९५६ देखि योजनाबद्ध आवधिक विकास योजना सुरू भएको पाइन्छ। यसैका आधारमा प्रत्येक वर्ष साउन १ गतेबाट लागू हुने गरी वार्षिक योजनाहरू संघीय संसद (हालको संविधान जारी हुनुपूर्व यसलाई प्रतिनिधिसभा भनिन्थ्यो) मा छलफल भई लागू गरिन्छन्। नेपालमा प्रत्येक वर्ष ठूलो रकम वृक्षरोपणमा खर्च गर्दै आएको इतिहास छ। हाल देशको कुल भूमिको ४६ प्रतिशत वनले ढाकेको छ, जबकि संसारको कुल भू-भागको ३१ प्रतिशत मात्रै वन भूमि रहेको छ। यसरी हेर्दा हाम्रो देश नेपालले संसारका देशहरूको औसत वन भूमिभन्दा १५ प्रतिशतले बढी वन भूमि संरक्षण गरेर राखेको छ। वन क्षेत्रले जलवायुमा पार्ने प्रभाव विश्वव्यापी रूपमा हुन्छ। त्यसकारण नेपालले आफ्नो देशको कुल भू-भागको अनुपातमा अतिरिक्त १५ प्रतिशत वन भूमिको देन विश्वको हावापानीमा सकारात्मक देन प्रदान गरेको छ। त्यसैले, आगामी जेठ २ गतेबाट सुरू हुने सगरमाथा संवादमा रहेका पाँच विषयगत मुद्दामध्ये जलवायु न्याय र मानवताको भविष्य नामक मुद्दामा यस विषयलाई प्रखर रुपमा उठाउन उपयुक्त देखिन्छ। किनकि, विकसित देशहरू जलवायु वित्तको नामबाट हामीजस्ता गरिब देशलाई पर्यावरण वित्तको नाममा झन्-झन् ऋणको भारी बोकाउँदै आएका छन्।

रकमान्तरण

लामो समयदेखि वृक्षरोपणमा गर्दै आएको नेपालले विश्वको कुल भूमिको अनुपातिक हिसाबमा १५ प्रतिशत बढी वन भूमि पुर्‍याइसकेको छ। पुन: आगामी वर्षहरूमा पनि वृक्षरोपणका कार्याक्रमहरू पुनरावृत्ति गरिरहनु कति औचित्य छ? त्यसैले वृक्षरोपणमा गर्दै आएको रकमलाई रकमान्त्रण किन नगर्ने? विश्वव्यापी जलवायु परिवर्तनका कारण बढेको तापक्रमले नेपालका हिमाली क्षेत्रहरूमा रहेका हिमनदी छिटो-छिटो पग्लनाले हिमतालहरू विस्फोट हुने अवस्थामा पुगेका छन्। यसको प्रत्यक्ष प्रभावले हामीले वार्षिक रूपमा हिमताल विस्फोटबाट हुने प्रकोपको सामना गरिरहेका छौं। त्यसैले, यो नियमित वृक्षरोपणमा हुने खर्चलाई रकमान्त्रण गरेर हिमताल विस्फोट हुनबाट रोक्नेजस्ता कामका लागि रकमान्तरण किन नगर्ने? र यो विश्वस्तरमा हुन लागेको सगरमाथा संवादमा जानाकारी गराई कूटनीतिक दबाब किन नदिने?

परिवार नियोजन कार्यक्रम

२०७८ को नेपालको जनगणना अनुसार नेपालको जनसंख्या वृद्धि दर ०.९२ प्रतिशत प्रतिवर्ष रहेको छ भनिन्छ। जनसंख्या सिद्धान्त अनुसार जनसंख्या स्थिर अवस्थामा रहन त्यस देशका प्रजनन योग्य उमेरका महिलाको प्रजनन् क्षमता दर प्रतिमहिला दर २.१ हुनुपर्छ। नेपालको प्रतिमहिला कुल प्रजनन् दर सन् २०११ मा २.५२ रहेकोमा सन् २०२१ मा घटेर २.०१ मा आएको छ। यो मात्राको प्रजनन् दरले जनसंख्या घट्दो दरमा जान्छ भन्ने कुराको इंगित गर्दछ। फेरि नेपालको बाह्य माइग्रेसन दर ७.५ प्रतिशत रहेको तथ्य सन् २०२१ को जनगणनाले देखाउँछ।

हाल देशका सबै जसो जिल्लाहरूमा परिवार नियोजनका कार्यालयहरू कार्यरत छन्। नेपालको लागि राष्ट्रिय परिवार नियोजन लागत कार्यान्वयन योजनाले सन् २०१५ देखि सन् २०२० सम्मको अवधिको लागि लगभग १५४ मिलियन अमेरिकी डलरको कुल बजेट अनुमान गरेको थियो। अर्थात् यो रकम प्रतिवर्ष ३ करोड ८० लाख डलर वा हालको विनिमय दरमा हेर्दा चार अर्ब १६ करोड हुन आउँछ। यसरी जनसंख्या घट्दै जान लागेको अवस्थामा परिवार नियोजनको लागि यो मात्राको खर्च रकम कति आवश्यक हो? त्यसैले, यो बजेट अधिवेशनमा परिवार नियोजन सम्बन्धी गरिँदै आएको खर्च मितव्ययी गराउन छलफल हुन उपलब्ध तथ्याङ्कहरूले मार्ग निर्देश गर्दछ।

