
काठमाडौं । मङ्गलबारका लागि तय भएको प्रतिनिधिसभाको बैठक बस्दैँ नबसी स्थगित भएको छ। आज ११ बजेका लागि तय भएको बैठक २ बजेसम्मका लागि स्थगित भए पछि सहमति हुन नसके पछि बुधवारसम्मका लागि स्थगित भएको हो ।
संसद सचिवालयका अनुसार बैठक बुधबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको हो ।विपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको आरोप लगाउँदै राजीनामा माग्दै सदन अवरोध जारी राखेका छन् ।