जिल्ला सडक डिभिजन कार्यालय

स्थानीय तहका पालिकाहरूमा विषेश गरेर ‘आफ्नो गाउँ आफैं बनाउँ’को नारा स्थापित भएपछि प्राय: धेरैजसो पालिकाहरूले विकासको मूल नै बाटो हो भनेजस्तै गरी आफ्नो बजेटको ठूलो हिस्सा बाटोको पूर्वाधारमा लगानी गर्ने गरेको पाइन्छ। संघीयता लागूपछि त बाटोको पूर्वाधारमा लगानी गर्ने प्रक्रिया झन् बढेको पाइन्छ। यस्तो अवस्थामा नेपालमा राणा शासनकालमा स्थापना भएको ‘बाटो काज गोश्वारा’ कार्यालयलाई २०२७ सालमा नाम परिवर्तन गरी सडक विभागको गठन गरिएको थियो र जिल्लास्तरमा कार्यालयहरू स्थापना भएका थिए। त्यस बेला नेपालको जम्मा साक्षरता दर १० प्रतिशतको वरिपरि थियो। त्यस्तो अवस्थामा जनताका प्रतिनिधिहरू पनि त्यतिधेरै योग्य नभइसकेको अवस्थामा त्यो ठिकै थियो। सामन्त प्रथा (सानो राजाले ठूलो राजालाई कर बुझाउने प्रथा)को पृष्ठभूमिमा स्थापना भएका यस्ता किसिमका कार्यालयहरू समय बित्दै जाँदा नाम मात्र परिवर्तन गरी हालसम्म सामन्ती प्रथाकै रूपमा कार्यरत् छन्। अहिले नेपालको साक्षरता दर ७६ प्रतिशत पुगेको अवस्थामा शिक्षित जनताले चयन गर्ने प्रतिनिधि पनि सक्षम भएको हुनुपर्छ भन्ने यस स्तम्भकारको बुझाइ रह्यो। समय सापेक्ष ती पुराना आन्तरिक संरचनामा चलेका कार्यालयहरू पुनर्गठन जरुरी देखिन्छ। यस लेखमा नमुनाको रुपमा मात्र उक्त्त कार्यालयको नाम उल्लेख गरिएको हो।

वैदेशिक भ्रमण

सन् १९५५ मा नेपाल संयुक्त राष्ट्र संघको सदस्य भएपछि मात्र वैदेशिक भ्रमणको सुरू भएको हो। हालका दिनहरूमा वैदेशिक भ्रमण गर्ने अधिकारीहरूको संख्या उल्लेख्य मात्रामा बढेको देखिन्छ। पछिल्लो समयमा त झन् यसको प्रतिस्पर्धा नै देखिन्छ। यस्ता भ्रमणहरू सम्बन्धित विषयगत विशेषज्ञहरूले आफ्नो देशमा भए गरेका काम अन्तर्राष्ट्रिय समुदायमा पुर्‍याउने र बदलामा अन्तर्राष्ट्रिय समुदायमा भए गरेका प्रविधि र विकासका कुरा आ-आफ्नो विषयगत दक्षता अनुसार आफूले काम गरेका निकायहरूमा देश र समाज सुहाँउदो परिमार्जनसहित अवलम्बन गरी लागू गर्नुपर्ने हो। यस्तो काम कुराहरू राज्यले गरेको खर्चको अनुपातमा के कति भइरहेका छन्? यस्ता कुराहरूको विश्लेषण गर्ने बेला भएन र?

यी उल्लेखित विषयवस्तुहरू त केवल हिमालको शिखरमा देखिने हिउँका झल्का मात्र हुन्। देशको संरचनात्मक जगमै गाडिएका सामन्तवादी विरासतका अवशेषहरू आज पनि नवनिर्माणको खोल ओढेर सतहमा तैरिरहेका छन्। समयसँगै परिवर्तनका स्वरहरू गुञ्जिए तापनि, यस्ता संस्थाहरू पुरानै सोच र संस्कारको गर्भबाट उब्जिएका झाङहरूझैं सुदृढ भइरहेका छन्। जबसम्म यिनको गहिरो समीक्षा, विवेचनात्मक मूल्याङ्कन र सार्थक परिमार्जन गरिँदैन, तबसम्म देशको यात्रा केवल धुवाँमा हराएको बाटो जस्तै हुने खतरा रहन्छ। गति त तब मात्र सम्भव हुन्छ, जब हामी विगतका छायासँग जुधेर, वर्तमानलाई रूपान्तरण गर्न तयार हुन्छौं।

(हाल अमेरिका)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

श्रष्टा सुवेदीलाई ‘चुडामणि साहित्य पुरस्कार’

झापा,  लेखनाथ पुस्तकालयले नेपाली भाषा र साहित्यमा झर्रो शैलीको प्रयोगमा योगदान पुर्याए वापत साहित्यकार जीवनाथ सुवेदीलाई यस वर्षको ‘चुडामणि रेग्मी भाषा साहित्य पुरस्कार’ प्रदान गर्ने भएको छ ।भाषाविद् चुडामणि रेग्मीको सम्मानमा स्थापना भएको उक्त पुरस्कार राशि नगद रु २५ हजार पुस्तकालयका अध्यक्ष नवराज घिमिरेले...

डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना

अमरगढी (डडेल्धुरा), डडेल्धुरा सार्वजनिक पुस्तकालयले ‘डोट्याली सङ्ग्रहालय’ स्थापना गरेको छ ।  विक्रम संवत् २०६१ मा स्थापना भएको पुस्तकालयले २०७३ सालदेखि सुदूरपश्चिमको परम्परागत जीवनशैली, रहनसहन र सांस्कृतिक पहिचानलाई संरक्षण गर्ने उद्देश्यसहित सङ्ग्रहालयमार्फत पुराना सामग्री सङ्कलन र संरक्षण गर्ने काम सुरु गरेको हो ।   पछिल्लो समय ग्रामीण...

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौँ,  कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्यनयका क्रममा ६४० मेगावाट क्षमता कायम गर्दा उपयुक्त हुनेगरी निर्धारण गरिएको हो ।     हाल आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयारी भइरहेको छ ।...

अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौं,  बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति चेतना अभिवृद्धि गर्नुका साथै प्रभावित देशहरूमा राष्ट्रियस्तरमा सुरुङ निवारण क्षमताको विकास गर्न दिगो अन्तरराष्ट्रिय सहयोग आह्वान गर्दै आज विश्वका विभिन्न मुलुकमा अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदैछ ।       सन् २००५ डिसेम्बर ८ मा...

सिँचाइ सुविधा उपलब्ध नहुँदा कञ्चनपुरमा चैते धानबाली घट्यो

दोधारा चाँदनी (कञ्चनपुर),  चैते धानको खेती गर्ने किसानको सङ्ख्या घटेको छ । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार चैते धान लगाउने कृषकको सङ्ख्या हरेक वर्ष घट्दै गएको छ । केही वर्षअघि सम्म जिल्लामा ४०० हेक्टरमा चैते धान खेती हुने...

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन,  यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेन । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म रु १२ करोड ३० लाख ७४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु १० करोड ६४ लाख ४३३ अर्थात् ८६ प्रतिशत मात्र राजस्व असुली...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

कर्णाली,  कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य भएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार राति १२ः०० बजेबाट अधिवेशन अन्त्य गर्नुभएको जानकारी सभामुख नन्दा गुरुङले दिनुभयो । सभामुख गुरुङले सातौँ अधिवेशनमा सम्पादन गरेका प्रमुख कार्यहरु मध्ये कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना...

शिवशक्ति ग्रामीण विद्युत सहकारीको अध्यक्षमा दल बहादुर तिरुवा चयन

कैलाली — कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३ रानीकुण्डा, खैरेनीस्थित शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको नयाँ कार्यसमिति निर्विरोध रूपमा चयन गरिएको छ। संस्थाको अध्यक्षमा दल बहादुर तिरुवा चयन भएका छन्।   उपाध्यक्षमा शिवचरण डंगौरा थारु, सचिवमा गोविन्द बहादुर बुडाक्षेत्री र कोषाध्यक्षमा अमृता देवी खत्री चयन भएका छन्।   सदस्यहरूमा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

तीन विश्वविद्यालयबीच प्राज्ञिक सहकार्यको समझदारी

दोधारा चाँदनी (कञ्चनपुर),  तीन विश्वविद्यालयबीच प्राज्ञिक सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयमा त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयबीच अध्ययन अनुसन्धान र प्राज्ञिक सहकार्यका लागि बुधबार त्रिपक्षीय समझदारी भएको विश्वविद्यालयका सूचना अधिकारी नवीनबहादुर बमले जानकारी दिनुभयो ।       उहाँका अनुसार विश्वविद्यालय अनुदान आयोगका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी, बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन गरेको हो । उक्त केन्द्रबाट जिल्ला सदरमुकाम बेनीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गलाघाट–२ को बगरफाँट र ६ को डम्मराका बासिन्दा लाभान्वित...

गोलबजार मेयर गोल्डकप: उद्घाटन खेलमा इटहरी विजयी

सिरहा,  सिरहाको गोलबजार नगरपालिकामा सोमबारदेखि सुरु भएको नवौँ संस्करणको ‘गोलबजार मेयर गोल्डकप’ फुटबल प्रतियोगिताको उद्घाटन खेलमा राष्ट्रिय जागृति क्लब, इटहरी विजयी भएको छ । गोलबजार नगरपालिका-२ गुरुधामस्थित खेलग्राममा भएको प्रतिस्पर्धात्मक उद्घाटन खेलमा हेटौँडा फुटबल एकेडेमीलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै इटहरीले सुखद...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९